आगामी मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदै गर्दा उम्मेदवारहरूको चर्चा पनि व्यापक छ । गठबन्धनको चर्चा पनि छँदैछ । प्रायः गठबन्धन आफ्नो स्वार्थलाई केन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आगामी मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदै गर्दा उम्मेदवारहरूको चर्चा पनि व्यापक छ । गठबन्धनको चर्चा पनि छँदैछ । प्रायः गठबन्धन आफ्नो स्वार्थलाई केन"/>
२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आउँदो चुनावमा देश हाँक्ने ‘लाइसेन्स’ युवालाई

२०७४, १५ कार्तिक बुधबार ०४:५८

गायत्री भट्ट |

आगामी मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदै गर्दा उम्मेदवारहरूको चर्चा पनि व्यापक छ । गठबन्धनको चर्चा पनि छँदैछ । प्रायः गठबन्धन आफ्नो स्वार्थलाई केन्द्रमा राखेर गरिन्छन् र अहिले पनि राजनीतिक स्वार्थकै लागि त्यसो भए झैं देखिन्छ । त्यसो हुँदाहुँदै पनि राम्रो नेतृत्व क्षमताका व्यक्तित्वले मौका पाऊन् भन्ने आम सर्वसाधारणको चासो हो, जो खराब नेतृत्वको बारम्बार सिकार भएका छन् ।

एक दशक होइन, चार दशकसम्म एउटै व्यक्तिले जुनसुकै पार्टीमा हालीमुहाली गर्ने संस्कार भएका पार्टी छन् हाम्रोमा । त्यसो हुँदा परम्परागत नेतृत्व कायम रहेसम्म युवा वर्गले मौका नपाउने अवस्था छ । युवा सत्तामा आए हामीलाई गरिखान दिँदैनन् भन्ने मानसिकताले 'बूढो पुस्ता' ग्रस्त छ । यसो हुँदा देशको विकास त अवरुद्ध त हुन्छ नै, नयाँ विचार पनि उम्रिँदै मर्ने अवस्था अझै छ । सोही कारण व्यवसायी र जग्गाका कारोबारीहरूले पैसा खन्याउँदै पार्टीमा स्थापित हुने र सांसद हुने प्रवृत्ति बढ्दो छ ।

कस्तो नेतृत्व ?

कस्तो नेतृत्वलाई देश सुम्पिने भन्ने विषय राजनीतिक दलकै हो । तर देशमा युवा जनसंख्या धेरै भएको अवस्थामा तिनले जसलाई रोजे वा मतदान गरे, त्यसैले नै देश सम्हाल्ने हो । उनीहरू नै देश विकासका निर्णायक हुन् । उनीहरूको मत निर्णायक त हुने नै छ, सक्रियता, सरोकार र हस्तक्षेप पनि उत्तिकै अपेक्षित छ आजको मैलो राजनीति सपार्न ।

हजुरबा-हजुरआमाका अनुभवहरू सँगाल्दै आजको युगसुहाउँदो नेतृत्व छान्ने विषयमा युवा अघि बढ्नुपर्छ । 'बाले यो पार्टीमा भोट हाल्नू भन्नुभयो' र 'काकीले यो चिन्हमा भोट हाल्नू भन्नुभयो' भनेर त्यसकै पछाडि लाग्ने होइन । आजको समयको पदचाप बुझ्ने, देशको मुहार बदल्न सक्षम व्यक्ति वा पार्टीलाई नै राजनीतिको लगाम सुम्पने कुरामा युवा जागरुक हुनुपर्छ ।

ब्युँझौं

तर युवावर्गको राजनीतिप्रतिको झुकाव अत्यन्त कम छ । उनीहरू विदेशी भाषा पढ्न र बोल्न सक्छन् । इन्टरनेटमा झुम्मिन सक्छन्, तर देशको मूल नीतिका विषयमा अनभिज्ञ छन् । राजनीति सुध्रे देश बदलिन्छन् भन्ने विषयमा युवा सचेत छैन । युवा पुस्ता अलिकति साक्षर र शिक्षित हुनेबित्तिकै विदेश ताक्छन् । पलायनमा गर्व गर्ने संस्कार छ ।

केही सरकारी क्याम्पसमा स्ववियुमार्फत राजनीतिक गतिविधि हुने गरेकाले त्यस्ता क्याम्पसमा पढेका विद्यार्थीमा मात्र केही राजनीतिक चेत छ तर ती पनि प्रायः दलका अन्धभक्त छन् । अर्को एउटा वर्ग छ, जो राजनीतिप्रति चासो त राख्छन्, तर राजनीतिक दलका कारण सिर्जित भद्रगोल र अव्यवस्थाका कारण वाक्क भई कुनै संगठनमा पनि आबद्ध नरही तटस्थ बसेको पनि देखिन्छ । तर पछिल्लो कालखण्डमा युवा र विद्यार्थीकै बाहुल्य भएका केही नयाँ दल पनि जन्मेका छन् ।

अन्धता

आफ्नो दलले जस्तोसुकै अनुचित काम गरे पनि ठीक । आफ्नो दलबाट जस्तोसुकै भ्रष्टाचारी र अपराधी उम्मेदवार भए पनि ठीक भन्ने ठान्छन् कतिपय दलका आसेपासे र कार्यकर्ता । तर यो भेडातन्त्र कहिलेसम्म ? हामी आफ्नै विवेकमा चल्ने दिन कहिले आउने ? आफ्ना संगठनका नेताले जस्तो विचार राख्यो, मैले पनि त्यस्तै विचार राख्ने भन्ने हुन्छ ? अनि राम्रै भए पनि विपक्षी दलका नेताकार्यकर्ताप्रति तिखा र अनुचित टिप्पणी गर्नैपर्छ ? यो प्रवृत्ति राज्य सञ्चालन र समग्रमा विकासकै वाधक हुन् । कम्तीमा पनि अबको युवायुवतीले सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्छ । यस्तो पुरातनवादी र संकीर्ण रोगबाट अब हामी मुक्त हुनुपर्छ र उन्मुक्त भएर आफ्ना विचार राख्नुपर्छ।

नयाँ उभार

उही नारा र उही पाराबाट दिक्क भएर उज्ज्वल थापा, रवीन्द्र मि श्र, रञ्जु दर्शनालगायतका व्यक्तिहरू राजनीतिमा होमिएको हामीले देखेका छौं । उसो त पुरानो राजनीतिमै दीक्षित भए पनि पूर्वप्रधानमन्त्री बाबुराम भटराईले पनि आफूलाई नयाँ शक्ति नाम दिएर दल नै खोलेका छन् । विवेकशील साझाजस्तो दल राजनीतिमा इच्छा भएका तर पुराना विचार र स्वभावका कारण 'फ्रस्टेट' आम सर्वसाधारणको विकल्प हुने सम्भावना देखिएको छ ।

पुराना राजनीतिक संगठनभन्दा फरक रूपमा प्रस्तुत भएको यो दलले मौका पाएको खण्डमा केही गर्ने आशा पनि गर्न सकिन्छ । किनभने उनीहरूले प्रस्तुत गरेका कार्यसूची, योजना र ऐक्यबद्धता सामयिक र सराहनीय छन् । व्यवहारमा त्यस्ता अवधारणा लागू गर्न सकिए देशले सकारात्मक परिवर्तन पाउनेमा दुईमत छैन ।

ऊर्जाशील नेतृत्व

युवा देशका मेरुदण्ड हुन् । संसारका सबै परिवर्तनमा युवा र विद्यार्थी नै प्रमुख कारक हुन् । जोस र जाँगर तथा शिक्षा र समयसमेत पर्याप्त भएका युवाले नचाहेमा नहुने नै के छ ? यसर्थ इतिहासको यो गम्भीर क्षणमा युवाले हिजोको त मूल्यांकन त गर्नु नै पर्छ, सँगै नयाँ नेपालको नक्सासमेत कोर्नुपर्छ ।

पार्टीबाट उठेपछि 'ऐरैगैरे' जो भए पनि भोट हालिन्छ भन्ने मान्यता त्याग्नुपर्छ आजका युवायुवतीले । बारम्बार एउटै पार्टी र व्यक्ति उठिरहने र युवाको भाग्य र भविष्य खोस्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । नयाँ पार्टीहरूलाई भोट हाल्नै सक्दिनँ भन्ने लाग्छ भने कमसेकम आफ्नोमा ऊर्जावान् र युवापुस्तालाई उम्मेदवार बनाउन कस्सिनुपर्छ ।

'लाइसेन्स' युवालाई

सामान्य जागिर खानसमेत एउटा मान्छेले नागरिकतादेखि अनेकौं खालका प्रमाणपत्र पेस गर्नुपर्छ । आफूलाई योग्य प्रमाणित गर्नुपर्छ तर एउटा देश हाँक्ने व्यक्तिले साम, दाम दण्ड, भेद प्रयोग गरेर चुनाव जिते मात्रै हुने ? अब यस्ता हथकण्डा निस्तेज पारिनुपर्छ । हामीले हाम्रा आँखामा लागेको अन्धताको पट्टी हटाउनुपर्छ ।

आफ्नो क्षेत्रमा उठेकामध्ये कुशल नेतृत्व क्षमता, असल आचरण र जनपक्षीय व्यक्तिलाई जिताउन पहल गर्नुपर्छ । उसो त परम्परागत शक्तिसँग शक्ति र सत्ताको सामथ्र्यसमेत भएकाले तिनले युवा र असल नेतृत्वका विरुद्धमा अनेक खालका दुस्प्रचार पनि गर्ने गर्छन् तर तीक्ष्ण युवा नेतृत्वले त्यसलाई परास्त गर्नुपर्छ । रोग लागेपछि औषधि खानुभन्दा रोगै लाग्न नदिनु बुद्धिमानी हुन्छ भनेर हामीले जानका छौं । सोही कुरा मनन गर्दै युवा र उर्वर नेतृत्वलाई देश चलाउने 'लाइसेन्स' दिन हामी तयार हुनुपर्छ । – अन्नपूर्ण पोष्टबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने