६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन आए भारतीय सार्पसुटर नेपालमा ?

१६ कार्तिक २०७४, बिहीबार ०१:५२

कात्तिक १६, काठमाडौं । राजधानीको कमलादीस्थित हेरिटेज प्लाजाभित्र बुधबार साँझ गोली चलेको छ । 

कर्पोरेट कार्यालयहरू रहेको सो प्लाजाभित्र गोली चलेको आवाज सुनिएपछि प्रहरीले खोजतलास गर्दा अटोमेटिक पेस्तोल र ५१ राउन्ड गोलीसहित प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पन्जाबका जसवीर सिंह र अरविन्द सिंह रहेका छन् । यो खबर टपेन्द्र कार्कीले आजको राजधानीमा लेखेका छन्।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार, पक्राउ परेलगत्तै गरिएको प्रारम्भिक अनुसन्धानमा उनीहरू सुटर रहेको खुलेको छ । मंगलबार मात्रै भारतीय गाडी लिएर काठमाडौं आएका उनीहरूले बुधबार साँझ हेरिटेज प्लाजास्थित गण्डकी खाजा घरमा खाजा खाएका थिए । सोको बिल २२ सय रुपैयाँ उठेपछि महँगो भएको भन्दै उनीहरूले निहुँ खोजेका थिए । 


वादविवादकै क्रममा उनीहरूले आफूहरू प्रहरी भएको भन्दै पेस्तोल निकालेर एक राउन्ड फायर गरेका थिए । त्यसपछि उनीहरू भागेका थिए । भाग्दै गर्दा कमलपोखरी  र दरबारमार्गबाट खटेको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।

सो घटनापछि प्रहरीले हतियार ल्याउनुको प्रयोजन र फायर खोल्नुको कारणबारे अनुसन्धान थालेको छ । महानगरीय आयुक्त कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) जयबहादुर चन्दले पक्राउ परेका दुवै भारतीय नागरिक मंगलबार मात्रै स्थलमार्गबाट भैरहवाको सुनौली नाका हुँदै काठमाडौं आएको बताए ।

प्रहरीले उनीहरूलाई कमलपोखरी वृत्तमा राखेर बयान लिएको थियो । उच्च प्रहरी स्रोतले उनीहरू ठूलै घटना गराउन काठमाडौं छिरेको हुन सक्ने आशंका गरेको छ । उनीहरू पक्राउ परेपछि नेपाल प्रहरीको विशेष ब्युरो (सीआईबी) ले पनि अनुसन्धान सुरु गरेको छ । प्रहरीले उनीहरू भारतीय सार्पसुटर भएको अनुमान गरेको छ ।

बुधबारको यो घटनासँगै भारतीय सार्पसुटर किन नेपाल आए भन्ने प्रश्न पनि खडा भएको छ । तीन साताअघि काठमाडौंमै भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा पनि भारतीय सार्पसुटरको प्रयोग भएको आशंका गरिँदै आएको छ । यसले राजधानी काठमाडौंको सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न खडा हुन थालेको छ

दुई महिनामा पाँचपटक गोली हानाहान

प्रहरी तथ्यांकअनुसार दुई महिनाको अवधिमा काठमाडौंमा गोली प्रहारका पाँचवटा घटना भएका छन् । २३ असोजमा भएको निर्माण व्यवसायी गौचनको हत्यामा प्रहरीले चाइनिज पेस्तोलमा प्रयोग भएको ६ एमएमको गोली फेला पारेको थियो । 

त्यसको सुराक प्रहरीले अझै फेला पार्न सकेको छैन । मोटरसाइकल बरामद गरेको भनिए पनि त्यसका धनी को हुन् ? कसको नाममा दर्ता छ ? त्योबारे पनि प्रहरीले केही बताएको छैन । 

२३ असोजकै दिउँसो प्रहरीको चेकिङमा एक थान रिभल्बर र एक गोलीसहित तीन जना पक्राउ परेका थिए । पक्राउ परेकालाई गौचन हत्यामा मुछ्न खोजे पनि उनीहरू साना हतियारधारी मात्रै भएको खुलेको छ ।

त्यसपछि ३ कात्तिकमा एक थान कटुवा पेस्तोल र एक थान गोलीसहित रामेछाप दोरम्बा स्थायी घर भई सिनामंगल बस्ने १९ वर्षका जीवन श्रेष्ठ र भक्तपुर सल्लाघारी बस्ने १८ वर्षका सुवास लामा योन्जन, मकवानपुर भीमफेदी गाउँपालिका घर भई धुम्बाराही बस्ने २८ वर्षीय कुमार अधिकारी र काभ्रे घर भई शंखमूल बस्ने २२ वर्षीय टीकाबहादुर श्रेष्ठ पक्राउ परेका थिए । त्यस्तै, ५ कात्तिकमा मात्र काठमाडौंको म्हैपीमा एक युवतीलाई जिस्क्याएको निहुँमा अर्का युवकले गोली प्रहार गरे । 

घटनामा संलग्न २३ वर्षीया सविना क्षत्री, नुवाकोटका नवराज लामिछाने, काठमाडौंका सुरेन्द्र शाही र काठमाडौंको स्वयम्भू बस्ने असुन गुरुङलाई प्रहरीले पक्राउ ग¥यो । उनीहरू अहिले हिरासतमा रहेका छन् । पक्राउ परेपछि प्रहरीले उनीहरूको साथबाट एक थान रिभल्भर र दुई गोली बरामद गरेको थियो ।

व्यक्तिगत रिसइबी

विगतमा व्यक्तिगत रिसिइबी, धम्की, फिरौती असुली, डकैती र अपहरणका थुप्रै घटनामा साना हतियार प्रयोग भइरहेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार आर्थिक वर्ष २०७४/७५ का तीन महिनामा मात्रै नौ हतियार बरामद भएका छन् भने ३० जना पक्राउ परेका छन् । 

परिसरका अनुसार बरामद अधिकांश हतियारमा पेस्तोल र रिभल्बर छन् । फिरौती असुलीदेखि ससाना घटनामा साना हतियार प्रयोगबाट काठमाडौंमा यसको उपलब्धता सहज बन्दै गरेको छ ।

प्रहरीका अनुसार पछिल्ला वर्षहरूमा साना हातहतियारबाट सिर्जित अपराधका घटनामा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७१/७२ यताका तीन वर्ष तीन महिनामा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरबाट मात्रै ३० थान हतियार र २ सय ३ राउन्ड गोली बरामद भएको कार्यालयको रेकर्ड छ । 

प्रहरीले यही अवधिमा हतियार प्रयोगमा संलग्न १ सय ६१ जनालाई पक्राउ गरेको छ । साना हतियारको अत्यधिक प्रयोग हुन थालेपछि प्रहरीले आफ्नो अनुसन्धानलाई तीव्रता दिन सकेको छैन ।

पछिल्लो समय काठमाडौंको कमजोर सुरक्षाको फाइदा उठाई आपराधिक समूहहरू सक्रिय हुन थालेका छन् । काठमाडौं उपत्यकामा विशेष गरी अमेरिकामा निर्मित पिस्तोल, ९ एमएम स्वचालित चाइनिज र भारतीय पेस्तोल, ३ सय १५ बोर पेस्तोल, सिक्सर रिभल्बर, २२ क्यालिभर पिस्तोल, नेपालमै बनेका कटुवाजस्ता साना हतियारको प्रयोग बढी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति