२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकटका लागि बालुवाटारमा जे देखियो

२०७४, १६ कार्तिक बिहीबार ०२:२८

कात्तिक १६, काठमाडौँ । प्रदेश र प्रतिनिधिसभाका लागि कांग्रेसबाट टिकट लिन तराई मधेसका नेताहरू भारतीय नम्बर प्लेटका आधा दर्जन गाडीसहित प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका छन् । 

कोही आफन्तको र त कोही भाडामा भारतीय नम्बर प्लेटका गाडी लिएर पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारीनिवास बालुवाटार पुगेका हुन् । सप्तरीका कांग्रेस सभापति दिनेश यादव, सर्लाहीस्थित मलंगवाका मेयर निश्चल साह आफूनिकटका नेतालाई उम्मेदवार बनाउन भारतीय गाडीमा कांग्रेसको झन्डासहित बालुवाटार छिरेका थिए ।

अाजको नयाँ पत्रिकामा खबर छ-कांग्रेस केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले निर्वाचनका लागि दिनको दुई हजार पाँच सय रुपैयाँमा भारतीय गाडी भाडामा लिएका छन् । उनले भाडामा लिएको गाडी पनि नेता बोकेर बालुवाटारमा आएको थियो । तराई मधेका नेताहरूका स्र्कोपियो, टाटासहितका ५–६ वटा गाडी बुधबार बालुवाटारमा देखिए ।

आफूनिकटका नेताको उम्मेदवारी टुंगो लागेपछि नेतालाई बोकेर जिल्ला पुग्ने र निर्वाचनभर प्रचारमा पनि प्रयोग हुने सम्बन्धित गाडीका चालकहरू बताउँछन् । ‘निर्वाचनका लागि भनेर कसैले भारतीय आफन्त र कसैले भाडामा गाडी ल्याएका छन्,’ भारतीय नम्बर प्लेटको गाडीका चालक विजयकुमार कुसवाहले भने, ‘निर्वाचनभर भारतीय गाडी प्रयोग गर्ने भनेर ल्याइएको छ ।’

बालुवाटारमा बिहानदेखि रातिसम्मै भिड

आफूनिकटका नेतालाई टिकट दिलाउन तराई मधेसबाट सयौँको संख्यामा नेता–कार्यकर्ता बालुवाटार आएका थिए । बालुवाटारमा बिहानदेखि मध्यरातसम्मै भिड लागेको थियो । आफूनिकटको नेताले टिकट पाएको खुसियाली मनाउन र हेर्नका लागि बालुवाटारमा सयौँको भिड लागेको थियो ।

टिकट पाउँदा नै फूलमालाले छोपिए उम्मेदवार

बालुवाटारमा टिकट पाएपछि डडेल्धुरा कांग्रेस सभापति कर्ण मल्ल गलाधारी मालासहित बालुवाटारमा देखिए । डडेल्धुरा ‘ख’बाट उनले प्रदेश सभामा टिकट पाएका छन् । टिकट पाउँदा नै उनी विजयी भएको शैलीमा माला र खादासहित नेता–कार्यकर्ताको भिडमा देखिए । टिकट पाएका अन्य नेताहरू पनि खादासहित प्रफुल्ल भएर मिडियालाई टिकट देखाउँदै बाहिरिएका थिए ।

टिकट नपाउनेहरू निराश, टाटासुमोको टिकटको जोक

आफूनिकटका नेताले टिकट नपाउँदा केही नेता–कार्यकर्ता निराश बनेका थिए । कतिपय त पार्टीले आफूहरूले आशा गरेको नेतालाई टिकट नदिइएपछि अब गाडीको टिकट काटेर जिल्ला फर्किने भन्दै बालुवाटार प्रांगणमा रमाइलो गरिरहेका देखिन्थे ।

मीन विश्वकर्मा प्रत्यक्षमा पनि उम्मेदवार

कांग्रेसबाट समानुपातिक सूचीमा परेका मीन विश्वकर्मा प्रत्यक्षतर्फका पनि उम्मेदवार बनेका छन् । निर्वाचन आयोगमा बुझाइएको बन्द सूचीमा विश्वकर्माको नाम छ । तालमेलमा संघीय समाजवादी फोरमका अशोक राईलाई सुनसरी १ बाट टिकट दिने तयारी कांग्रेसको थियो । तर, तालमेलको सम्भावना कम हुँदै गएपछि कांग्रेसले पुनः विश्वकर्मालाई उम्मेदवार बनाएको हो ।

समानुपातिक सूचीमा नाम संशोधनपछि पनि विश्वकर्माको नाम झिकिएको थिएन । तर, बुधबार दिउँसो विश्वकर्मालाई प्रत्यक्षमा उम्मेदवार बनाइएको हो । समानुपातिकमा उम्मेदवार कायम भइरहेका वेला प्रत्यक्षमा पनि नाम आएका विश्वकर्माले आफ्नो रुचि प्रत्यक्षमा पनि भएको बताए ।

समानुपातिकमा उम्मेदवार भइसकेपछि फेरि प्रत्यक्षमा उम्मेदवार बन्न मिल्छ त भन्ने प्रश्नमा उनले भने, ‘मेरो रुचि प्रत्यक्षमा निर्वाचन लड्ने हो । अहिले प्रत्यक्षमा नाम आएको छ । कानुनी व्यवस्था के हुन्छ, निर्वाचन आयोगसँग छलफल हुँदै छ ।’ कांग्रेसले टुंग्याउँदै गरेको उम्मेदवारको सूचीमा अरू उम्मेदवारको नाम प्रिन्ट गरिए पनि विश्कर्माको नाम हातले थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी