१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकटका लागि बालुवाटारमा जे देखियो

१६ कार्तिक २०७४, बिहीबार ०२:२८

कात्तिक १६, काठमाडौँ । प्रदेश र प्रतिनिधिसभाका लागि कांग्रेसबाट टिकट लिन तराई मधेसका नेताहरू भारतीय नम्बर प्लेटका आधा दर्जन गाडीसहित प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका छन् । 

कोही आफन्तको र त कोही भाडामा भारतीय नम्बर प्लेटका गाडी लिएर पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारीनिवास बालुवाटार पुगेका हुन् । सप्तरीका कांग्रेस सभापति दिनेश यादव, सर्लाहीस्थित मलंगवाका मेयर निश्चल साह आफूनिकटका नेतालाई उम्मेदवार बनाउन भारतीय गाडीमा कांग्रेसको झन्डासहित बालुवाटार छिरेका थिए ।

अाजको नयाँ पत्रिकामा खबर छ-कांग्रेस केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले निर्वाचनका लागि दिनको दुई हजार पाँच सय रुपैयाँमा भारतीय गाडी भाडामा लिएका छन् । उनले भाडामा लिएको गाडी पनि नेता बोकेर बालुवाटारमा आएको थियो । तराई मधेका नेताहरूका स्र्कोपियो, टाटासहितका ५–६ वटा गाडी बुधबार बालुवाटारमा देखिए ।

आफूनिकटका नेताको उम्मेदवारी टुंगो लागेपछि नेतालाई बोकेर जिल्ला पुग्ने र निर्वाचनभर प्रचारमा पनि प्रयोग हुने सम्बन्धित गाडीका चालकहरू बताउँछन् । ‘निर्वाचनका लागि भनेर कसैले भारतीय आफन्त र कसैले भाडामा गाडी ल्याएका छन्,’ भारतीय नम्बर प्लेटको गाडीका चालक विजयकुमार कुसवाहले भने, ‘निर्वाचनभर भारतीय गाडी प्रयोग गर्ने भनेर ल्याइएको छ ।’

बालुवाटारमा बिहानदेखि रातिसम्मै भिड

आफूनिकटका नेतालाई टिकट दिलाउन तराई मधेसबाट सयौँको संख्यामा नेता–कार्यकर्ता बालुवाटार आएका थिए । बालुवाटारमा बिहानदेखि मध्यरातसम्मै भिड लागेको थियो । आफूनिकटको नेताले टिकट पाएको खुसियाली मनाउन र हेर्नका लागि बालुवाटारमा सयौँको भिड लागेको थियो ।

टिकट पाउँदा नै फूलमालाले छोपिए उम्मेदवार

बालुवाटारमा टिकट पाएपछि डडेल्धुरा कांग्रेस सभापति कर्ण मल्ल गलाधारी मालासहित बालुवाटारमा देखिए । डडेल्धुरा ‘ख’बाट उनले प्रदेश सभामा टिकट पाएका छन् । टिकट पाउँदा नै उनी विजयी भएको शैलीमा माला र खादासहित नेता–कार्यकर्ताको भिडमा देखिए । टिकट पाएका अन्य नेताहरू पनि खादासहित प्रफुल्ल भएर मिडियालाई टिकट देखाउँदै बाहिरिएका थिए ।

टिकट नपाउनेहरू निराश, टाटासुमोको टिकटको जोक

आफूनिकटका नेताले टिकट नपाउँदा केही नेता–कार्यकर्ता निराश बनेका थिए । कतिपय त पार्टीले आफूहरूले आशा गरेको नेतालाई टिकट नदिइएपछि अब गाडीको टिकट काटेर जिल्ला फर्किने भन्दै बालुवाटार प्रांगणमा रमाइलो गरिरहेका देखिन्थे ।

मीन विश्वकर्मा प्रत्यक्षमा पनि उम्मेदवार

कांग्रेसबाट समानुपातिक सूचीमा परेका मीन विश्वकर्मा प्रत्यक्षतर्फका पनि उम्मेदवार बनेका छन् । निर्वाचन आयोगमा बुझाइएको बन्द सूचीमा विश्वकर्माको नाम छ । तालमेलमा संघीय समाजवादी फोरमका अशोक राईलाई सुनसरी १ बाट टिकट दिने तयारी कांग्रेसको थियो । तर, तालमेलको सम्भावना कम हुँदै गएपछि कांग्रेसले पुनः विश्वकर्मालाई उम्मेदवार बनाएको हो ।

समानुपातिक सूचीमा नाम संशोधनपछि पनि विश्वकर्माको नाम झिकिएको थिएन । तर, बुधबार दिउँसो विश्वकर्मालाई प्रत्यक्षमा उम्मेदवार बनाइएको हो । समानुपातिकमा उम्मेदवार कायम भइरहेका वेला प्रत्यक्षमा पनि नाम आएका विश्वकर्माले आफ्नो रुचि प्रत्यक्षमा पनि भएको बताए ।

समानुपातिकमा उम्मेदवार भइसकेपछि फेरि प्रत्यक्षमा उम्मेदवार बन्न मिल्छ त भन्ने प्रश्नमा उनले भने, ‘मेरो रुचि प्रत्यक्षमा निर्वाचन लड्ने हो । अहिले प्रत्यक्षमा नाम आएको छ । कानुनी व्यवस्था के हुन्छ, निर्वाचन आयोगसँग छलफल हुँदै छ ।’ कांग्रेसले टुंग्याउँदै गरेको उम्मेदवारको सूचीमा अरू उम्मेदवारको नाम प्रिन्ट गरिए पनि विश्कर्माको नाम हातले थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट