१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेभिवेट नेताविरुद्ध बागी, कुन नेताकोबिरुद्ध को ?

१७ कार्तिक २०७४, शुक्रबार ०१:२३

कात्तिक १७, काठमाडौं । विहिबार ४५ जिल्लामा भएको विभिन्न मनोनयनमा हेभिवेट नेताविरुद्ध बागी उम्मेदवारी परेको छ । 

रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशी

तनहुँ १ मा रामचन्द्र पौडेलविरुद्ध कांग्रेस नेता गोविन्दराज जोशीले उम्मेदवारी दिएका छन् । ०४८, ५१ र ५६ मा सोही क्षेत्रबाट जितेका जोशीले यसपालि आफ्नो क्षेत्रमा पौडेलले अतिक्रमण गरेको आरोप लगाइरहेका छन् । नारा–जुलुससहित उम्मेदवारी दर्ता गरेका जोशीले आफू आधिकारिक भएको र पौडेल बागी भएको दाबी गरेका छन् ।

उदयपुर २ मा एमाले र माओवादी दुवै

उदयपुर २ मा एमाले र माओवादी केन्द्र दुवैले प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । एमालेका पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडाले साँझ ६ बजे अध्यक्ष केपी ओलीको हस्ताक्षरसहितको मनोनयनपत्र दर्ता गराएका हुन् । 

उदयपुर १ मा एमाले र २ मा माओवादी केन्द्रले उम्मेदवारी दिने सहमति भए पनि खतिवडाले पार्टी अध्यक्षले हस्ताक्षर गरेको मनोनयनपत्रसहित उम्मेदवारी दर्ता गराएका हुन् । सो क्षेत्रमा माओवादीले सुरेश राईको उम्मेदवारी दर्ता गराएको छ ।

माधव नेपालविरुद्ध एमालेकै एलपी श्रेष्ठ

काठमाडौं २ मा नेता माधवकुमार नेपालविरुद्ध एमाले काठमाडौं जिल्ला कमिटी सदस्य एलपी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

महोत्तरीमा महन्थ ठाकुरविरुद्ध पूर्वसांसद

महोत्तरी ३ बाट उम्मेदवार बनेका राजपा अध्यक्ष महन्थ ठाकुरविरुद्ध पार्टीकै निवर्तमान सांसद चन्द्रेश्वर झाले उम्मेवारी दिएका छन् । समानुपातिक निर्वाचन प्रणालीमा १ नम्बर सूचीमा रहेका उनी प्रत्यक्षमा लड्न आएका हुन् । 

सर्लाहीबाट निर्वाचन लड्दै आएका ठाकुर कांग्रेसको आग्रहमा महोत्तरी पुगेका हुन् । दोस्रो संविधानसभा निर्वाचनमा स्वतन्त्र निर्वाचित झा केही महिनाअघि मात्रै राजपा प्रवेश गरेका थिए ।

सप्तरीमा उपेन्द्र यादवविरुद्ध पनि बागी

सप्तरी २ मा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले बागी उम्मेदवार दिएका छन् । राजपा र फोरमबीच प्रदेश २ मा तालमेल भएको छ । तर, पार्टीले सल्लाह नगरी उम्मेदवार छनोट गरेको भन्दै ठाकुरले उम्मेदवारी दिएका हुन् ।

सल्यानमा माओवादीका दुईजना बागी

सल्यानमा वाम गठबन्धनका आधिकारिक उम्मेदवार टेकबहादुर बस्नेतविरुद्ध माओवादी केन्द्रका पोलिटब्युरो सदस्य उमाकान्त शर्मा र जिल्ला नेता ज्ञानबहादुर वलीले उम्मेदवारी दिएका हुन् । 

प्रदेश सभातर्फ (क) मा पनि वाम गठबन्धनका आधिकारिक उम्मेदवार एमालेका गुलावजंग शाहविरुद्ध माओवादीका पोलिटब्युरो सदस्य भीमप्रकाश शर्माले बागी उम्मेदवारी दिए । यस्तै, प्रदेशतर्फ (ख) मा पनि वाम गठबन्धनका आधिकारिक उम्मेदवार प्रकाश ज्वालाविरुद्ध माओवादी केन्द्रकै जितबहादुर पुनले उम्मेदवारी दिएका छन् ।

कोमल वलीको स्वतन्त्र उम्मेदवारी

लोकगायिका कोमल ओलीले दाङ ३ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन् । एक महिनाअघि राप्रपा त्यागेर एमाले प्रवेश गरेकी उनले शीर्ष नेताहरूले आफ्नो प्रतिबद्धता कार्यान्वयन नगरेकाले स्वतन्त्र उम्मेदवारी दिएको बताएकी छिन् । यो खबर हामीले नयाँ पत्रिकाबाट लिएका हौ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट