६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवारी दिन गएका सिलवालले प्रहरीलाई के भने ?

१७ कार्तिक २०७४, शुक्रबार ०२:०७

कात्तिक १७, काठमाडौं । दौरासुरुवाल र कोटमा सजिएर मनोनयन गर्न पुगेका पूर्वडीआईजी नवराज सिलवाल बिहीबार अपराह्न साढे २ बजे निर्वाचन कार्यालय ललितपुर पुग्दा उनलाई सुरक्षार्थ खटिएका प्रहरीले ‘स्यालुट’ ठोके । 

हात उठाएर प्रहरी हाकिमकै शैलीमा ‘स्यालुट’ फिर्ता गर्दै उच्च अधिकारीसँग हात मिलाए । निर्वाचन कार्यालयको मूल गेटबाट भित्र छिर्नेबित्तिकै उनलाई अन्य प्रहरीले पनि ‘स्यालुट’ ठोके तर उनले हात उठाएर अभिवादन गर्दै व्यंग्यामक शैलीमा भने  ‘मसँग हात मिलाउँदा फेरि सरुवा होला नि।’

प्रहरी प्रमुख बन्न अदालतको ढोका ढकढक्याउँदा सफल नभएपछि राजीनामा दिएर नेकपा एमालेको सक्रिय राजनीतिमा होमिएका सिलवालले ललितपुर–१ बाट प्रतिनिसभातर्फ उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।

सिलवाललाई ‘स्यालुट’ गरेकै कारण उनको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी आभूषण तिमल्सिनाको सरुवा भएको एमाले वृत्तमा चर्चा छ। एमाले वृत्तमा यो चर्चासँगै मनोनयनका क्रममा उनले प्रहरी अधिकारीमार्फत व्यंग्य गर्दै सरुवाको प्रसंग निकाले।

तथापि सुरक्षा निकाय र प्रतिस्पर्धी दल कांग्रेस भने सिलवालका कारण तिमल्सिनाको सरुवा नभई प्रक्रियागत सरुवा भएको बताइरहेका छन्।

सिलवालले आफूमाथि राज्यले अन्याय गरेकाले जनताबाट न्याय पाउन चुनावी मैदानमा उत्रिएको प्रतिक्रिया दिए। उम्मेदवारी दर्तापछि कुरा गर्दै उनले भने, ‘ममाथि राज्यसत्ताले अन्याय ग¥यो, प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत प्रतिशोध साँधेर प्रहरी संगठन नै सिध्याउने खेल खोजे, राज्यबाट न्याय नपाएपछि पार्टीले जनता समक्ष जाने मौका दिएको छ, मलाई जनताले न्याय दिनेछन्।’

उनको प्रतिस्पर्धा कांग्रेसका युवा नेता तथा अर्थराज्यमन्त्री उदयशमशेर जबरासँग हुँदै छ। सिलवालसँगै मनोनयनका लागि निर्वाचन कार्यालय पुग्दा सिलवालले बस्ने कुर्सी पाए तर राज्यमन्त्री राणाले पाएनन्। उनी मनोनयनका लागि आफ्नो पालो नआउन्जेल उभिए। सिलवाललाई भने बस्ने कुर्सीको व्यवस्था थियो।

तरुण दलका पूर्वअध्यक्षसमेत रहेका राणाले दोस्रो संविधानसभा निर्वाचनमा एमाले नेता मधुसुदन पौडेललाई पराजित गरेका थिए। त्यसअघि माओवादी केन्द्रका नेता वर्षमान पुनको पोल्टामा गएको यस क्षेत्रमा यसपटक भने अर्थराज्यमन्त्री र पूर्वडीआईजी सिलवालबीच रोचक भिडन्त हुने देखिएको छ । -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति