१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसले आफैलाई भोट दिन पाउदैनन्

१८ कार्तिक २०७४, शनिबार ०२:०५

कात्तिक १८, दाङ । दाङ छाडेर दोस्रो संविधानसभा निर्वाचनमा रोल्पाबाट उम्मेदवार भइ विजयी भएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा अहिले फेरि प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङबाट उम्मेदवार बनेका छन्। यहाँबाट उम्मेदवार बन्न उनले ठूलै रस्साकस्सी गर्नुपर्‍यो । 

टिकटका लागि एमाले नेता शंकर पोख्रेलसँग टक्कर परेका उनलाई पाहुना नेताको ट्याग लाग्यो । अन्तत पोख्रेलसँगको टक्करमा टिकट बाजी मारेका उनै पाहुना नेता महरा दाङ निर्वाचन क्षेत्र नम्बर २ लाई आफ्नो चुनावी क्षेत्र बनाउन सफल भए । तर उनले आफूले आफैलाई भोट हाल्न पाउने छैनन्। उनी दाङका नभइ रोल्पाका मतदाता हुन् ।

१७४३२६२५ मतदाता नम्बर भएका महरा रोल्पा नगरपालिका १ का मतदाता हुन् ।  महरालाई रोकेर दाङ २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने योजनामा थिए एमाले नेता शंकर पोख्रेल। महरालाई पाहुना नेता भनेर विरोध गरेका उनी आफैं पाहुना उम्मेदवार बन्न पुगेका छन् ।

आफ्नो क्षेत्रबाट प्रतिनिधिसभामा टिकट पाएपछि पोख्रेल प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्न अर्को क्षेत्रमा गए । त्यसैकारण उनले पनि आफूलाई मतदान गर्न पाउने छैनन् ।  एमाले नेता पोख्रेलसँग कांग्रेसबाट पनि पाहुना उम्मेदवार नै भिड्दैछन् ।

पोख्रेलका प्रत्यासी कमलकिशोर घिमिरेले पनि पोख्रेलले जस्तै आफूलाई मतदान गर्न पाउने छैनन्। दाङमा मात्र होइन रोल्पामा पनि यस्ता उम्मेदवार छन् जसले आफूले आफैलाई मतदान गर्न पाउने छैनन् । तीमध्येका एक हुने माओवादीका कुलप्रसाद केसी ।

रोल्पा नगरपालिका ६ खोलाबाङका मतदाता उनी प्रदेश क बाट प्रदेशसभा सदस्य उम्मेदवार छन् । रोल्पाकै झक्कु सुवेदी पनि आफैलाई भोट हाल्न नपाउने उम्मेदवारमा पर्छन् । उनी काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन् । -नागरिक दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट