२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागीको मारमा शीर्ष नेता: को-को छन् प्रमुख नेताका बागी ?

२०७४, १८ कार्तिक शनिबार ०२:१४

कात्तिक १८, काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनायताको २६ वर्षमा प्रतिनिधिसभा, संविधानसभा, स्थानीय निकाय, स्थानीय तह हुँदै पुनः प्रतिनिधिसभा र प्रदेशसभासम्मका चुनावमा आइपुग्दा ‘बागी उम्मेदवारी' ऐंजेरुका रूपमा देखिएको छ । 

बागीको मारमा सबैभन्दा बढी पर्ने गरेको कांग्रेसले यसपटक पनि थुप्रै त्यस्ता उम्मेदवारीको सामना गर्नुपरेको छ । कांग्रेस मात्रै होइन, एमाले, माओवादी केन्द्रमा, संघीय फोरम, राजपालगायत दलमा समेत बागीको संख्या उल्लेख्य देखिएको छ । उम्मेदवारसँगभन्दा पनि पार्टीका शीर्ष नेतासँगको असन्तुष्टिका कारण बागी उम्मेदवार बढेको नेताहरू बताउँछन्।

लोकतन्त्रका लागि बलिदान दिएका र दलका शीर्ष नेताहरूविरुद्ध नै यसपटक बागी उम्मेदवारी परेको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, राजपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्षमडण्लका सदस्य अनिल झा, माओवादी नेता हरिबोल गजुरेललगायतविरुद्ध बागी उम्मेदवार खडा भएका छन् । 

कांग्रेसले बागी उम्मेदवारविरुद्ध कडा कारबाही गर्ने जनाएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।


प्रमुख नेताका बागी


-काठमाडौं २ माधवकुमार नेपालविरुद्ध एलपी श्रेष्ठ

-तनहुँ १ रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशी

-महोत्तरी ३ महन्थ ठाकुरविरुद्ध चन्द्रेश्वर झा


-सप्तरी २ उपेन्द्र यादवविरुद्ध जयप्रकाश ठाकुर

-दैलेख १ दीपक शाहीविरुद्ध गणेशबहादुर खड्का

-कैलाली ५ डा. आरजु राणाविरूद्ध क्षितिज भण्डारी


-सल्यान टेकबहादुर बस्नेतविरुद्ध उमाकान्त शर्मा

-सिन्धुली २ हरिबोल गजुरेलविरुद्ध रामकुमार पौडेल

-सिन्धुली १ गणेश पहाडीविरुद्ध कुमारबहादुर कार्की


-बारा ३ ज्वालाकुमारी साहविरुद्ध भरत खड्का

-रुपन्देही ५ क भूमिश्वर ढकालविरुद्ध मीनप्रसाद घिमिरे

-रौतहट १ अनिल झाविरुद्ध बबन सिंह

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने