६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हतियारसहित कसरी छिरे भारतीय ? घटना रहस्यमयी

१८ कार्तिक २०७४, शनिबार ०२:२०

कात्तिक १८, काठमाडौं । कमलादीस्थित एक डान्सबारमा बुधबार साँझ गोली प्रहार गरेपछि समातिएका दुई भारतीय नागरिकबाट बरामद हतियारका कारण प्रहरी आश्चर्यमा परेको छ । 

पन्जाब लुदियानाका जसभिर सिंह र हरवेन्द्र सिंह भारतबाटै गाडी भाडामा लिएर सुनौली नाका हुँदै मंगलबार साँझमात्रै काठमाडौं आइपुगेका थिए । डान्सबारभित्र बिल तिर्ने विषयमा विवाद हुँदा ती दुईमध्ये एकले तर्साउन भनेर हवाई फायर गरेका थिए । उनीहरूबाट प्रहरीले एउटा पेस्तोल, ५१ राउन्ड गोली र चारवटा म्याग्जिन फेला पारेको छ ।

घटनाको अनुसन्धान प्रारम्भिक चरणमा छ । प्रारम्भिक बयानमा दुवै जनाले भारतबाटै पेस्तोल लिएर आएको बताएका छन् । प्रहरीका अनुसार बरामद हतियार लाइसेन्सप्राप्त हो । 

बरामद गोलीको पनि लाइसेन्स रहेको जनाइएको छ । उनीहरूको साथबाट भारतीय प्रहरीको परिचयपत्र पनि बरामद भएको छ, जुन उनीहरुसँग सम्बन्धित छैन । हरवेन्द्रले आफू भारतस्थित विद्युत् प्राधिकरणको कर्मचारी भएको बताएका छन् । 

जसभिरले भने कृषि फर्म सञ्चालक भएको दाबी गरेका छन् । उनले पन्जाबमा आफ्नो ठूलो फार्म हाउस भएको र गत वर्ष आफूलाई गोली प्रहार भएपछि लाइसेन्स लिएर हतियार बोक्न थालेको बताएका छन् । दुवैले पहिलोपटक नेपाल आएको बयान दिएका छन् । 

प्रहरीसँगको बयानमा जसभिरले भनेका छन्, ‘साथीको गाडी लिएर हामी घुम्न नेपाल आएका हौं । जीपीएसको सहारामा दिशा हेर्दै काठमाडौं आइपुगेका हौं । साथीको गाडीमा उसको साथीको प्रहरी परिचयपत्र पनि रहेछ ।'

दुई भारतीय प्रोफेसनल सुटर वा किलर नभएको प्रहरी विशेष ब्युरोको प्रारम्भिक निष्कर्ष । 

गोली चलेको डान्सबारका सञ्चालकले भने जसभिरले आफूहरूलाई भारतीय प्रहरीका रूपमा चिनाएर तर्साएको बताएको छन् । ‘हतियार बोकेर हिँड्नु अवैध हो भन्ने जानेको छैन भन्नु बकवास हो । घटना र पक्राउ परेका भारतीयलाई संवेदनशील मान्नुपर्छ', एक उच्च प्रहरी अधिकृत भन्छन् ।

घटनाको विस्तृत अनुसन्धान गरिरहेको प्रहरीको विशेष ब्युरोले प्रारम्भिक रूपमा यी भारतीय नागरिक प्रोफेसनल सुटर वा किलर नभएको निष्कर्ष निकालेको छ । ‘प्रोफेसनल सुटर वा किलरले त्यसरी डान्स बारमा गएर गोली प्रहार गर्दैनन् तर अनुसन्धान यत्तिमै सीमित भने हुनुहुँदैन', विशेष ब्युरो स्रोतले भन्यो ।

काठमाडौं प्रहरी परिसरले बिहीबार काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगमा सात दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ । -अन्नपुर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति