६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले पाँच सय निजामती कर्मचारी माग्दै

१९ कार्तिक २०७४, आईतवार ०२:५९

कात्तिक १९, काठमाडौं । सरकारले निजामती सेवाका विभिन्न तहमा पाँच सय पचासभन्दा बढी अधिकृतका लागि नयाँ भर्ना प्रक्रिया थालेको छ ।

सरकारको मागका आधारमा लोकसेवा आयोगले प्राविधिक र अप्राविधिक गरी पाँच सय पचासभन्दा बढी अधिकृतका लागि छिट्टै विज्ञापन गर्ने तयारी गरेको हो। सामान्यले विभिन्न मन्त्रालय र निकायमा आवश्यक अधिकृत माग गर्दै विज्ञापनका लागि लोकसेवा पठाउने गृहकार्यलाई तीव्रता दिएको छ।

मन्त्रालयका जनशक्ति विकास शाखा प्रमुख उपसचिव दिनेशसागर भुसालले यो वर्ष प्राविधिक र अप्राविधिक गरी ५ सय ५० अधिकृत निजामती सेवामा थप हुने बताए। कानुनअनुसार देशभरमा आवश्यक पर्ने अधिकृतदेखि सहसचिवसम्मको रिक्त पदमा पदपूर्तिको माग गर्दै सामान्य प्रशासन मन्त्रालयले लोकसेवामा पठाउनुपर्ने हुन्छ ।

उपसचिव भुसालका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न ३१ वटा मन्त्रालय र मन्त्रालय मातहतका कार्यालय, आयोग, नियोगलगायतका निकायमा रिक्त रहेको शाखा अधिकृत पदको विवरण संकलन कार्यलाई अन्तिम रूप दिन लागिएको छ ।

ती निकायबाट आएको मागका आधारमा प्राविधिकतर्फ तीन सय र अप्राविधिकतर्फ २५० जना अधिकृतको पदपूर्ति गर्न लागिएको उपसचिव भुसालले जानकारी दिए ।

उनका अनुसार झन्डै २ सय ५० जना प्राविधिक अधिकृत माग गर्दै आगामी कात्तिक २२ सम्म लोकसेवामा विवरण पठाउने र लोकसेवाले कात्तिक अन्तिम साता ती पदका लागि दरखास्त आह्वान गर्ने छ ।

प्राविधिकतर्फका झन्डै तीन सय शाखा अधिकृतका लागि पनि छिट्टै मागको विवरण लोकसेवा आयोगमा पठाइने उनले बताए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति