२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले पाँच सय निजामती कर्मचारी माग्दै

२०७४, १९ कार्तिक आईतवार ०२:५९

कात्तिक १९, काठमाडौं । सरकारले निजामती सेवाका विभिन्न तहमा पाँच सय पचासभन्दा बढी अधिकृतका लागि नयाँ भर्ना प्रक्रिया थालेको छ ।

सरकारको मागका आधारमा लोकसेवा आयोगले प्राविधिक र अप्राविधिक गरी पाँच सय पचासभन्दा बढी अधिकृतका लागि छिट्टै विज्ञापन गर्ने तयारी गरेको हो। सामान्यले विभिन्न मन्त्रालय र निकायमा आवश्यक अधिकृत माग गर्दै विज्ञापनका लागि लोकसेवा पठाउने गृहकार्यलाई तीव्रता दिएको छ।

मन्त्रालयका जनशक्ति विकास शाखा प्रमुख उपसचिव दिनेशसागर भुसालले यो वर्ष प्राविधिक र अप्राविधिक गरी ५ सय ५० अधिकृत निजामती सेवामा थप हुने बताए। कानुनअनुसार देशभरमा आवश्यक पर्ने अधिकृतदेखि सहसचिवसम्मको रिक्त पदमा पदपूर्तिको माग गर्दै सामान्य प्रशासन मन्त्रालयले लोकसेवामा पठाउनुपर्ने हुन्छ ।

उपसचिव भुसालका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न ३१ वटा मन्त्रालय र मन्त्रालय मातहतका कार्यालय, आयोग, नियोगलगायतका निकायमा रिक्त रहेको शाखा अधिकृत पदको विवरण संकलन कार्यलाई अन्तिम रूप दिन लागिएको छ ।

ती निकायबाट आएको मागका आधारमा प्राविधिकतर्फ तीन सय र अप्राविधिकतर्फ २५० जना अधिकृतको पदपूर्ति गर्न लागिएको उपसचिव भुसालले जानकारी दिए ।

उनका अनुसार झन्डै २ सय ५० जना प्राविधिक अधिकृत माग गर्दै आगामी कात्तिक २२ सम्म लोकसेवामा विवरण पठाउने र लोकसेवाले कात्तिक अन्तिम साता ती पदका लागि दरखास्त आह्वान गर्ने छ ।

प्राविधिकतर्फका झन्डै तीन सय शाखा अधिकृतका लागि पनि छिट्टै मागको विवरण लोकसेवा आयोगमा पठाइने उनले बताए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते