१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्राहक ठग्ने पसल सञ्चालक फरार, कर्मचारी थुनामा

२१ कार्तिक २०७४, मंगलवार ०१:५३

कात्तिक २१, काठमाडौं । लत्ताकपडा, जुत्ता घडीलगायत सामानमा बढी मूल्य लिई ठगी गर्ने दरबारमार्ग, न्युरोड र ठमेलका कर्मचारीलाई पक्रे पनि वास्तविक सञ्चालक अझै फरार छन् ।

कात्तिक १५ गते प्रहरी परिसर काठामाडैंले उच्च पदका केही कर्मचारीलाई पक्राउ गरे पनि सञ्चालकहरू अझै सम्पर्कविहीन छन्। परिसरले दरबारमार्ग र न्युरोड गरी १३ व्यवसायीलाई कार्यालयमा उपस्थित हुन पत्र काटेको थाहा पाएर उनीहरू फारार भएका हुन्। प्रहरी स्रोतका अनुसार अनुगमन र सिलबन्दी गर्ने आपूर्ति मन्त्रालय र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागकै असहयोगका कारण पनि सञ्चालकहरूलाई समयमै पक्राउ गर्न नसकिएको हो।

कर्मचारी पक्राउ गरेपछि सञ्चालकहरूमाथि दबाब पर्नसक्ने भन्दै प्रहरीले एक साताअघि दरबारमार्ग र ठमेलबाट १० जनालाई पक्राउ गरेको थियो। उनीहरूलाई सञ्चालकहरू फरार रहेको पसल सञ्चालन गरेको आरोपमा पक्राउ गरिएको हो।

‘कर्मचारी पक्राउ परेपछि सञ्चालकहरूमाथि दबाब पर्छ भन्ने अनुमान थियो’, काठमाडौं प्रहरी परिसरका एक अनुसन्धान अधिकृतले भने, ‘तर कालोबजारी गर्ने पसलका सञ्चालकहरू त जब्बर रहेछन्। कर्मचारी छुटाउनसमेत आएनन्।’

परिसरले दरबारमार्गको वाच एण्ड सीका अप्रेसन म्यानेजर राजेश्वर श्रेष्ठ, न्युरोडको तिरुपति प्रालिका म्यानेजर नन्दन बिहानी, दरबारमार्गकै लेबल्स स्टोर्सका म्यानेजर सुभास महर्जन र सेल्स म्यानेजर जितेन्द्र महर्जन, ठमेलको एडभेन्चर आउटडोर गियर कम्पनीका म्यानेजर रोसशन ओडारीलाई पक्राउ गरेको थियो।  कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट