२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्राहक ठग्ने पसल सञ्चालक फरार, कर्मचारी थुनामा

२०७४, २१ कार्तिक मंगलवार ०१:५३

कात्तिक २१, काठमाडौं । लत्ताकपडा, जुत्ता घडीलगायत सामानमा बढी मूल्य लिई ठगी गर्ने दरबारमार्ग, न्युरोड र ठमेलका कर्मचारीलाई पक्रे पनि वास्तविक सञ्चालक अझै फरार छन् ।

कात्तिक १५ गते प्रहरी परिसर काठामाडैंले उच्च पदका केही कर्मचारीलाई पक्राउ गरे पनि सञ्चालकहरू अझै सम्पर्कविहीन छन्। परिसरले दरबारमार्ग र न्युरोड गरी १३ व्यवसायीलाई कार्यालयमा उपस्थित हुन पत्र काटेको थाहा पाएर उनीहरू फारार भएका हुन्। प्रहरी स्रोतका अनुसार अनुगमन र सिलबन्दी गर्ने आपूर्ति मन्त्रालय र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागकै असहयोगका कारण पनि सञ्चालकहरूलाई समयमै पक्राउ गर्न नसकिएको हो।

कर्मचारी पक्राउ गरेपछि सञ्चालकहरूमाथि दबाब पर्नसक्ने भन्दै प्रहरीले एक साताअघि दरबारमार्ग र ठमेलबाट १० जनालाई पक्राउ गरेको थियो। उनीहरूलाई सञ्चालकहरू फरार रहेको पसल सञ्चालन गरेको आरोपमा पक्राउ गरिएको हो।

‘कर्मचारी पक्राउ परेपछि सञ्चालकहरूमाथि दबाब पर्छ भन्ने अनुमान थियो’, काठमाडौं प्रहरी परिसरका एक अनुसन्धान अधिकृतले भने, ‘तर कालोबजारी गर्ने पसलका सञ्चालकहरू त जब्बर रहेछन्। कर्मचारी छुटाउनसमेत आएनन्।’

परिसरले दरबारमार्गको वाच एण्ड सीका अप्रेसन म्यानेजर राजेश्वर श्रेष्ठ, न्युरोडको तिरुपति प्रालिका म्यानेजर नन्दन बिहानी, दरबारमार्गकै लेबल्स स्टोर्सका म्यानेजर सुभास महर्जन र सेल्स म्यानेजर जितेन्द्र महर्जन, ठमेलको एडभेन्चर आउटडोर गियर कम्पनीका म्यानेजर रोसशन ओडारीलाई पक्राउ गरेको थियो।  कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते