2026-09-14 03:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

किन पुग्यो नेपाली सेना पूर्वी रुकुम ? यस्तो छ कारण

कात्तिक २२, काठमाडौँ । कान्छो जिल्ला पूर्वी रुकुममा मंगलबार नेपाली सेना पुगेको छ । 

पाँच नम्बर प्रदेश अन्तरगत पर्ने पूर्वी रुकुममा खड्क दलको गुल्म पुगेको हो । नेपाली सेनाका सहायकरथी एवं प्रवक्ता नयनराज दाहालका अनुसार छिमेकी जिल्ला रोल्पाको लिबाङमा रहेको खड्क दल गणबाट सेना त्यहाँ पुगेको हो ।

 केही साताअघि उद्घाटन गरिएको पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटमा सेना हेलिकोप्टरबाट पुगिसकेको छ । ‘चुनावी सुरक्षा प्रयोजनका लागि सेना पठाइएको हो ।’ नेपाली सेनाका सहायकरथी दाहालले अन्नपुर्णसँग भने, ‘अस्थायी रुपमा व्यारेक वनाएर वस्छ ।’

पश्चिम रुकुम ६ नम्बर प्रदेशमा रहेको छ । साविक रुकुमको सदरमुकाम खलंगामा सेनाको गण भएपनि पुर्वी रुकुम ५ नम्बर प्रदेश अन्तरगत पर्ने भएकाले लिबाङबाट सेना पठाइ एको नेपाली सेनाले जनाएको छ । नयाँ जिल्ला स्थापना भएपछि नेपाली सेनाको ४ नम्बर वाहिनी नेपालगञ्जले हेर्ने निश्चित भइसकेको छ । कुन गण वा गुल्म स्थायी रुपमा पूर्वी रुकुममा पठाउने भन्ने बारे बाहिनीले टुंगो लगाएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गएकाले सुरक्षा व्यवस्थाका लागि खड्क दलबाट सेना पुगेको हो ।

मंगलबार दिनभर पटक/पटक हेलीकोप्टरबाट सेना त्यहाँ पुर्‍याएको थियो । पाँच नम्बर प्रदेश अन्तरग पूर्वी रुकुम र रोल्पामा मंसिर १० गते चुनाव हुँदैछ । माओवादी गढ मानिदै आएका यी दुई जिल्लामा सुरक्षाको राम्रो प्रबन्ध गरिएको सुरक्षा स्रोतले जनाएको छ । पूर्वी रुकुममा चुनबाङ पनि पर्दछ । कमल दहका नजिकै रहेको कान्छो जिल्लाको सदरमुकाममा सेना पुगेपछि स्थानीय खुशी भएका छन् ।

स्थानीय तहको निर्वाचनमा पूर्वी रुकुमका तीनवटै स्थानीय तह माओवादी केन्द्र विजयी बनेका थियो। रोल्पाका थबाङसँग सिमान जोडिएको पूर्वी रुकुम सदरमुकाममा सरकारी निकाय खडा गरिएपनि भवन अभावले सेवा प्रभावमा कठिनाई भइरहेको छ । अन्नपुर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ