१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धनगढीमा ३ करोडको सुविधा सम्पन्न घर किन्दै आरजु

२३ कार्तिक २०७४, बिहीबार ०२:२७

कात्तिक २३, काठमाडौं । कैलाली क्षेत्र नम्बर ५ मा निर्वाचन लड्न लागेकी प्रधानमन्त्री शेरबहादुर  देउवा पत्नी आरजु देउवामाथि पर्यटक उम्मेदवारको आरोप लागेपछि उनले धनगढीमा घर किन्ने भएकी छिन् । 

बैना रकम दिएर किन्न लागेको घरमा उनी बस्नसमेत सुरू गरिसकेकी छिन्। उनले धनगढी ४ उत्तरबेहेडीमा रहेको शारदा हमालको नाममा रहेको दुईतले सुविधा सम्पन्न घर किन्ने तयारीमा रहेकी हुन्।

बुधबार संवाददाता समाचार संकलनका लागि पुग्दा उनी घरको बाहिर बसेर कार्यकर्तासँग कुरा गरिरहेकी थिईन्। कुरो मिलेमा घर किन्ने तयारीमा रहेको बताइन्। ‘कुरो चलिरहेको छ, मिलेमा किन्छु,’ उनले भनिन्।  

पर्यटक उम्मेद्वार भनेर विपक्षीले चर्को नारा नगाएपछि मतदातालाई भड्किन नदिँन उनले धनगढीमा  घर किन्ने निर्णय गरेकी हुन्। ‘म २५ वर्षदेखि यहाँ आइरहेको छु। म कसरी पर्यटक भएँ, नियमित यहाँ बस्नका लागि घर किन्ने तयारीमा छु,’ उनले भनिन्।

हसनपुरलगायत केही ठाउँमा किन्नका लागि उनका सहयोगीले घर हेरेका थिए । शारदा हमालको सुविधासम्पन्न घर मन परेपछि किन्ने निधो गरेको उनका निकट एक कार्यकर्ताले बताए । ३ कठ्ठा ३ धुर जमिनमा ६५ वर्गफिटमा यो घर रहेको छ । 

अट्याच बाथरुमसहित ४ कोठा, २ लिभिङ रुम, २ नन अट्याच रुम, १ स्टोर रुम, २ वटा अतिरिक्त शौचालय र बाथरुम र एक स्टाफ रुम घरमा छ । 

३ करोडमा घर किन्ने कुरो भएको बुझिएको छ । बैना गरेको लगायतका कागजपत्र लगेर घर किन्नका लागि सेन्चुरी बैंकमा आरजुले कुरो चलाएको स्रोतले बताएको छ । 

यसअघि दोस्रो संविधानसभामा प्रधानमन्त्री शेरबहादुर देउवा चुनाव लडेको धनगढी उपमहानगरपालिका रहेको कैलाली ५ मा कांग्रेसबाट आरजु चुनावी मैदानमा छन् । स्थानीय जनताको पहुँच नहुने पर्यटक उम्मेदवार भन्दै विपक्षीले चर्को चुनावी मुद्दा उठाएका छन् ।

यसअघि पत्रकार सम्मेलनमा तपाईंलाई पर्यटक उम्मेदवार भन्ने आरोप छ भनी सोधेको प्रश्नको जबाफमा उनले चुनाव जितेर यहीं बस्ने र त्यसका लागि घर किन्ने बताएकी थिइन् । 

वाम गठबन्धनका तर्फबाट एमालेका युवा नेता नारदमुनि राना छन् । गत स्थानीय तहको निर्वाचनको मतका आधारमा लोकतान्त्रिक गठबन्धनभन्दा वाम गठबन्धनको मत करिब साढे चार हजार बढी छ । नतिजा आफ्नो पोल्टामा पार्न दुवै पक्षका उम्मेदवार सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट