2026-09-15 03:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पाका पुनद्वयः कसले मार्ला बाजी ? यस्तो छ अंकगणित

कात्तिक २३, रोल्पा । केन्द्रीय राजनीतिमा प्रभावशाली रहेका वर्षमान पुन ‘अनन्त’ शान्ति प्रक्रियापछि पहिलो पटक गृह जिल्ला रोल्पाबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका छन् । 

पूर्व अर्थमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका नेता पुनसँग चुनावी प्रतिस्पर्धामा छन्, नेपाली कांग्रेसका जिल्ला सभापति अमरसिंह पुन । यसअघि समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका पुन वर्तमान सरकारमा सिंचाई राज्यमन्त्री छन् । पहिलो पटक चुनावी मैदानमा उत्रिएका चुनावी प्रचार तीव्र बनाएका छन् । 

वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका वर्षमान पनि चुनावी प्रचारमा छन् । अाजको अन्नपूर्णमा खबर छ-सबैतिर जिज्ञासा छ- माओवादीको गढ मानिने रोल्पामा कसले बाजी मार्ला ? ‘शान्ति प्रक्रियापछिका चुनावमा माओवादी केन्द्र एक्लो हुँदा पनि जितेको हो । वाम गठबन्धन भएपछि त जित पक्का भइसक्यो’, माओवादी केन्द्रका उम्मेदवार वर्षमान भन्छन, ‘मंसिर १० गते चुनाव भएर घोषणा हुन मात्र बाँकी हो । हाम्रो चिन्ता मतान्तर बढाउने मात्र हो ।’

कांग्रेस उम्मेदवार पुन पनि आफूले जित्नेमा ढुक्क रहेको दावी गर्छन् । वाम गठबन्धनबाट माओवादी र एमाले कार्यकर्तामात्र होइन, मतदाता पनि असन्तुष्ट रहेको दावी गर्दै उनी भन्छन्- ‘अधिनायकवाद लाद्‍ने खतरा भएकाले हामीलाई मतदान गर्ने स्थिति बन्छ ।’

२०६४ को निर्वाचनमा जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट माओवादी उम्मेदवार विजयी भएका थिए। क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ३४ हजार २२० मत ल्याएर विजयी भएका थिए भने क्षेत्र नम्बर १ बाट जयपुरी घर्तीले २६ हजार ५०५ मत ल्याई विजयी भएकी थिइन् । कांग्रेसका उम्मेदवारले पाएको मत करिब आधा कम थियो । 

२०७० को निर्वाचनमा पनि दुवै क्षेत्र माओवादी केन्द्रकै पोल्टामा परेको थियो । क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा विजयी भएका थिए भने क्षेत्र नम्बर २ मा निर्तमान सभामुख ओनसरी घर्ती विजयी भएकी थिइन् ।

दोस्रो संविधान सभाको निर्वाचन र स्थानीय तहको निर्वाचनसम्म माओवादी केन्द्र र कांग्रेसको मतान्तर साँघुरिदै गएको छ । एमाले र कांग्रेसको मत बढ्दो क्रममा देखिन्छ भने माओवादीको घट्दो क्रममा । छिमेकी जिल्ला रुकुममा माओवादीले स्थानीय तहमा ‘क्लिन स्विप’ गरेपनि यहाँका १० स्थानीय तहमध्ये माओवादी केन्द्रले ७ स्थानीय तहमा जित हासिल गरेको छ । रोल्पा नगरपालिका सहित ६ गाउँपालिकामा माओवादी केन्द्र, एमाले २ र कांग्रेस १ गाउँपालिकामा विजयी भएका छन् ।

एक्लाएक्लै चुनावमा भाग लिदा यहाँ माओवादी पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो दल बनेका थिए । एमाले र माओवादीबीच गठबन्ध भएकोले कांग्रेस ठूलो मतान्तरले पछि पर्ने दावी गर्छन्, नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं चुनाव प्रचार संयोजक गोकुल घर्ती । ‘एमाले र माओवादी केन्द्रको स्थानीय तहको चुनावमा प्राप्त मत जोड्दा कांग्रेसको उम्मेदवार दोब्बर मतले हार्छन्’ घर्तीको आकलन छ ।

प्रदेशसभामा के होला ?

प्रदेश सभाका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्यद्वय कुलप्रसाद केसी र दीपेन्द्र कुमार पुन उम्मेदवार छन्। यता कांग्रेसबाट पार्टी सचिव शेरबहादुर महरा र खगेन्द्रप्रकाश हमाल उम्मेदवार छन् ।

निर्वाचन क्षेत्र ‘क’ मा केसी र महराको प्रतिस्पर्धा हुँदैछ भने ‘ख’ मा पुन र हमालको। प्रतिनिधिसभामा वर्षमान र अमरसिंहसहित ८ जना उम्मेदवार छन् भने प्रदेशसभामा केसी र महरासहित ९ तथा पुन र हमालसहित ८ जना उम्मेदवार छन् ।

यस्तो छ अंकगणित

७२ वडा रहेको रोल्पामा स्थानीय तहको चुनावमा माओवादी केन्द्रले ४८, कांग्रेसले ११, एमालेले ११ र स्वतन्त्रले २ वडा जितेका छन् । माओवादीले जितेको नगर र गाउँपालिकाका मत र प्रत्यसी बनेकाको मत संख्या ३३ हजार ६७४ छ। कांग्रेसले जितेको लुंग्री गाउँपालिकाको प्रमुखको मत र प्रत्यसी बनेका स्थानीय तहको मत जोड्दा २३ हजार २४७ हुन आउँछ । एमालेले १५ हजार ६४६ मत ल्याएको थियो ।

स्थानीय तहको चुनावमा माओवादी केन्द्र र एमालेले प्राप्त गरेको मत जोड्दा ४९ हजार ३२० हुन आउँछ। कांग्रेसलाई राप्रपासँगको तालमेलले राहत दिए पनि जितका लागि त्यो पर्याप्त छैन। राप्रपाको जिल्लाभरको मत १ हजार ५९० मात्र हो । राप्रपाबाट विभाजित दुई समूह अलग्गै मैदानमा छन् ।

वाम गठबन्धन र कांग्रेसको दोब्बर मतान्तरले मात्रै जितहारको निर्क्यौल गर्न गाह्रो छ किनभने स्थानीय चुनावयता करिब १० हजार मतदाता थपिएका छन् । जिल्लामा एक लाख २७ हजार ६२९ मतदाता छन् । यी मतदाताले आफ्ना प्रतिनिधि चयनका लागि मंसिर १० मा मतदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ