१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षा मन्त्रीलाई बर्खार्त गर्ने प्रधानमन्त्रीको चेतावनी

२४ कार्तिक २०७४, शुक्रबार ०२:३०

कात्तिक २४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डा.गोविन्द केसी फेरि अनसन बस्नुपर्ने अवस्था आएमा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन् । 

काठमाडौं नेसनल मेडिकल कलेजलाई सिट निर्धारण गर्न दिएको पत्र तत्काल फिर्ता गर्न शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई प्रधानमन्त्री देउवाले निर्देशन दिएका छन् । 

प्रधानमन्त्रीले डा. केसीकै अगाडि मन्त्री श्रेष्ठलाई टेलिफोन गरेका थिए । ‘पूर्वाधार नभएको मेडिकल कलेजलाई सिट निर्धारण गर्न दिएको पत्र तत्काल फिर्ता नगरे तपाईंलाई शिक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाउनेछु,’ देउवाको भनाइ उद्धृत गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले भने ।

देउवाले तीन दिनअघि राष्ट्रपतिलाई भेटेर चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण गरिदिन आग्रह गरेको जानकारी गराएका थिए । ‘अत्यावश्यक अध्यादेश भएकाले तपाईंले रोकेर राख्ने कानुनी अधिकार छैन, त्यसैले चाँडै प्रमाणीकरण गर्नुस् भनेको छु,’ देउवाले भने ।

उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले अध्यादेश प्रमाणीकरण नभएको समय पारी विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेजलाई एमबिबिएसको सिट निर्धारण गर्न भन्दै मेडिकल काउन्सिललाई पत्र पठाएपछि डा. केसीले प्रधानमन्त्री देउवालाई भेटेको उनका सहयोगी ओमप्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार केसीले प्रधानमन्त्रीसँग राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश प्रमाणीकरण गराउन पहल गर्न आग्रह गरेका थिए ।

डा. केसीले आगामी सोमबारसम्म अध्यादेश प्रमाणीकरण नभए र काठमाडौं नेसनल मेडिकल कलेजलाई सिट दिन शिक्षा मन्त्रालयलले पठाएको पत्र फिर्ता नभए अनशन थाल्ने प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट