१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टीलाई नसघाएपछि छोरा–छोरीसहित पत्नीलाई घर निकाला

२५ कार्तिक २०७४, शनिबार ०३:०१

कात्तिक २५, मुगु । आफूले रोजेको पार्टीलाई सहयोग नगरेको भन्दै निमा छिरिङ तामाङले दुई छोरा–छोरीसहित पत्नीलाई घर निकाला गरेका छन्। 

जिल्लाको पूर्वी क्षेत्र मुगुम कार्मारोङ्ग गाँउपालिका-८ माँग्री गाउँका ३१ वर्षीय तामाङले आफ्नो पार्टी नेपाली कांग्रेसलाई सहयोग नगरेको भन्दै पत्नी २६ वर्षीया कर्मा छुइकित तामाङलाई घर निकाला गरेका हुन् ।

पत्नी कर्माले वैशाखामा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेलाई मतदान गरेको र मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा समेत एमालेलाई सहयोग गर्न लागेको भन्दै पत्नीसहित दुई नबालक छोरा–छोरीलाई घर निकाला गरेका हुन्।

वैशाखमा सम्पन्न स्थानीय चुनावमा निमाकी आमा एमालेको तर्फबाट वडा सदस्यमा विजयी भएकी थिइन्। निमाले पत्नी कर्माले आफ्नी आमालाई चुनावी प्रचारप्रसारमा सहयोग गरेको र आफूले भनेको मान्छेलाई मतदान नगरी सासुसहित सबै एमालेका उम्मेदवारलाई भोट दिएको आक्रोश अहिलेको चुनावमा पोखेका हुन्।

यही विषयलाई लिएर निमाले पहिलो पटक गएको जेठ ५ गते पत्नी कर्मालाई कुटपिट गरी घर निकाला गरेका थिए। गाँउलेले जेठ १० गते दुबै जनालाई मिलापत्र गरी निमाको घरमा पठाएका भएपनि कार्तिक १२ गते पुन निमाले पत्नी कर्मालाई मंसिर १० को चुनावमा एमालेलाई सहयोग गर्न लागेको भन्दै कुटपिट गरेर घर निकाला गरेको सोही वडाका सोनाम तामाङले अन्नपूर्णलाई जानकारी दिए। 

आफूले भनेको पार्टीलाई सहयोग नगरेको नाममा पत्नीमाथि कुटपिट गर्दै निमाले घरबाट निकालेपछि कर्मा दुई छोरा–छोरीसहित छिमेकिको घरमा कोठा मागेर बस्दै आएकी छिन्। 

यद्यपी कर्माले श्रीमानले घरबाट निकाले पनि न्यायका निम्ति कुनै निकायमा उजुरी नदिएको उनका छिमेकीले बताएका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट