१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश राजधानी तोकिएको ४८ घन्टामै कर्मचारी खटाइने तयारी

२६ कार्तिक २०७४, आईतवार ०२:४१

कात्तिक २६, काठमाडौं ।

एउटा प्रदेश सभा सचिवालयमा कम्तीमा ५० कर्मचारी 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेको ४८ घन्टाभित्र प्रदेश सभामा आवश्यक पर्ने कर्मचारी खटाइसक्ने गरी तयारी गरेको जनाएको छ ।

मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा गठित कार्यदलले त्यस्तो तयारी गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले बताए। प्रदेशमा कर्मचारी र अन्य आपत्कालीन व्यवस्थापन गर्न मुख्यसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका सचिवहरू सदस्य रहेको उच्चस्तरीय कार्यदल गठन भएको छ।

कार्यदलले प्रदेश सभा सञ्चालन गर्न आवश्यक पर्ने कर्मचारीको नामावली तयार गरी खटिने कर्मचारीका लागि निर्वाचन आयोगको सहमति लिने पत्रसमेत तयार गरिसकेको छ। 

प्रवक्ता पन्थीका अनुसार मन्त्रिपरिषद्को कार्यालयले आयोगसँग सहमति लिने फाइलको टिप्पणी उठाएर पत्र तयार पारेको छ। ‘मन्त्रिपरिषद्ले प्रदेशको राजधानी तोकेर प्रदेशमा कर्मचारी खटाऊ भनेर आदेश दिएको ४८ घन्टाभित्र कर्मचारी पुगिसक्ने गरी हामीले पूर्वतयारी गरिसकेका छौँ। कर्मचारीको अभावमा प्रदेश सभा सञ्चालन हुने काममा अवरोध आउन दिँदैनौँ,’ उनले भने।

प्रदेश राजधानी नतोकिँदा अप्ठेरो

प्रवक्ता पन्थीले प्रदेशको राजधानी नतोकिँदा प्रदेशको कार्यालय र कर्मचारी व्यवस्थापन गर्न नसकिएको बताए। उनले प्रदेश राजधानी तोक्नेबित्तिकै भाडामा लिएर भए पनि प्रदेश कार्यालय सञ्चालन गर्ने र आवश्यक संख्यामा कर्मचारी खटाउने बताए। 

‘प्रदेश राजधानी तोकिएको भए भाडामा कार्यालय लिएर पनि कर्मचारी खटाइसक्थ्यौँ,’ प्रवक्ता पन्थीले भने, ‘तर, त्यसमा ढिलाइ हुँदा कर्मचारी खटाउन रोकिएको छ।’

राजधानी तोक्नेबारे सरकार अलमलमा

प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सरकार अझै अन्योलमा छ। मन्त्रिपरिषद् बैठकमा धेरैपटक प्रदेशको अस्थायी राजधानी तोक्ने विषयले प्रवेश पाए पनि प्रधानमन्त्रीले राजनीतिक सहमतिका आधारमा निर्णय लिने बताउँदै आएका छन्। 

निर्वाचन प्रचारप्रसारमा व्यस्त भएकाले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा माओवादी केन्द्र र एमालेसँग अझै औपचारिक छलफल गरिसकेका छैनन्। 

दुई साताअघि सामान्य प्रशासनमन्त्रीको अध्यक्षतामा रहने अधिकार सम्पन्न पुनर्संरचना समितिले सातवटै प्रदेशको अस्थायी राजधानी प्रस्ताव गरेको थियो । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट