१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट अवैधानिक कामदार घर फर्किन डेढ महिना बाँकी

२६ कार्तिक २०७४, आईतवार ०६:२५

कात्तिक २६, काठमाडौँ | मलेसियन सरकारले अवैधानिक श्रमिकहरुलाई घर फर्कनको लागि दिएको समय सकिन अब करीव डेढ महिना मात्र बाँकी छ । 

मलेसिया सरकारले २०१७ अप्रिलदेखि डिसेम्बर २०१७ सम्म अवैधानिक श्रमिकहरुलाई भोलेन्टियरी डिपोटेशन प्रोगाम अन्तर्गत घर र्फकन आग्रह गरिरहेको छ । यो कार्यक्रम अन्तरगर्त श्रमिकहरुलाई स्वदेश फर्काउनको लागि मलेसियन सरकारले विभिन्न आठवटा मलेसियन कम्पनीलाई अनुमतिपत्र दिएको बताइएको छ ।

यसै बीचमा नेपाली दूतावास मलेसियाले अवैधानिक नेपालीहरुलाई घर फर्काउनको लागि अध्यागमन प्रकृयामा आवश्यक प्रकृया पूरा गर्न हारफासे रिसोर्स एसडीएन बीएचडी भन्ने मलेसियन सँस्थालाई जिम्मा दिएको छ ।

घर पठाउने बहानामा विचौलियाहरुले अत्यधिक रकम लिएर अलपत्र पार्ने गरेको गुनासो बढ्न थालेपछि दूतावासले अध्यागमनको थप प्रकृया अगाडि बढाउन हारफासेलाई जिम्मा दिएको हो ।

अनुमतिपत्र पाएको संस्थाहरुमध्ये हारफासे भन्ने संस्थालाई श्रम मन्त्रालय र परराष्ट मन्त्रालयले समेत स्वीकृति दिएपछि काम सुरु भएको गैरआवासीय नेपाली संघको एक कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डा.निरन्जनमानसिंह वस्न्यातले वताए । उनले भने-‘सबै प्रकृया पूरा गरे पश्चात हारफासे संस्थालाई जिम्मा दिएका छौ,उनीहरुले सहज रुपमा अध्यागमनको काममा सघाउने छन ।

विचौलियाहरुको भर नपर्न र कसैले ठगेको थाहा पाएमा तत्कालै दूतावासमा खवर गरिदिएमा कारवाही गर्ने दूतावासले आग्रह गरेको छ ।

मलेसियामा अवैधानिक अवस्थामा रहेका नेपाली श्रमिकहरुलाई अध्यागमनको प्रकृयामा सहयोग पुर्याउन जिम्मा पाएको हारफासे रिसोर्स एसडीएन बिचएचडीले एक नेपालीलाई सहयोग गरी नेपाल फिर्ता पठाएको छ ।

कमलामाई नगरपालिका वडा न ५ सिन्धुली घर भई सेलागरको पुचोगमा रहेको एक रेष्टुरेण्टमा कार्यरत देवराज विसुखेलाई सहयोग गरी नेपाल पठाएको हो । नेपालको मेनपावरले जापानिज रेष्टुरेण्ट भनेर झुक्याएर विसुखेलाई चाईनिज रेष्टुरेण्टमा काममा लगाएको थियो ।

काम गर्न नसक्दा पिटाई समेत खानु परेपछि काम छाडेर उद्धारको पर्खाइमा रहेको विसुखेलाई हारफासेले उद्धार गरेको हो । उनलाई नेपाली दुतावासले यात्रा अनुमतिपत्र निःशुल्क बनाइदिएको थियो भने हारफासे भन्ने संस्थाले अध्यागमनमा लाग्ने खर्च,हवाई टिकट, खान बस्न र क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुर्याएको थियो ।

कुनै पनि नेपालीहरुलाई दुःख परेको र घर र्फकनै नसक्ने अवस्था भएमा आधिकारिक निकायबाट आएमा निरन्तर सहयोग गर्ने बताएको छ । – अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट