१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको सुझाव विपरित राष्ट्रपति युएई जाँदै

२७ कार्तिक २०७४, सोमबार ०१:४४

कात्तिक २७, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा नजान दिएको सुझाव बिपरीत राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार युएई भ्रमणमा निस्कँदैछिन् । 

परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई चुनाव नजिकै आउन लागेको तथा गहिरिँदो खाडी संकटको बेला युएई भ्रमणमा जानु ठिक नहुने सुझाव केही साता अघि दिएका थिए। 

‘यो युएई भ्रमणमा जाने बेला होइन विचार गर्नुस् भन्ने सुझाव प्रधानमन्त्रीले दिनुभएको थियो। तर राष्ट्रपतिले मान्दै मान्नु भएन’, प्रधानमन्त्री निकट स्रोतले भन्यो। राष्ट्रपतिकै जोडबलमा युएई भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको स्रोतले बतायो। कार्यकाल सकिनै लाग्दा राष्ट्रपतिले विदेश भ्रमणको चाहना राखेको हुँदा प्रधानमन्त्रीले ठाडै अस्वीकार चाहीं गरेनन्।

‘राष्ट्रपति ब्यक्ति मात्र नभएर संस्था पनि हो। संस्थाप्रति सम्मान गरेर भ्रमण नरोकिएको हो’ जानकार सरकारी अधिकारीले भने। राष्ट्रपतिका विदेश मामिला सल्लाहकार डा.मदनकुमार भट्टराईले चाहीं प्रधानमन्त्रीबाट राष्ट्रपतिलाई युएई भ्रमण नगर्न सुझाव आएको बारे अनभिज्ञता प्रकट गरे। 

‘मैले थाहा पाएसम्म प्रधानमन्त्रीबाट त्यस खालको कुनै सुझाव राष्ट्रपतिलाई आएको छैन’, उनले भने। उनले युएईसँग उच्चस्तरको भ्रमण आदानप्रदानले सम्बन्ध विस्तारमा सहयोग मिल्ने बताए।

परराष्ट्र मन्त्रालयका अधिकारीले समेत संयुक्त अरब इमिरेट्ससहित अन्य खाडी मुलुकले कतारलाई नाकाबन्दी गरिरहेका बेला भ्रमणमा जानु उपयुक्त नहुने सुझाव अनौपचारिक रुपमा राष्ट्रपतिलाई दिएका थिए। 

‘राष्ट्रपतिलाई भ्रमण नगर्न पटक—पटक सुझाव दिएका थियौं। तर राष्ट्रपति कार्यालयले भ्रमण अघि बढाउन निरन्तर ताकेता गरेपछि प्रक्रिया अघि बढ्यो’ मन्त्रालयका एक बरिष्ठ अधिकारीले भने।

कतारले आतंकवादलाई प्रश्रय दिएको तथा इरानसँग सम्बन्ध बढाएको आरोपमा साउदी, युएई, बहराइन र इजिप्टले कतारमाथि मोर्चाबन्दी गरी ६ महिना यता आर्थिक नाकाबन्दी गरेका छन्। कतार र युएई दुवैतिर लाखौं नेपाली कामदार कार्यरत छन्। नाकाबन्दीका कारण कतारस्थित नेपाली कामदार समेत प्रभावित हुन थालेका छन्।

अहिलेको जटिल परिस्थितिमा युएई मात्र नभई कुनै पनि खाडी मुलुक भ्रमण नगरेको भए राम्रो हुने सन्देश राष्ट्रपतिलाई विभिन्न च्यानलबाट दिइएको सरकारी अधिकारीहरू बताउँछन्। ‘यो बेला युएई भ्रमण गर्दा त्यसले युएइको पक्षधरता लिएको सन्देश जानेछ। जसका कारण स्वाभाविक रुपमा नेपाली कामदारको मुख्य रोजगारीको गन्तब्य रहेको कतार हामीसँग चिढिन्छ’, अर्का एक सरकारी अधिकारीले भने।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौड्यालले राष्ट्रपतिको भ्रमणका सन्दर्भमा शनिबार नै वक्तव्य जारी गरिसकिएको भन्दै भ्रमणका अन्य पक्षबारे आफूलाई जानकारी नरहेको प्रतिक्रिया दिए। -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट