१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिको भ्रमणप्रति कतारको असन्तुष्टि: सोध्यो यस्तो प्रश्न

२७ कार्तिक २०७४, सोमबार ०२:५३

कात्तिक २७, काठमाडौँ । नेपालका राष्ट्रपतिको युएई भ्रमणप्रति अर्को खाडी मुलुक कतारले कुटनीतिक च्यानलबाट असन्तुष्टि जनाएको छ । 

दोहास्थित नेपाली राजदूत रमेश कोइरालालाई शनिबार टेलिफोन गरी कतारी विदेश मन्त्रालयका अधिकारीले भण्डारीको युएई भ्रमणप्रति असन्तुष्टि पोखेको दूतावास स्रोतले अन्नपूर्णलाई बतायो।

दुई कारण

जानकार स्रोतका अनुसार कतारले भण्डारीको भ्रमणप्रति असन्तुष्टि जनाउनुमा दुई कारण छन्। पहिलो, कतारमाथि युएई, इजिप्ट, साउदी र बहराइनले जारी राखेको नाकाबन्दीबाट उत्पन्न खाडी संकट। दो श्रो कतारको निम्तोप्रति राष्ट्रपतिको वेवास्ता।

भ्रमणको निम्ता

दूतावासका एक अधिकारीका अनुसार कतारका अमिरले राष्ट्रपति भण्डारीलाई एक वर्ष अघि फेब्रुअरी महिनामा राजकीय भ्रमणको निम्ता पठाएका थिए। त्यतिबेला राष्ट्रपति भण्डारीले पहिला भारत नगई आफू अन्य मुलुकको भ्रमणमा ननिस्कने बताएपछि कतार भ्रमणको लागि प्रक्रिया अघि बढेन।

राष्ट्रपति गत अप्रिलमा भारतको राजकीय भ्रमणमा गएर फर्केपछि कतार भ्रमणको तयारी गर्ने भनिए पनि जुन महिनामा कतारमाथि चार खाडी मुलुकले नाकाबन्दी गरेसँग भ्रमणको प्रक्रिया अघि बढ्न सकेको थिएन।

कतारले भ्रमणको निमन्त्रणा दिएपछि युएईले भण्डारीलाई निम्त्याएको हो। तर भण्डारीले कतार नभई युएई भ्रमण नै पहिला किन रोजिन् भन्नेबारेमा सरकारी अधिकारी र राष्ट्रपति कार्यालयका अधिकारी खुल्न चाहँदैनन्।

कतारको प्रश्न

दोहास्थित नेपाली राजदूत कोइरालासँग कतारी अधिकारीले ‘हामीले पहिले नै दिएको निमन्त्रणा नेपालले वेवास्ता गरिरह्यो । तर हामीसँग दुस्मनी साँधिरहेको मुलुक युएईको भ्रमणमा चाहीं नेपालका राष्ट्रपति एकाएक किन जान लागेको ? ' भनेर सोधेको स्रोतले बतायो ।

राष्ट्रपतिका बिदेश मामिला विज्ञ भट्टराईले कतार र युएईसँग नेपालको सम्बन्धको आफ्नै खाले विशेषता रहेकाले युएई भ्रमणलाई बिशुद्ध सद्भावना भ्रमणमा रुपमा बुझ्नुपर्ने बताए । -अन्नपूर्ण पोस्ट दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट