२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिको भ्रमणप्रति कतारको असन्तुष्टि: सोध्यो यस्तो प्रश्न

२०७४, २७ कार्तिक सोमबार ०२:५३

कात्तिक २७, काठमाडौँ । नेपालका राष्ट्रपतिको युएई भ्रमणप्रति अर्को खाडी मुलुक कतारले कुटनीतिक च्यानलबाट असन्तुष्टि जनाएको छ । 

दोहास्थित नेपाली राजदूत रमेश कोइरालालाई शनिबार टेलिफोन गरी कतारी विदेश मन्त्रालयका अधिकारीले भण्डारीको युएई भ्रमणप्रति असन्तुष्टि पोखेको दूतावास स्रोतले अन्नपूर्णलाई बतायो।

दुई कारण

जानकार स्रोतका अनुसार कतारले भण्डारीको भ्रमणप्रति असन्तुष्टि जनाउनुमा दुई कारण छन्। पहिलो, कतारमाथि युएई, इजिप्ट, साउदी र बहराइनले जारी राखेको नाकाबन्दीबाट उत्पन्न खाडी संकट। दो श्रो कतारको निम्तोप्रति राष्ट्रपतिको वेवास्ता।

भ्रमणको निम्ता

दूतावासका एक अधिकारीका अनुसार कतारका अमिरले राष्ट्रपति भण्डारीलाई एक वर्ष अघि फेब्रुअरी महिनामा राजकीय भ्रमणको निम्ता पठाएका थिए। त्यतिबेला राष्ट्रपति भण्डारीले पहिला भारत नगई आफू अन्य मुलुकको भ्रमणमा ननिस्कने बताएपछि कतार भ्रमणको लागि प्रक्रिया अघि बढेन।

राष्ट्रपति गत अप्रिलमा भारतको राजकीय भ्रमणमा गएर फर्केपछि कतार भ्रमणको तयारी गर्ने भनिए पनि जुन महिनामा कतारमाथि चार खाडी मुलुकले नाकाबन्दी गरेसँग भ्रमणको प्रक्रिया अघि बढ्न सकेको थिएन।

कतारले भ्रमणको निमन्त्रणा दिएपछि युएईले भण्डारीलाई निम्त्याएको हो। तर भण्डारीले कतार नभई युएई भ्रमण नै पहिला किन रोजिन् भन्नेबारेमा सरकारी अधिकारी र राष्ट्रपति कार्यालयका अधिकारी खुल्न चाहँदैनन्।

कतारको प्रश्न

दोहास्थित नेपाली राजदूत कोइरालासँग कतारी अधिकारीले ‘हामीले पहिले नै दिएको निमन्त्रणा नेपालले वेवास्ता गरिरह्यो । तर हामीसँग दुस्मनी साँधिरहेको मुलुक युएईको भ्रमणमा चाहीं नेपालका राष्ट्रपति एकाएक किन जान लागेको ? ' भनेर सोधेको स्रोतले बतायो ।

राष्ट्रपतिका बिदेश मामिला विज्ञ भट्टराईले कतार र युएईसँग नेपालको सम्बन्धको आफ्नै खाले विशेषता रहेकाले युएई भ्रमणलाई बिशुद्ध सद्भावना भ्रमणमा रुपमा बुझ्नुपर्ने बताए । -अन्नपूर्ण पोस्ट दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो