२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई खर्बमा यसरी बन्नेछ उपत्यकामा मेट्रो रेल

२०७४, २८ कार्तिक मंगलवार ०१:४४

कात्तिक २८, काठमाडौं । लगानी बोर्डले उपत्यकाका दुई रुटमा चल्ने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको छ । 

सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बोर्ड बैठकले मेट्रो रेलको रुट नं. १ अन्तर्गत बूढानीलकण्ठ–सातदोबाटो–फास्ट ट्र्याक स्टेसन खण्डको सम्भाव्यता अध्ययन (डिएफएस) र डिपिआर तयार गर्ने जिम्मा रेल विभागलाई दिएको छ । 

रुट नं. २ अन्तर्गत नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल खण्डको डिपिआर भने लगानी बोर्ड आफैँले गर्नेछ। दुवै प्रतिवेदन सार्वजनिक–निजी साझेदारीअन्तर्गत बुट प्रणालीमा अघि बढाइनेछ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

निर्णय चाँडै कार्यान्वयनमा ल्याइने

बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले मेट्रो रेलको डिपिआर तयार गर्ने निर्णय चाँडै कार्यान्वयनमा आउने बताए। ‘उपत्यकामा मेट्रो रेल कुदाउने सपना पुरानै हो। यसअघि केही अध्ययन भएका थिए। विविध कारण थन्किए पनि अब यसले फेरि ब्युँझिने मौका पाएको छ। चाँडोभन्दा चाँडो बोर्डको निर्णय कार्यान्वयन हुन्छ,’ उनले भने।

सिइओ अधिकारीले डिएफएस र डिपिआर तयारी मात्र नभई मेट्रो रेल निर्माण कार्य नै अघि बढाइने जानकारी दिए। ‘अहिले सम्भाव्यता र डिपिआर अध्ययनको जिम्मेवारी आएको छ। तयारी भएलगत्तै निर्माणको चरणमा प्रवेश गर्छौँ। त्यसका लागि आवश्यक लगानी जुटाउन सरकारलाई भनिनेछ, सँगै निजी क्षेत्रलाई आह्वान गरिनेछ,’ उनले भने।

यसअघि कोरियन कम्पनीले गरेको थियो सम्भाव्यता अध्ययन

लगानी बोर्डका अनुसार मेट्र रेल सम्बन्धमा यसअघि तयार गरिएको प्रतिवेदन पनि अध्ययन हुनेछ। उपत्यकामा मेट्रो रेल चलाउने उद्देश्यले कोरियन कम्पनीले सन् २०१२ मै सम्भाव्यता अध्ययन गरेको थियो। 

कम्पनीले ‘इलेक्ट्रिक फायर मेट्रो रेल’ चलाउन रेल विभागको संयोजकत्वमा अध्ययन गरेको थियो। त्यसवेला चक्रपथभित्र मात्रै लक्षित गरी मेट्रो रेल निर्माणको अध्ययन भएको थियो। पाँच लेनमा कुदाउन सकिने भनी गरिएको अध्ययन प्रतिवेदनअनुसार सातदोबाटो–रत्नपार्क–महाराजगन्ज चोकसम्म रुट नं. ‘ए’ र कलंकी–कालीमाटी–कोटेश्वरसम्म रुट नं. ‘बी’ नाम दिइएको थियो। 

त्यस्तै, रुट नं. ‘सी’ चक्रपथ, रुट नं. ‘डी’ स्वयम्भू–डिल्लीबजार–बौद्ध र रुट नं. ‘ई’ अन्तर्गत धोबीघाट–सिंहदरबार–नक्साल–गोंगबुलाई राखिएको थियो। प्रतिवेदनअनुसार रुट नं. ‘ए’, ‘बी’ र ‘सी’ इलिभेटेड अर्थात् स्काइरेल हुने भनिएको थियो। रुट नं. नम्बर ‘डी’ र ‘ई’ भने भूमिगत हुने भनिएको थियो।

दुई खर्ब खर्च लाग्ने

बोर्डका अनुसार रुट नं. २ अन्तर्गत नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल खण्डसम्मको लम्बाइ ४५ किमि छ। सो खण्ड निर्माण गर्न झन्डै एक खर्ब २९ अर्ब लागत लाग्ने अनुमान गरिएको छ। त्यस्तै, रुट नं. १ अन्तर्गत बूढानीलकण्ठ–सातदोबाटो–फास्ट ट्र्याक स्टेसनसम्मको लम्बाइ करिब २५ किमि छ । 

यस खण्डको निर्माण लागत ७५ अर्बभन्दा बढी लाग्ने अनुमान छ । ‘तथ्यांकअनुसार लिक निर्माणको लागत रकम प्रतिकिमि तीन अर्ब रुपैयाँ छ,’ लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारीले भने । -नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा