२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनालग प्रविधिबाट सञ्चालित काठमाडौंका सात केबल टेलिभिजन कम्पनी बन्द

२०७४, ३० कार्तिक बिहीबार ०२:४७

कात्तिक ३०, काठमाण्डौ । सरकारले एनालग प्रविधधिका केबल टेलिभिजनको प्रशारण बन्द गर्न सुरु गरेको छ । एनालग प्रविधिमा सञ्चालन भएका ७ वटा केबल टेलिभिजनहरु सरकारले बन्द गराएको छ ।

देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुमा डिजिटल सिस्टमको टेलिभिजन सेवा सुरु गर्ने समयसीमा नाघेपछि सूचना तथा सञ्चार मन्त्रालयले काठमाडौंबाट एनालग टेलिभिजन बन्द गर्न लागेको हो । सञ्चारमन्त्रालयले बुधबारदेखि नै बन्द गर्न सुरु गरेको सञ्चारमन्त्रालयले जानकारी दिएको छ । सोनिङ, जाउलाखेल, काठमाडौं, स्काई, स्पेशटाइम, सिईसी र टिपीलिंक केबलको एनालग सेवा बन्द गरिएको छ । नगरपालिकाहरु पनि अब एनालग टेलिभिजन बन्द गर्ने क्रम तीव्र पार्ने मन्त्रालयले जनाएको छ । २०७५ को वैशाख १५ गतेपछि ग्रामीण क्षेत्रसहित देशभर एनालग टेलिभिजन बन्द हुनेछ । एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको हो ।

एनागल टेलिभिनलाई डिजिटलमा लैजान उपभोक्ताका दृष्टिकोणबाट धेरै कसरत गर्नुपर्दैन । यो व्यवस्थाअनुसार अब हरेक टेलिभिजनका लागि छुट्टै सेट–टप बक्स लगाउनुपर्छ । केबल टेलिभिजनमा डिजिटलाइजेशन अनिवार्य गरिएकाले बजारमा सबै अब्बल रुपमा आउने अवस्था बन्नेछ । डिजिटल टीभीले अडियो र भिडियोलाई डिजिटल क्वालिटीमा सम्प्रेषण गर्छ । यसले मल्टिप्लेक्स सिग्नल दिने भएकाले नै यो स्तरीय मानिन्छ । टिभी हेर्दा सफा दृष्य नआउने र कमजोर ध्वनी आउने लगायतका विभिन्न समस्यालाई यसले हटाइदिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते