२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पामा यसरी भयो विस्फोट, भएन क्षति

२ मंसिर २०७४, शनिबार ०२:३४

मङ्सिर २, काठमाडौँ । निवर्तमान सभामुख ओनसरी घर्ती, बिनाविभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र पूर्वअर्थमन्त्री वर्षमान पुनलाई लक्ष्य गरी बम फालिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

सदरमुकाम लिबाङमा हुने चुनावी सभालाई सम्बोधन गर्न गृहजिल्ला आउँदै गरेका नेताहरूलाई लक्ष्य गरी शुक्रबार पौने १२ बजे सातदोबाटो नजिकैको भदौरे जंगलमा विस्फोट गराइएको हो । ‘हामीलाई लक्ष्य गरेर बम हानियो । 

गाडीमा लिबाङ आउँदै थियौं । हाम्रो गाडीनजिकै ठूलो आवाजमा विस्फोट भयो’, निवर्तमान सभामुख घर्तीले भनिन्, ‘संयोगले केही भएन । हामी सुरक्षित छौं ।’

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ज्ञानेन्द्रप्रसाद फुँयालले रोल्पा नगरपालिका-३, भदौरे जंगलमा बम विस्फोट गराइएको जानकारी दिए । जंगलबाट फालिएको बम सडकसम्म आइपुगेन । 

सडकबाट केही माथि जंगलमा बम पड्केको थियो । विस्फोट भएको स्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । जंगलमा विस्फोट नभएको अर्को बम पनि फेला परेको छ ।

सदरमुकाम लिबाङदेखि करिब पाँच किलोमिटर दूरीमा बम विस्फोट भएको छ । सातदोबाटोमा प्रहरीको चेक प्वाइन्टबाट तीन किलोमिटर नजिक पर्छ । पछिल्लो समय जिल्लामा शृंखलाबद्ध आक्रमण भइरहेका छन् । 

यसअघि वाम गठबन्धनकै उम्मेदवार वर्षमान पुन र सिँचाइ राज्यमन्त्री अमरसिंह पुनमाथि आक्रमण भएका थिए । बिहीबार पनि घोडागाउँमा सुतली बम हानिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य