Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रोल्पामा यसरी भयो विस्फोट, भएन क्षति

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २, काठमाडौँ । निवर्तमान सभामुख ओनसरी घर्ती, बिनाविभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र पूर्वअर्थमन्त्री वर्षमान पुनलाई लक्ष्य गरी बम फालिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

सदरमुकाम लिबाङमा हुने चुनावी सभालाई सम्बोधन गर्न गृहजिल्ला आउँदै गरेका नेताहरूलाई लक्ष्य गरी शुक्रबार पौने १२ बजे सातदोबाटो नजिकैको भदौरे जंगलमा विस्फोट गराइएको हो । ‘हामीलाई लक्ष्य गरेर बम हानियो ।

गाडीमा लिबाङ आउँदै थियौं । हाम्रो गाडीनजिकै ठूलो आवाजमा विस्फोट भयो’, निवर्तमान सभामुख घर्तीले भनिन्, ‘संयोगले केही भएन । हामी सुरक्षित छौं ।’

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ज्ञानेन्द्रप्रसाद फुँयालले रोल्पा नगरपालिका-३, भदौरे जंगलमा बम विस्फोट गराइएको जानकारी दिए । जंगलबाट फालिएको बम सडकसम्म आइपुगेन ।

सडकबाट केही माथि जंगलमा बम पड्केको थियो । विस्फोट भएको स्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । जंगलमा विस्फोट नभएको अर्को बम पनि फेला परेको छ ।

सदरमुकाम लिबाङदेखि करिब पाँच किलोमिटर दूरीमा बम विस्फोट भएको छ । सातदोबाटोमा प्रहरीको चेक प्वाइन्टबाट तीन किलोमिटर नजिक पर्छ । पछिल्लो समय जिल्लामा शृंखलाबद्ध आक्रमण भइरहेका छन् ।

यसअघि वाम गठबन्धनकै उम्मेदवार वर्षमान पुन र सिँचाइ राज्यमन्त्री अमरसिंह पुनमाथि आक्रमण भएका थिए । बिहीबार पनि घोडागाउँमा सुतली बम हानिएको थियो ।