१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेनाले भन्यो- ‘आवश्यक परे हतियारसहित उत्रन्छौं’

४ मंसिर २०७४, सोमबार ०२:०१

मंसिर ४, काठमाडौं । नेपाली सेनाले मुलुकभर भएका निर्वाचनविरोधी गतिविधिप्रति पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रूपमा परिचालित हुने बताएको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने अभिप्रायले मुलुकभर गराइएका विस्फोटका घटनाप्रति गम्भीर बनेको उसले जनाएको छ। यो खबर शम्भु कट्टेलले आजको अन्नपूर्णमा लेखेका छन्।

उम्मेदवार र मतदातालक्षित विस्फोटका घटना बढ्न थालेपछि सेनाले पहिलोपटक धारणा सार्वजनिक गरेको हो। सेनाले उम्मेदवार र सर्वसाधारणलाई लक्ष्य गरी विस्फोट गर्नु निन्दनीय भएको बताएको छ। यद्यपि, सेनाले विप्लव नेतृत्वको नेकपाको नाम नलिई विस्फोट गराउनेहरूलाई ‘उच्छृंखल र निर्वाचनविरोधी तत्व’ भनी टिप्पणी गरेको छ।

रक्षा मन्त्रालयले आइतबार शान्ति सेनासम्बन्धी जानकारी दिने उद्देश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले मुलुकभर भएका निर्वाचनविरोधी गतिविधिप्रति जंगी अड्डा पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रूपमा परिचालित हुने बताए।

सेनाले मतदाता र उम्मेदवारको सुरक्षा गर्ने जिम्मा नपाएको उल्लेख गर्दै क्षत्रीले भने, ‘दुवै प्रहरीले परिस्थिति नियन्त्रणमा लिन नसके सेना जान्छ। आवश्यक परे अत्याधुनिक (डेड्ली) हतियारसहित परिचालित हुन्छैाँ।’ 

पहिले नेपाल प्रहरी र त्यसपछि सशस्त्र प्रहरी बल परिचालित हुने जानकारी दिँदै उनले स्थिति काबुमा आएन भने अत्याधुनिक हतियारसहित अन्तिम शक्तिका रूपमा सेना परिचालित हुने बताए।

प्रधानसेनापति क्षत्रीले मुलुकभर भएका विस्फोटका घटनाले सेनालाई सचेत र गम्भीर बन्न बाध्य बनाएको बताए। उनले निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै स्थलगत र हवाई गस्ती भइरहेको समेत जानकारी दिए।

पछिल्लोपटक देशका विभिन्न भागमा उम्मेदवार र सर्वसाधारणलाई लक्ष्य गरी हिंसात्मक ढंगले विस्फोट भइरहेका छन्। शनिबार भएको विस्फोटबाट रौतहटमा ११ जना सर्वसाधारण घाइते भए, जसमा सात वर्षीय जैविक र उनकी आमा गम्भीर छन्। 

सार्वजनिक रूपमा विस्फोटका घटनाको जिम्मेवारी नलिए पनि सेनासहित चारवटै सुरक्षा निकायका प्रमुखले विस्फोटका घटनामा संलग्नहरू विप्लव नेतृत्वको नेकपाकै कार्यकर्ता भएको प्रधानमन्त्री शेरबहादुर देउवालाई रिपोर्टिङ गराइसकेको स्रोतले बताएको छ।विस्फोट गराउँदै हिँड्ने निर्वाचनविरोधी उच्छृंखल तत्वलाई निस्तेज गर्न सेना तयारी अवस्थामा रहेको जनाएको छ।

त्यसअघि रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचनविरोधी गतिविधि गर्ने जो-कोहीलाई कडा कारबाही गर्ने चेतावनी दिएका थिए। मुलुकभर विस्फोटका घटना गराउने समूह विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीका कार्यकर्ता हुन् कि होइनन् भन्ने प्रश्नमा रक्षामन्त्री प्रधानले भने, ‘विगतमा उहाँहरूसँग पटक-पटक वार्ता गरेका थियौं। त्यही समूह अहिले विद्रोही रूपमा देखियो।’

रक्षामन्त्री प्रधानले भने, यसबारे सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले केही गम्भीर निर्णय लिन्छ।’ कात्तिक २८ र २९ मा क्यानडाको भ्यानकुभरमा संयुक्त राष्ट्रसंघले आयोजना गरेको कार्यक्रममा नेपालका तर्फबाट उठाएका विषयवस्तुको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रक्षामन्त्री प्रधानले राष्ट्रसंघले नेपाली सुरक्षाकर्मीलाई शान्ति सेनामा सहभागी गराउन उच्च प्राथमिकतामा राखेको बताए। 

‘राष्ट्रसंघका अधिकारीसँग शान्ति सेनासम्बन्धी महत्वपूर्ण छलफल भए’, रक्षामन्त्री प्रधानले भने, ‘अहिलेको झन्डै ४ हजार ५ सयको संख्यालाई बढाएर १३ हजार पुर्‍याउनेबारे राष्ट्रसंघ सकारात्मक छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी