२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलोपटक घटे मोबाइलबाट इन्टरनेट चलाउने, यस्तो छ कारण

२०७४, ६ मंसिर बुधबार ०३:२७

मङ्सिर ६, काठमाडौँ । मोबाइलको पहुँच बढेसँगै पछिल्लो समय नेपालमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा पनि व्यापक वृद्धि आएको छ । दूरसञ्चार सेवा प्रदायकबीच बढ्दो सेवा विस्तारको प्रतिस्पर्धाले पनि इन्टरनेटमा आम मानिसको पहुँच बढाइरहेको छ । 

यसबाहेक इन्टरनेट सेवा प्रदायकले व्यापार प्रवद्र्धन रणनीतिअन्तर्गत सञ्चालन गरेका विभिन्न प्याकेजले पनि इन्टरनेट प्रयोगकर्ता थप गरिरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको गत आर्थिक वर्षको तथ्याङ्क अनुसार पनि इन्टरनेट बजारमा मासिक तीन लाख प्रयोगकर्ता थपिँदै आएका छन् । 

इन्टरनेटको बढ्दो बजारबीच पनि प्राधिकरणकै पछिल्लो तथ्याङ्क भने केही फरक छ । अर्थात् पहिलोपटक मोबाइलबाट इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या घटेको छ । यो खबर आजको गोरखापत्रमा विश्वास रेग्मीले लेखेका छन्।

प्राधिकरणले हालै सार्वजनिक गरेको भदौ महिनासम्मको प्रतिवेदन अनुसार देशभर एक करोड ६३ लाख १६ हजार व्यक्ति इन्टरनेटको पहुँचमा छन् । यो कुल जनसङ्ख्याको ६१.५८ प्रतिशत हो । 

यसमध्ये एक करोड ५६ लाख ३५ हजारले मोबाइलबाट इन्टरनेट चलाउँछन् तर त्यसको एक महिनाअघि अर्थात् साउन महिनासम्म कुल जनसङ्ख्याको ६१.९९ प्रतिशत व्यक्ति इन्टरनेटको पहुँचमा रहेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ । साउनसम्म मोबाइल इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या एक करोड ५७ लाख ४८ हजार थियो ।

तथ्याङ्क अनुसार मोबाइलमार्फत इन्टरनेट सेवा उपलब्ध गराइरहेका तीन सेवा प्रदायकमध्ये एनसेलका प्रयोगकर्ता घटेका छन् । साउनसम्म एनसेलका ७४ लाख सात हजार मोबाइल इन्टरनेट प्रयोगकर्ता रहेकोमा यो सङ्ख्या घटेर भदौमा ७१ लाख ८३ हजार पुगेको छ । यसबीचमा एनसेलका करिब दुई लाख मोबाइल इन्टरनेट प्रयोगकर्ता घटेको तथ्याङ्कले देखाउँछ । 

यद्यपि नेपाल टेलिकम र स्मार्ट टेलिकमका प्रयोगकर्ता बढ्दा समग्र मोबाइल इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या एक महिनामा करिब एक लाखले मात्र घटेको पाइएको छ ।

प्राधिकरणका अनुसार साउनसम्म टेलिकमका ८१ लाख ६१ हजार इन्टरनेट प्रयोगकर्ता रहेकोमा भदौसम्म बढेर ८२ लाख ७० हजार पुगेको छ । त्यस्तै साउनसम्म १७ लाख नौ हजारबाट स्मार्ट टेलिकमका मोबाइल इन्टरनेट प्रयोगकर्ता सामान्य बढेर करिब १८ लाख एक हजार पुगेको छ । यसबीचमा इन्टरनेट सेवा प्रदायकले उपलब्ध गराइरहेको वायरलेस प्रयोगकर्ता पनि करिब एक हजार पाँच सयले घटेका छन् ।

किन घटे प्रयोगकर्ता?

नेपाल दूरसञ्चार प्राधिकरणले छ महिनासम्म प्रयोगमा नरहेका सिमकार्ड स्वतः निस्क्रिय गराउनुपर्ने व्यवस्था गरेको छ । यसै व्यवस्था अनुसार पनि सिमकार्ड निस्क्रिय हुँदा सक्रिय प्रयोगकर्ताको सङ्ख्या घट्न सक्ने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउछन्। 

कतिपय अवस्थामा दूरसञ्चार सेवा प्रदायकले मोबाइल डेटालाई केन्द्रित गरेर लागू गर्ने प्याकेज अथवा अभियान सम्पन्न हुँदा पनि सक्रिय प्रयोगकर्ताको सङ्ख्यामा भिन्नता देखिन सक्छ । 

एनसेलले लागू गरेको ‘इन्टरनेट फर अल’ नामक अभियान साउनमा सम्पन्न भएकोले भदौ महिनामा ग्राहक सङ्ख्या घटेको हुनसक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी