१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा रहेका आफ्ना श्रीमानले शंका गरेपछि… (भिडीयो हेर्नुहोस)

६ मंसिर २०७४, बुधबार ०४:३४

मङ्सिर ६, काठमाडौं । पछिल्लो समय समस्याको समाधानको मुख्य गन्तब्य बनेको सिधा कुरा जनतासँग कार्यक्रममा एउटा नयाँ र रोचक घटनाले प्रवेश गर्यो । 

पत्रकार रवि लामिछानेले न्युज २४ मा संचालन गरेको उक्त कार्यक्रममा  मंगलबार रुदै एक जना महिला आइन । ति महिलाको नाम थियो – मिना । उनि आफ्नै श्रीमानबाट पीडित छिन् । मलेलिसिमा कार्यरत उनकी  श्रीमानले पाईला पाईलामा उनि माथि शंका गरेपछि झोलामा विष बोकेर उनि उक्त कार्यक्रममा आएकी थिईन् । उनले कार्यक्रम अघि बिष खाएर मर्ने सोच पनि बनाईसकेकी थिइन् तर ८ बर्षकी छोरीलाई सम्झेर उनले आफ्नो बिबसता सबै माझ राख्ने गतिलो माध्यम सिधा कुरा जनतासँगलाई देखिन् ।

मीनाको श्रीमान मलेसियामा छन् । १५ बर्षको कलिलो उमेरमा उनले चितवनकै केटासँग विहे गरेकी थिइन् । अहिले उनिहरुको ८ बर्ष कि छोरी समेत छन् । तर रोजगारीको लागि मलेशिया गएका श्रीमानले उनलाई शंका गरीरहेका छन् । आफ्नै दाजुभाईसँग बोल्दा हिँड्दा समेत अनैतिक सम्बन्ध भन्दै अनावश्यक संका गर्ने, फोनमा बारम्बार धम्काउने, सम्बन्ध विच्छेद गर्ने , मार्ने भन्दै धम्काउने, काम गर्ने हरेक कार्यालयमा फोन गरेर कामबाट निकाल्न लगाउने गरेको उनको गुनासो छ ।

विहे गरेको डेढ महिनामा विदेशीएका उनी छोरी हुर्कीसकेपछी ३ बर्षमा मात्र नेपाल आएका थिए । नेपाल आएपछि शंका गर्ने कुटपिट गर्ने गरेको उनि बताउँछिन् ।

श्रीमानको ज्यादतीपछी मिनाले अहिले आफ्नो श्रीमान छाड्न पनि तयार रहेको बताएकी छिन् । त्यसो त श्रीमानले मायाँ गरेमा उनीसंगै जीवन बिताउन पनि राजीनै छिन् । 

लोकप्रिय कार्यक्रम 'सिधा कुरा जनतासँग'मा आएको यो पृथक घटनामा मिना एक प्रतिनीधि पात्र मात्र हुन् । पछिल्लो समय विदेशमा वस्ने युवाहरुले आफ्नी श्रीमति माथि संका गरेकै कारण सयौको संख्यामा सम्बन्ध विच्छेद भएका छन् । यस घटनाले श्रीमतीकै कारण मात्र पनि सम्बन्ध बिच्छेदको घटना हुँदैनन् त्यसको बिबिध कारण र क्रम जोडिएको हुन्छ भन्ने देखाउन खोजिएको छ, त्यसैले तपाइँ पनि मंगलबारको सिधा कुरा जनतासँग कार्यक्रम हेर्नुहोस् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता