१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जाने महिला घट्नुका मुख्य तीन कारण

६ मंसिर २०७४, बुधबार ०५:००

मङ्सिर ६, काठमाडौँ | वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिई विश्वका विभिन्न मुलुकमा जाने महिला कामदारको संख्यामा कमी आएको छ । तर रोजगारीकै लागि विदेश जाने पुरुष कामदारको संख्या भने बढेको छ।

गत आर्थिक वर्ष २०७३/७४ मा वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न मुलुक जाने कामदारको संख्या आर्थिक वर्ष २०७२/७३ मा भन्दा साढे दुई लाखले बढेको थियो। तर रोजगारीकै लागि जाने महिला कामदारको संख्या बढे पनि वृद्धिदर भने घटेको छ। चालू आवको तीन महिनामा पनि रोजगारीका लागि बिदेसिने महिला कामदार संख्यामा वृद्धि आउन सकेको छैन।

गत आवमा कुल ६ लाख ५३ हजारभन्दा बढी युवा रोजगारीका लागि विदेश गएका थिए। यसमा महिला कामदारको संख्या २७ हजार आठ सय मात्रै थियो। रोजगारीका लागि गत अवमा बिदेसिएका कुल संख्यामध्ये महिला कामदारको हिस्सा ४.२६ प्रतिशत छ।

साथै चालू आवको पहिलो तीन महिनामै एक लाख ४२ हजार पाँच सय ९४ युवा विश्वका विभिन्न मुलुकमा रोजगारीका लागि पुगिसकेका छन्। यसमा ६ हजार ५४ जना मात्रै महिला कामदार छन्। तीन महिनामा रोजगारीका लागि बिदेसिएका कुल कामदार संख्याको ४.२४ प्रतिशत मात्रै महिला छन्।

महिला कामदार घट्नुका मुख्य तीन कारण – सरकारले घरेलु कामदार पठाउन लगाएको प्रतिबन्ध नै महिला कामदार घटेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ बताउँछन् ।

-घरेलुबाहेक अन्य कामका लागि विदेश जाने महिला कामदारका लागि दूतावासबाट प्रमाणीकरण लिनुपर्ने झन्झटिलो प्रक्रियाका कारण पनि संख्यामा कमी आएको उनको भनाइ छ।

-घरेलु कामका लागि विदेश गई नेपाल फर्केका महिला कामदारले पुनः विदेश जान श्रम स्वीकृति नपाउँदासमेत संख्यामा कमी आएको हो । – अन्नपूर्ण पोस्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता