१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपचारका नाममा महिलामाथि यौन शोषण गर्ने धर्मगुरू पक्राउ

८ मंसिर २०७४, शुक्रबार ०२:५९

मङ्सिर ८, काठमाडौं । धार्मिक आवरणमा महिलामाथि जबर्जस्ती यौन सम्पर्क राख्ने एक धर्मगुरुलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा दक्षिणकाली चाल्नाखेलस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बाका रिम्पोछे टुल्कु लामा छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामालाई बुधबार पक्राउ गरेको हो । हामीले यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिएका हौ ।

उनी गुरु रिम्पोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) नामले चिनिन्छन् ।सिन्धुली कुशेश्वरका रिम्पोछे लामा १० वर्षदेखि दक्षिणकाली चाल्नाखेलमा गुम्बा सञ्चालन गरेर बस्दै आएको जानकारी सीआईबी प्रमुख डीआईजी पुष्कर कार्कीले दिए ।

कार्कीका अनुसार उक्त गुम्बामा महिला उपचारका लागि जाने गर्थे । लामाले आफू जुनसुकै रोक निको पार्न सक्ने दैवीशक्ति प्राप्त गरेर अवतारी लामा भन्दै महिलालाई भ्रममा पारेर निर्वस्त्र गराई यौन सम्पर्क गर्दै आएको प्रहरीले जनाएको छ ।

दशौं पुस्तासम्म एउटै कुलमा जन्मिएको र आफूलाई स्वघोषित गुरु भन्दै लामाले महिलालाई भ्रममा पार्दै आएका थिए ।सीआईबीको टोलीले लामालाई गुम्बाबाटै नियन्त्रणमा लिएको हो । डीआईजी कार्कीका अनुसार लामाले महिलालाई यौनसम्पर्क गरेपछि उक्त जानकारी कसैलाई दिएमा ठूलो क्षति हुने र पुनः रोग बल्झिने भन्दै कसैलाई नभन्न दबाब दिँदै आएका थिए ।


रोग निको हुन आफूसँगै यौनसम्पर्क गर्नुपर्ने भन्दै लामाले धेरै महिलालाई पटक-पटक दबाब दिँदै आएको प्रहरी दाबी छ । डीआईजी कार्कीले भने, ‘ पहिला यो घटना सीआईबीमा आउँदा विश्वास लागेन, पछि दुई जना पीडित महिलालाई बोलाएर अनुसन्धान गर्दा केही रहस्य खुलेपछि प्रहरीले पक्राउ गर्ने निधो गरेको हो ।

लामाले आफू तेत्तीस कोटी देवताको अवतार भएको र गुरु रिसाए अनिष्ट हुने र महिलालाई अन्य पुरुषसँग विवाह गरेमा पनि मृत्यु हुने भन्दै बारम्बार यौन शोषण गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।’ सीआईबीले १० दिनदेखि लामाको कार्यशैलीलाई पछ्याएपछि मात्रै पक्राउ गरेको हो ।

कार्कीका अनुसार पीडित एक महिलाको अनुमतिबिना फेसबुकमा अश्लील फोटो राखेका कारण उनीमाथि साइबर अपराधमा समेत अनुसन्धान हुनेछ । सीआईबीले लामाविरुद्ध जबर्जस्तीकरणी र विद्युतीय अपराध सजाय ऐनमा कारबाही गर्न जिल्ला अदालत काठमाडौंसँग स्वीकृति लिएको छ ।

पक्राउ व्यक्तिको विवरण

नामः गुरु रेम्पोछे छुल्ठिम दोर्जे योन्तान (योञ्जन) टुल्कु लामा 

उमेर : ५६ वर्ष 

ठेगाना : सिन्धुली कुसेश्वर दुम्जा ९

पेशा : रिम्पोछे (गुरु)

गुम्बाको नाम : पेमा टासी छुल्ठिम घोम्बो कासुङ

गुम्बाको ठेगाना : काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल,वोशन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण