२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाबुराम कि नारायणकाजी भन्दै लाख-लाखको बाजी

१२ मंसिर २०७४, मंगलवार ०१:५१

मङ्सिर १२, गोरखा | गोरखाको एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जित्ने कि नारायणकाजी श्रेष्ठ भन्नेबारे देशभरि चासोको विषय बनेको छ तर गोरखामा चाहिँ भट्टराईले जित्ने कि श्रेष्ठले जित्ने भन्नेबारे लाख-लाख रुपियाँको बाजी थाप्न थालिएको छ ।

पहिलो चरणको निर्वाचनमा यी दुई नेतामध्ये को जित्ने भन्ने परिणाम थाहा पाउन दोस्रो चरणको निर्वाचनसम्म कुर्नुपर्ने छ । प्रतिनिधि सभा र प्रदेश सभाको हिमाली र पहाडी ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न पहिलो चरणको मत गणना पनि मंसिर २१ गते साँझपछि मात्र सुरु गरिनेछ ।

गोरखा नगरपालिका ८ का थापा थरका एक युवाले भट्टराईले जित्ने दाबीका साथ हारेमा एकलाख तिर्ने बाजी थापेका छन् । गोरखा नगरपालिका १३ का गुरुङ थरका अर्का युवाले श्रेष्ठले जित्ने दाबीका साथ हारेमा थापालाई एकलाख तिर्न तयार भएका छन् । उनीहरुले एकेक लाख रुपियाँ दुवैले विश्वास गर्ने एक मध्यस्थलाई बुझाइसकेको जानकारी दिए ।

बाजी खेल्दै गोनपा ८ का खत्री थरका एक युवाले भट्टराईले जित्ने दाबीका साथ हारेमा ५० हजार रुपियाँको बाजी थापेका छन् । उनका जोडी बस्नेत थरका अर्का युवाले श्रेष्ठले जित्ने दाबीका साथ हारेमा ५० हजार तिर्ने जनाएका छन् । उनीहरुले पनि मध्यस्थलाई ५०÷५० हजार रुपियाँ बुझाइसकेको जनाएका छन् ।

त्यस्तै गोनपा ८ कै अर्का थापा थरका युवाले भट्टराईले जित्ने दाबी गर्दै हारेमा ५० हजार तिर्ने जनाएका छन् । श्रेष्ठले जित्ने अडानका साथ बस्नेत थरकै अर्का युवाले ५० हजार रुपियाँ तिर्न राजी भएका छन् । उनीहरुले पनि ५०÷५० हजार रुपियाँ जम्मा गरिसकेका छन् ।

थापा थरका स्थानीय अर्का युवाले भट्टराईले जित्ने दाबीका साथ ५० हजार रुपियाँको बाजी खेलेका छन् । उनका जोडी कट्टेल थरका अर्का युवाले श्रेष्ठले जित्ने दाबी गर्दै हारेमा १० हजार रुपियाँ तिर्ने खेल खेलेका छन् । उनीहरुको रकम पनि मध्यस्थलाई बुझाइसकेका छन् ।उनीहरु सबैले नाम उल्लेख नगरिदिन अनुरोध गर्दै बाजी खेल रमाइलोका लागि बाजी खेलेको जनाएको छ | – अन्नपूर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य