२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

रामेछाप: किस्ताका लागि रातारात घर: सयौं घरका जग थपिए

२०७४, २ माघ मंगलवार ०३:०४

माघ २, रामेछाप । भूकम्पपीडितलाई पुस मसान्तसम्म डीपीसी गर्न दिएको समयसीमा सकिने दिन जिल्लामा सयौं घरका जग थपिएका छन् ।

दोस्रो किस्ता लिने समयसीमा थपिने आशामा घरको जग नहाली बसेका पीडितहरू राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले म्याद थपका विषयमा कुनै सूचना नदिएपछि रातारात घर बनाउन जुटेका हुन् । जिल्लाका अधिकांश स्थानमा रातारात जग थपिएपछि त्यसको नापजाँचका लागि प्राविधिकलाई समस्या परेको छ । ‘हाम्रोमा गए राति नै ३५ घरका जग बने,’ पकरबासका प्राविधिक नवराज श्रेष्ठले भने । उनले पुस मसान्तका दिन बनेका घरहरू माघ १ गते नापजाँच गरी फर्किएका छन् ।


‘अस्तिसम्मको नापजाँच सकेका थियौं एकै दिन त्यति धेरै घर बनेछन्,’ उनले भने । आजको कान्तिपुरमा खबर छ ।

गुन्सीमा पुस मसान्तमा सुरु भएको घर माघ १ गते बिहानसम्म डीपीसी हुँदै थिए । राति कामै नरोकी गुन्सीमा झन्डै २५ घरका जग तयार भएको इन्जिनियर राजकुमार अहिरले बताए । प्राविधिकहरूले पुस मसान्तभन्दापछि बनेका घर ननाप्ने बताएपछि ग्रामीण क्षेत्रमा जग खन्नेदेखि डीपीसीसम्मको काम एकै दिन भ्याउने थुप्रै पीडित भए ।

अघिल्लो दिन जग्गा तयार गर्न डोजर लाँदै गरेको देखेका प्राविधिकहरू भोलिपल्ट डीपीसी हालेको खबरले अचम्भित भएका छन् । ‘एकै रात यति धेरै काम हुने रहेछ×,’ चिसापानीका इन्जिनियर तोपनारायण पौडेलले भने, ‘पहिलेदेखि यस्तो चेतावनी दिएको भए पुनर्निर्माणको काम यो बेलासम्म सम्पन्न भइसक्ने थियो ।’

जिल्लामा झन्डै २५ प्रतिशतले मात्र जग हालेको भन्दै अधिकांश घर नबनेकाले सरकारले म्याद थप्नेमा पीडितहरू आशावादी थिए । ‘अन्तिम दिनसम्म पनि म्याद थप्ला भन्ने आशा थियो,’ चिसापानीका कृष्णबहादुर श्रेष्ठले भने, ‘रेडियो र टीभीमा समाचार आउला भनेर बसियो तर नआएपछि दोब्बर ज्याला तिरेर रातभरि काम गर्‍यौं । घर निर्माणमा पश्चिमी पहाडबाट आएका डकर्मीहरूले झिपिक्क नसुतेर दोस्रो किस्ता आउने वातावरण बनाइदिए ।’

उनीजस्तै प्राधिकरणले दोस्रो किस्ता लिने समय थप्ला भनेर आशामा बसेका पीडितहरू भने अझै अन्योलमा छन् । ‘डकर्मी अभावमा चाहेर पनि घर बनाउन पाइएन,’ मन्थलीका शमशेर माझी भन्छन्, ‘अझै पनि थपिएला भन्ने आशामा छौं । 

म्याद थपिएन भने हाम्रो बास कटेरामै हो ।’ जिल्लामा काठ र पानी अभावले घर निर्माण गर्न नसकेका परिवार पनि उत्तिकै छन् । जिल्लाका दक्षिणी भेगका बासिन्दालाई खानेपानी जुटाउनै धौधौ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट