२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ६ को मुख्यमन्त्री माओबादीलाई नदिने एमालेको निर्णय

२०७४, ९ माघ मंगलवार ०२:३३

माघ ६, सुर्खेत । प्रदेश १ र ३ मा जस्तै ६ मा पनि एक्लै सरकार गठन गर्ने हैसियत रहेको भन्दै एमाले प्रदेश संसदीय दलको बैठकले सरकारको नेतृत्व नछाड्ने निर्णय गरेको छ । 

एमाले र माओवादीबीच भागबन्डा गर्नुपरे अरू नै प्रदेश छाड्न बैठकले पार्टीलाई आग्रह गरेको छ । आजको कान्तिपुरमा खबर छ ।

सोमबार बसेको संसदीय दलको बैठकले प्रदेश ६ मा एमालेबाट उम्मेदवार बनेका शतप्रतिशत विजयी भएका र एकल बहुमत पुग्ने अवस्था रहेकाले सरकारको नेतृत्व छाड्न नमिल्ने उसको अडान छ । एमालेको प्रदेश ६ कमिटीको पुस ११ गते संघीय राजधानीमा बसेको बैठकले पनि प्रदेश सरकार नेतृत्व आफैंले गर्ने निर्णय गरेको थियो ।


प्रदेश कमिटी सहसंयोजक यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले नेतृत्व आफैं लिनुपर्ने निर्णय गरेको हो । एमाले पोलिटब्युरो सदस्यसमेत रहेका कँडेलले यसबारे पार्टी केन्द्रको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरिएको जनाए ।

‘प्रदेशसभाको ५० प्रतिशत संख्या एमालेको छ । त्यो नै हामी एक्लैले सरकारको नेतृत्व गर्न सक्ने हैसियत हो,’ उनले कान्तिपुरसित भने, ‘जुन प्रदेशले शतप्रतिशत उम्मेदवारहरू विजयी गराउँछ, त्यसैलाई भागबन्डाका नाममा सरकारको नेतृत्वबाट वञ्चित गर्नु हुँदैन भन्ने हाम्रो जोडदार माग हो ।’ ४० सदस्यीय प्रदेशसभामा एमालेका २०, माओवादी केन्द्र १३, कांग्रेस ६ र राप्रपाका १ जना सदस्य छन् । 

एमाले–माओवादी गठबन्धनबीच एकीकरणको गृहकार्य भइरहँदा नेताहरूको वरिष्ठतालाई आधार बनाउँदासमेत प्रदेश ६ मा माओवादी केन्द्रलाई छाड्न सक्ने कुनै आधार नभएको बैठकको निष्कर्ष छ । माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही (कालिकोट) र नरेश भण्डारी (जुम्ला) ले मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । 

माओवादी केन्द्रले अन्यत्रभन्दा प्रदेश ६ मा आफूहरूको पकड रहेकाले मुख्यमन्त्री आफूले नै पाउनुपर्ने अडान राखेको छ । प्रदेशको राजधानी सुर्खेत भए पहिलो मुख्यमन्त्री कर्णालीले पाउनुपर्ने माओवादीको अर्को तर्क छ ।

प्रदेश ६ मा एमालेबाट कँडेल (सुर्खेत) र अर्का पोलिटब्युरो सदस्य प्रकाश ज्वाला (सल्यान) मुख्यमन्त्रीका आकांक्षी छन् । कँडेल २०५१ को प्रतिनिधिसभा र ०७० संविधानसभा सदस्यमा सुर्खेत २ बाट निर्वाचित थिए । उनी ०५४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएर सरकार सञ्चालनको अनुभव संगालिसकेका छन् । 

त्यस्तै, ज्वालाले पनि प्रतिनिधिसभा र संविधानसभाको अनुभव संगाल्नुका साथै झलनाथ खनाल प्रधानमन्त्री हुँदा उनका राजनीतिक सल्लाहकारको भूमिका सम्हालिसकेका छन् । बैठकले संसदीय दलको नेता छान्न भने सकेन । कँडेल र ज्वाला दुवै प्रदेशसभा सदस्यहरूसँग छुट्टाछुट्टै भेटघाटमा व्यस्त छन् । पार्टीको केन्द्रीय दुई लाइन प्रदेश संसदीय दलमा पनि देखिएको छ । 

कँडेललाई पार्टी अध्यक्ष केपी ओली र उपाध्यक्ष वामदेव गौतमको साथ छ भने ज्वालालाई वरिष्ठ नेता माधवकुमार नेपालको साथ छ । सर्वसम्मतको प्रयासस्वरूप सोमबार निर्णय नगरिएको स्रोतले बतायो ।

प्रदेशसभाको शपथ खाएलगत्तै संसदीय दलको नेता, सभामुख, उपसभामुख, प्रदेश सरकारमा मन्त्री बन्नेहरूको चर्चा सुरु भएको छ । मुख्यमन्त्रीमा वाम गठबन्धनको शीर्ष नेतृत्वले भागबन्डा मिलाउने हँ‘दा त्यसबाहेकका अन्य पदमा एमाले सांसदले आकांक्षा व्यक्त गर्न थालेका छन् । एमालेले नेतृत्व नपाउने अवस्थामा सभामुख पाउने भन्दै त्यसका लागि पनि सांसदहरू लबिइङमा जुटेका छन् । 

एमालेबाट मन्त्रीमा हुम्लाका दल रावल, दैलेखका अम्मरबहादुर थापा, सल्यानका गुलाबजंग शाह र मुगुका चन्द्रबहादुर शाही लबिइङमा छन् । त्यस्तै, प्रदेश नेतृत्व नपाए सभामुखमा सल्यान (ख) का प्रकाश ज्वाला र दैलेख २ (ख) का राजबहादुर शाहीले आकांक्षा व्यक्त गरेका छन् । 

दोस्रो ठूलो दल माओवादी केन्द्रमा जुम्लाका नरेश भण्डारी, कालिकोटका महेन्द्र शाही र दैलेखका धर्मराज रेग्मीले संसदीय दलको नेतामा दाबी गरेका छन् । एमालेले मुख्यमन्त्री पाए माओवादी केन्द्रले सभामुख पाउनेछ । त्यस्तो अवस्थामा कानुन व्यवसायी पृष्ठभूमिका रेग्मीले सभामुखको आकांक्षा राखेका छन् । 

त्यस्तै, मन्त्रीमा सीता नेपाली, विन्दमान विष्ट, ठम्मर विष्ट, गोपाल शर्मा, गणेशप्रसाद सिंहलगायतको दाबी छ । उपसभामुखमा रुकुमकी विमला केसीको चर्चा छ । यस प्रदेशमा मुख्यमन्त्रीसहित बढीमा ८ मन्त्री हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट