२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोट र बाजुरामा हङकङ फ्लु

९ माघ २०७४, मंगलवार ०२:४०

माघ ९, काठमाडौँ । जाजरकोट र बाजुरालगायत जिल्लामा प्रकोपका रूपमा देखिएको मौसमी रुघाखोकीमा हङकङ फ्लु (एच३एन२) समेत देखिएको छ । हङकङ फ्लु भाइरस इन्फ्लुएन्जा ‘ए’ उप–प्रजातिको एच३एन२ नामले चिनिन्छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रभावित जिल्लाका बिरामीको थ्रोट स्वाब (र्‍याल) परीक्षण गर्दा हङकङ फ्लु (एच३एन२) देखिएको हो । बाजुराबाट आएका ५ नमुनामध्ये ३ र जाजरकोटका ८ नमुनामध्ये ५ वटामा एच३एन२ देखिएको थियो । सन् १९६८ को जुलाइमा फैलिएको हङकङ फ्लुको प्रकोपले विश्वभर १० लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको आकलन गरिएको थियो । 

यो रुघाखोकी हङकङबाट सुरु भएकाले यसको नाम हङकङ फ्लु रहन गएको हो । हाल हङकङ फ्लु भाइरलविरुद्घ आम मानिसको शरीरमा रोग प्रतिरोधक क्षमता विकसित भइसकेकाले यसलाई त्यति खतरनाक मानिँदैन । नेपालमा भने यो सामान्य रुघाखोकीको दाँजोमा अलि कडा देखिएको छ ।

प्रयोगशालाका निर्देशक डा. राजकुमार महतोले बाजुरा र जाजरकोटमा मौसमी रुघाखोकी एच३एन२ देखिएको जानकारी दिँदै अन्य ठाउँको परीक्षण प्रतिवेदन आउन बाँकी रहेको बताए, कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य