2026-09-14 08:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोट र बाजुरामा हङकङ फ्लु

माघ ९, काठमाडौँ । जाजरकोट र बाजुरालगायत जिल्लामा प्रकोपका रूपमा देखिएको मौसमी रुघाखोकीमा हङकङ फ्लु (एच३एन२) समेत देखिएको छ । हङकङ फ्लु भाइरस इन्फ्लुएन्जा ‘ए’ उप–प्रजातिको एच३एन२ नामले चिनिन्छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रभावित जिल्लाका बिरामीको थ्रोट स्वाब (र्‍याल) परीक्षण गर्दा हङकङ फ्लु (एच३एन२) देखिएको हो । बाजुराबाट आएका ५ नमुनामध्ये ३ र जाजरकोटका ८ नमुनामध्ये ५ वटामा एच३एन२ देखिएको थियो । सन् १९६८ को जुलाइमा फैलिएको हङकङ फ्लुको प्रकोपले विश्वभर १० लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको आकलन गरिएको थियो । 

यो रुघाखोकी हङकङबाट सुरु भएकाले यसको नाम हङकङ फ्लु रहन गएको हो । हाल हङकङ फ्लु भाइरलविरुद्घ आम मानिसको शरीरमा रोग प्रतिरोधक क्षमता विकसित भइसकेकाले यसलाई त्यति खतरनाक मानिँदैन । नेपालमा भने यो सामान्य रुघाखोकीको दाँजोमा अलि कडा देखिएको छ ।

प्रयोगशालाका निर्देशक डा. राजकुमार महतोले बाजुरा र जाजरकोटमा मौसमी रुघाखोकी एच३एन२ देखिएको जानकारी दिँदै अन्य ठाउँको परीक्षण प्रतिवेदन आउन बाँकी रहेको बताए, कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले