१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अझै शक्तिशाली बन्ने दाउमा देउवा

१६ माघ २०७४, मंगलवार ०२:३९

माघ १६, काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा कांग्रेसको लज्जास्पद पराजय भएपछि पहिलो पुस्ताले पार्टी नेतृत्व छाड्नुपर्ने दबाब तीव्र पारिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा भने पार्टीभित्र शक्तिशाली बन्ने रणनीतिमा अग्रसर भएको  खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

आसन्न महासमिति बैठकमा आफूअनुकूल विधान संशोधन गरेर पार्टीभित्र शक्तिशाली रहिरहने उद्देश्य देउवाको छ, जसलाई उनी निकट केन्द्रीय सदस्यहरूले सघाइरहेका छन्।

त्यसको ठीकविपरीत चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेलसहितका केन्द्रीय कार्यसमितिका युवा सदस्यहरूको एउटा जमात भने महासमिति बैठक हुँदै ‘अर्ली महाधिवेशन’ बोलाउन बाध्य पारेर नेतृत्व परिवर्तनको दिशासम्म पार्टीलाई लैजाने जनमत बनाउने प्रयत्नमा लागेका छन्।

त्यसलाई रोक्न सभापति स्वयं र उनी निकट सदस्यहरू यतिबेला अग्रसर देखिन्छन्। निर्वाचनमा पार्टीको पराजयपछि त्यसको जिम्मेवारी लिँदै नेतृत्वबाट विश्राम लिन देउवामाथि चौतर्फी दबाब परेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार