२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

को- को छन् एमालेबाट मुख्यमन्त्री र सभामुखको दौडमा ?

२०७४, १७ माघ बुधबार ०२:४६

माघ १७, काठमाडौँ । प्रदेश सभा दलको नेता मुख्यमन्त्रीको उम्मेदवार बन्ने भएकाले एमालेभित्र धेरै नेता आकांक्षी छन् । 

प्रदेश नम्बर ५ मा दलका नेता शंकर पोखरेल मुख्यमन्त्रीको एकल उम्मेदवार बन्ने निश्चित देखिए पनि माओवादी केन्द्रसँगको बाँडफाँटपछि एमालेले नेतृत्व गर्ने प्रदेश १, ३ र ४ मा मुख्यमन्त्री बन्न संसदीय दलका नेता बन्न धेरैले आकांक्षा राखेका छन् ।

प्रदेश १ मा सचिव तथा प्रदेश संयोजक भीम आचार्य र प्रदेश सहसंयोजक शेरधन राई, प्रदेश ३ मा उपाध्यक्ष तथा प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्यहरू पशुपति चौंलागाईं, राजेन्द्रप्रसाद पाण्डे, सानु श्रेष्ठलगायत दलको नेताको आकांक्षी छन् । 

पार्टीको उच्च तहको नेता, लैंगिक र जातीय सन्तुलनका कारण शाक्यलाई बनाउनुपर्ने दबाबमा नेतृत्व रहे पनि अन्य नेताहरूले पनि सशक्त दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

प्रदेश ४ मा सचिव पृथ्बीसुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ प्रतिस्पर्धामा छन् । मुख्यमन्त्रीको नेतृत्व नपाए पनि प्रदेश २, ६ र ७ मा प्रदेश सभाको बैठकमार्फत एमालेले दलको नेता चयन गर्नेछ । 

२ मा प्रदेश संयोजक सत्यनारायण मण्डल, ६ मा पोलिटब्युरो सदस्य प्रकाश ज्वाला र यमलाल कँडेल तथा ७ मा केन्द्रीय सदस्य प्रकाश शाह दलको नेताको मुख्य आकांक्षी छन् , नयाँ पत्रिकामा खबर छ ।

सभामुखमा पनि दर्जन आकांक्षी

प्रदेश १ मा हिक्मत कार्की, राजेन्द्र राई, जीवन घिमिरे, उषाकला राई, खिनु लिम्बू, कला घलेलगायत सभामुखको आकांक्षी छन् । 

प्रदेश २ मा मधेस केन्द्रित दलको बहुमत रहेकाले एमालेले मुख्यमन्त्री र सभामुखमा ध्यान दिएको छैन । प्रदेश ३ मुख्यमन्त्रीका आकांक्षीबीच सहमति भए राजेन्द्रप्रसाद पाण्डे, पशुपति चौंलागाईं, सानुकुमार श्रेष्ठ या डोरमणि पौडेलमध्ये एकजना सभामुख बन्ने गरी छलफल हुने एक नेताले बताए । 

मुख्यमन्त्रीका आकांक्षी सभामुखका लागि तयार नभए पौडेलको नाममा सर्वसम्मति हुनसक्ने सम्भावना देखिएको स्रोतले जनाएको छ । त्यस्तै, प्रदेश ६ र ७ मा भने एमालेले सभामुखका विषयमा छलफल चलाइसकेको छैन । 

यद्यपि, ७ मा अर्जुन थापा, पठानसिंह बोहरा, लालबहादुर खड्का, बलदेव रेग्मीलगायतमध्येबाट एकजनालाई उम्मेदवार बनाउने गरी छलफल हुने एक केन्द्रीय सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित