२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब वाम एकता सरकार गठनपछि मात्रै हुने

२०७४, १८ माघ बिहीबार ०१:४०

माघ १८, काठमाडौं । केन्द्रमा नयाँ सरकार गठनपछि मात्रै एमाले–माओवादी केन्द्र एकता टुंगिने भएको छ। 

माओवादीले पार्टी एकता पहिले टुंग्याएर सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारे पनि एकीकृत पार्टीको नेतृत्व, कार्यदिशालगायत विषय निष्कर्षमा नपुग्दा एकता प्रक्रिया पछि धकेलिएको हो। यो खबर हामीले आजकोको अन्नपूर्णबाट लिएका हौ।

नयाँ सरकार निर्माण, राष्ट्रपति, सभामुखलगायत चुनाव सकेर मात्रै यो विषयमा ‘निर्णायक’ छलफल हुने माओवादी वरिष्ठ नेता तथा पार्टी एकता संयोजन समिति सदस्य रामबहादुर थापा (बादल) ले बताएका छन्।

‘हाम्रो चाहना नयाँ सरकार गठनअघि नै पार्टी एकता गर्ने गरी जानुपर्छ भन्ने थियो तर अहिले सरकार गठनअघि एकता प्रक्रिया निष्कर्षमा पुग्ने देखिएन’, नेता थापाले माओवादीका प्रदेश ३ का सांसदलाई बुधबार पेरिसडाँडामा प्रशिक्षण दिँदै भने, ‘अब सरकार गठन प्रक्रियाले पूर्णता पाएपछि मात्रै पार्टी एकताको विषय निष्कर्षमा पुग्छ।’

पार्टी एकता धकेलिने भएपछि राष्ट्रपति, सभामुखदेखि सबैमा दुई पार्टीले सिट संख्याका आधारमा दलीय भागबन्डा लगाउने भएका छन्। माओवादी नेता थापाले सबै पद दुई पार्टीबीच सहमतिका आधारमा टुंग्याउने र लगत्तै पार्टी एकताको निर्णायक वार्ता हुने बताएको माओवादी केन्द्रका नेता कुमार पौडेलले जानकारी दिए।

‘सरकारको कामले पार्टी एकताको छलफल पछि धकेलियो, अब यो सरकार गठनपछि नै निर्णायक मोडमा जान्छ’, थापालाई उद्धृत गर्दै पौडेलले अन्नपूर्णसँग भने, ‘राष्ट्रपति, सभामुखलगायत सबै विषयमा अब सहमति गरेर भागबन्डा हुन्छ। एकतिहाइका हिसाबले सरकारमा माओवादीले एमालेसँग गठबन्धन सरकारमा सहभागिता जनाउँछ।’

वाम गठबन्धन बनाएर एमाले–माओवादीले प्रतिनिधिसभादेखि प्रदेशसभासम्मको चुनाव संयुक्त घोषणापत्र बोकेर लडेका थिए। घोषणापत्रमा उल्लेख एजेन्डामा टेकेर वाम गठबन्धनकै सरकार निर्माण हुने बताएका थापाले एकता प्रक्रियामा भाँजो हाल्न खोज्नेहरूको सक्रियताका कारण सरकार गठनअगाडि एकता निष्कर्षमा पुग्न नसकेको बताए।

‘पार्टी एकता हुनुपर्छ तर एकतामा भाँजो हाल्ने प्रयास अहिले हुन थालेको छ। पार्टी नेतृत्व नदिने र माओवादीलाई साइजमा ल्याउने प्रयासमा एमालेभित्रका केही साथी लाग्न खोजिरहनुभएको छ, यसले पनि समस्या ल्याइरहेको छ’, थापाको भनाइ थियो।

पार्टी नेतृत्वका सवालमा विभिन्न विकल्पमा छलफल भए पनि छलफल निष्कर्ष उन्मुख हुने संकेत नदेखिएको थापाले प्रस्ट्याएका थिए। ‘पटक–पटक एमाले मूल नेतृत्वसँग छलफल भएका छन् तर ठोस निष्कर्षमा पुग्न सकिएको छैन’, थापाले भने।

पार्टी मूल नेतृत्वको विषयमा दुई वटा विकल्पमा छलफल भएको उनको भनाइ थियो। ‘पार्टी एकतापछि अध्यक्षमण्डल बनाएर पार्टी एकता गर्ने वा संसदीय दलका नेता र प्रधानमन्त्री एक जना, एकीकृत पार्टी अध्यक्ष एक जना हुने गरी जाने भन्ने विकल्पमा छलफल छ’, थापाले भने, ‘तर टुंगो लाग्न गाह्रो भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित