४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी पर्यटकमाथि यौन दुर्व्यवहार- ट्याक्सी चालकले यौनाङ्गसम्म यसरी पुर्यायो हात !

१८ माघ २०७४, बिहीबार १३:३४

माघ १८, काठमाडौँ | यो घटना भारतमा एक अमेरिकी महिला पर्यटकले गत शनिबार भोग्नुपरेको यौन उत्पीडन सम्बन्धि हो । शनिवार गोवामा एक अमरीकी पर्यटकलाई एक जना ट्याक्सी चालकले यौन हिंशा गरेका थिए । घटनापछी प्रहरीले उक्त ट्याक्सी चालकलाई नियन्त्रणमा लिएको छ । यौन उत्पीडनबारे खुलेर बोल्नुपर्छ भन्ने संदेश दिन आफूमाथि भएको घटनाबारे ति महिलाले विश्वभरका महिलालाई आग्रह समेत गरेकी छन् । 

अमेरिकी महिलाले आफु हिंशामा परेपछि घटनाबारे सोमबार मात्र फेबुकमा लेखेकी थिइन् । घटनाबारे उक्त पोष्ट भाइरल बनेको थियो । उनले फेसबुकमा लेखे अनुसार सनिबार  रातको समयमा उनि ट्याक्सी चढेर डिनरको लागि जाँदै थिइन् । उनको अनुसार ट्याक्सी चालकको नाम इसिडोर फर्नान्डीज हो । आफ्नो पोष्टमा अमेरिकी महिलाले चालक फर्नान्डीजको बारेमा लेखेकी छन्. ''उ साथिजस्तै कुरा गर्दै थियो । उसले जुन तरिकाले कुरा गरेको थियो, मलाई अलिकति पनि उसले मलाई यतिसम्म गर्ला भन्ने लागेको थिएन । ट्याक्सी चलाउँदै गर्दा उसले भन्यो कि उ डिनर गर्नेबेलासम्म कुरेर बस्छ र फेरी मलाई होटलमै ल्याईदिनेछ । जब म डिनर गरेर फर्किएँ, उसले पर्खिरहेको थियो । अनि म त्यसै ट्याक्सीमा चढेर होटल फर्कंदै थिएँ तब उसले उसको असली ब्यबहार देखाउन सुरु गर्यो । उसले जबर्जस्ति मेरा हाथ आफ्नो सर्ट भित्र घुसार्यो । उ लगातार यस्तै गर्दै थियो । हुँदा-हुँदा उसले मेरा हाथ फेरी उसको पाइन्ट नजिक पुर्यायो ।''

पहिले उक्त ट्याक्सी चालकले किस (चुम्बन) को लागि आग्रह गरेको थियो । जब महिलाले चुम्बन गर्न मानिनन् तब ति चालकले आफ्नो पाइन्टमा महिलाको हात घुसार्ने कोसिस गर्यो । 

ति अमेरिकी पर्यटकले दावी गरेकी छन् कि ट्याक्सी चालकले होटलमा पुर्याईदिन्छु भन्दै अर्कै रूटबाट ट्याक्सी चलाई रहेको थियो । उसले भनेको थियो कि त्यो रुटबाट जाँदा कम समयमै होटल पुगिनेछ । यस अघिका घटना ट्याक्सी चलाउँदै गर्दा भएको थियो तर त्यतिकैमा अचानक उसले ट्याक्सी रोक्यो । ति महिलाको अनुसार ट्याक्सी रोकेर उसले आफ्नो यौनांगमा महिलाको हात पुर्यायो । त्यतिकैमा महिला उफ्रिएर उसको ट्याक्सीबाट उम्किन सफल बनिन र चालकतर्फ आफुसँग भएको केहि पैसा फ्यालेर व्यस्त सडकतर्फ भागिन् । 

आफु घटनाबाट बच्न सकेको कुरा ति अमेरिकी महिलाले सोमबार मात्र फेसबुक मार्फत सेयर गरेकी थिइन् । उनले आफु यौन उत्पीडनमा परेको भन्दै उक्त कुरा सकेसम्म धेरैलाई सेयर गर्न फेसबुकमै आग्रह गरेकी थिइन् । उनले घटनाबारे खुलाशा गरेपछि प्रहरीले चालकलाई पक्राउ गरेको थियो । 

पछिल्लो समय यौन उत्पीडनसँग जोडिएको अनुभवहरु संसारभरिका महिलाहरुले सेयर गर्न सुरु गरेका छन् । यौन उत्पीडनको बिषयलाई लिएर आफ्नो अनुभव साझा गर्न #metoo अभियान संसारमै चलेको छ । (यो सामग्री बीबीसी हिन्दीबाट साझा सबाल अनलाइनले साभार गरेको हो ।) – GETTY IMAGE  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता