२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी पर्यटकमाथि यौन दुर्व्यवहार- ट्याक्सी चालकले यौनाङ्गसम्म यसरी पुर्यायो हात !

२०७४, १८ माघ बिहीबार १३:३४

माघ १८, काठमाडौँ | यो घटना भारतमा एक अमेरिकी महिला पर्यटकले गत शनिबार भोग्नुपरेको यौन उत्पीडन सम्बन्धि हो । शनिवार गोवामा एक अमरीकी पर्यटकलाई एक जना ट्याक्सी चालकले यौन हिंशा गरेका थिए । घटनापछी प्रहरीले उक्त ट्याक्सी चालकलाई नियन्त्रणमा लिएको छ । यौन उत्पीडनबारे खुलेर बोल्नुपर्छ भन्ने संदेश दिन आफूमाथि भएको घटनाबारे ति महिलाले विश्वभरका महिलालाई आग्रह समेत गरेकी छन् । 

अमेरिकी महिलाले आफु हिंशामा परेपछि घटनाबारे सोमबार मात्र फेबुकमा लेखेकी थिइन् । घटनाबारे उक्त पोष्ट भाइरल बनेको थियो । उनले फेसबुकमा लेखे अनुसार सनिबार  रातको समयमा उनि ट्याक्सी चढेर डिनरको लागि जाँदै थिइन् । उनको अनुसार ट्याक्सी चालकको नाम इसिडोर फर्नान्डीज हो । आफ्नो पोष्टमा अमेरिकी महिलाले चालक फर्नान्डीजको बारेमा लेखेकी छन्. ''उ साथिजस्तै कुरा गर्दै थियो । उसले जुन तरिकाले कुरा गरेको थियो, मलाई अलिकति पनि उसले मलाई यतिसम्म गर्ला भन्ने लागेको थिएन । ट्याक्सी चलाउँदै गर्दा उसले भन्यो कि उ डिनर गर्नेबेलासम्म कुरेर बस्छ र फेरी मलाई होटलमै ल्याईदिनेछ । जब म डिनर गरेर फर्किएँ, उसले पर्खिरहेको थियो । अनि म त्यसै ट्याक्सीमा चढेर होटल फर्कंदै थिएँ तब उसले उसको असली ब्यबहार देखाउन सुरु गर्यो । उसले जबर्जस्ति मेरा हाथ आफ्नो सर्ट भित्र घुसार्यो । उ लगातार यस्तै गर्दै थियो । हुँदा-हुँदा उसले मेरा हाथ फेरी उसको पाइन्ट नजिक पुर्यायो ।''

पहिले उक्त ट्याक्सी चालकले किस (चुम्बन) को लागि आग्रह गरेको थियो । जब महिलाले चुम्बन गर्न मानिनन् तब ति चालकले आफ्नो पाइन्टमा महिलाको हात घुसार्ने कोसिस गर्यो । 

ति अमेरिकी पर्यटकले दावी गरेकी छन् कि ट्याक्सी चालकले होटलमा पुर्याईदिन्छु भन्दै अर्कै रूटबाट ट्याक्सी चलाई रहेको थियो । उसले भनेको थियो कि त्यो रुटबाट जाँदा कम समयमै होटल पुगिनेछ । यस अघिका घटना ट्याक्सी चलाउँदै गर्दा भएको थियो तर त्यतिकैमा अचानक उसले ट्याक्सी रोक्यो । ति महिलाको अनुसार ट्याक्सी रोकेर उसले आफ्नो यौनांगमा महिलाको हात पुर्यायो । त्यतिकैमा महिला उफ्रिएर उसको ट्याक्सीबाट उम्किन सफल बनिन र चालकतर्फ आफुसँग भएको केहि पैसा फ्यालेर व्यस्त सडकतर्फ भागिन् । 

आफु घटनाबाट बच्न सकेको कुरा ति अमेरिकी महिलाले सोमबार मात्र फेसबुक मार्फत सेयर गरेकी थिइन् । उनले आफु यौन उत्पीडनमा परेको भन्दै उक्त कुरा सकेसम्म धेरैलाई सेयर गर्न फेसबुकमै आग्रह गरेकी थिइन् । उनले घटनाबारे खुलाशा गरेपछि प्रहरीले चालकलाई पक्राउ गरेको थियो । 

पछिल्लो समय यौन उत्पीडनसँग जोडिएको अनुभवहरु संसारभरिका महिलाहरुले सेयर गर्न सुरु गरेका छन् । यौन उत्पीडनको बिषयलाई लिएर आफ्नो अनुभव साझा गर्न #metoo अभियान संसारमै चलेको छ । (यो सामग्री बीबीसी हिन्दीबाट साझा सबाल अनलाइनले साभार गरेको हो ।) – GETTY IMAGE  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट