६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकता संयोजन समितिकै नेतालाई थाहा छैन -एकता कहाँ पुग्यो ?

१९ माघ २०७४, शुक्रबार ०१:४२

माघ १९, काठमाडौं । एमाले-माओवादी एकता अपेक्षाकृत रूपमा अगाडि बढ्न नसकेपछि एकता संयोजन समितिमै यस विषयमा प्रश्न उठेको छ । 

दुई पार्टी अध्यक्षलाई एकीकृत पार्टीको कार्यदिशा, नेतृत्वलगायत विषयमा छलफल गरी निचोड निकाल्न जिम्मेवारी दिए पनि अध्यक्षबीचको छलफल अल्झिएपछि समिति सदस्यले नै एकता प्रक्रियामा प्रश्न उठाएका हुन् । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।


एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा बिहीबार बसेको समिति बैठकमा माओवादी नेता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षबीचको छलफलपछि एकता प्रक्रिया कहाँ पुग्यो भन्ने प्रश्न गरेका थिए । 

‘एकता प्रक्रिया कहाँ पुगेको हो, अब कसरी अगाडि बढ्ने हो ? ’ श्रेष्ठले बैठकमा प्रश्न राखेका थिए । श्रेष्ठको त्यस्तो प्रश्नमा ओली-दाहालले एकता कसरी छिटो टुंग्याउने भन्ने स्पिरिटमा छलफल भइरहेको बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । 

ओली उपचारका लागि बैंकक जानुअगाडि देखि नै दुई अध्यक्षबीच पटक-पटक एक्लाएक्लै वार्ता भएका थिए । माघ १२ र १४ गते पनि दुई अध्यक्षबीच लामो संवाद भएको थियो ।

त्यस्तो भेटवार्तामा दुई अध्यक्षबीच वैचारिक राजनीतिक पक्ष र एकीकृत पार्टीको नेतृत्वका विषयमा मोटामोटी सहमति जुटाउने, त्यसलाई दस्तावेजीकरण गर्न कार्यदल गठन गर्ने र सरकार गठनअगाडि नै एकता गर्ने समझदारी पार्टी एकता संयोजन समितिमा भएको थियो । 

तर दुई अध्यक्षबीचको छलफल निष्र्कषमा पुग्नै ढिलासुस्ती भइरहेको छ । अझै पनि दुई अध्यक्षबीच एक-दुई चरण छलफल हुने र एकता प्रक्रियालाई अगाडि बढाउने विषयमा कुरा भएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

माओवादी केन्द्रका नेता श्रेष्ठले पनि संयोजन समितिका सदस्यबीच अनौपचारिक छलफल गर्ने र अध्यक्षहरूको छलफललाई पनि अगाडि बढाइने बताए । ‘सकारात्मक ढंगले दुई नेताबीच छलफल चलिरहेको छ । 

अझै एक-दुईपटक दुई अध्यक्षबीच छलफल गर्ने, एकता संयोजन समितिकै सदस्यबीचमा पनि अनौपचारिक छलफल गर्ने, त्यसपछि समिति बैठक बसी कार्यदल बनाएर अघि बढ्ने गरी प्रक्रिया अगाडि जान्छ,’ उनले भने ।

बैठकले प्रदेश सरकार गठनका लागि आपसी समझदारीसाथ सिट बाँडफाँट टुंगो लगाउन बनाएको कार्यदलको प्रतिवेदन संयोजन समिति बैठकले अनुमोदन गरेको छ । एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता रामबहादुर थापा नेतृत्वको कार्यदलले मुख्यमन्त्री, सभामुखलगायत विषय माघ १४ मा टुंगो लगाएको थियो ।

कार्यदलले बनाएको प्रतिवेदन संयोजन समिति बैठकले अनुमोदन गरेको एमाले नेता पाण्डेले बताए । दुई पार्टीबीच प्रदेश १, ३, ४ र ५ मा एमाले र प्रदेश ६ र ७ मा माओवादीले मुख्यमन्त्री लिने, प्रदेश १, ३, ६ र ७ मा एमालेले र प्रदेश ४ र ५ मा माओवादीले सभामुख लिने तथा प्रदेश ४ र ५ मा एमालेले र प्रदेश १, ३, ६ र ७ मा माओवादीले उपसभामुख लिने गरी सिट भागबन्डा भएको थियो ।

त्यस्तै कार्यदलले बढीमा ११ सदस्यीय मन्त्रिपरिषद बनाउने र सरकारमा एमालेले ७० र माओवादीले ३० प्रतिशत हिस्सा लिएर सरकार गठन गर्ने समझदारी जुटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने