२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्रीका दावेदार आरोप-प्रत्यारोपमा

२०७४, १९ माघ शुक्रबार ०१:५८

माघ १९, हेटौंडा । प्रदेश ३ को मुख्यमन्त्रीमा एमालेभित्र राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यबीच मुख्य भिडन्त हुने देखिएको छ । 

प्रदेशसभाको पहिलो बैठकका लागि हेटौंडा पुगेका यी दुईले आफ्ना पक्षमा माहोल बनाउन सांसदहरूबीच लबिइङ तीव्र पारेका छन् । उनीहरू एकअर्काप्रति आरोप–प्रत्यारोपमा समेत उत्रिएका छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।


एमालेबाटै रामेश्वर फुयाल र पशुपति चौलागाईं पनि मुख्यमन्त्रीका आकांक्षी छन् । तर, उनीहरूको सम्भावना कमजोर देखिन्छ । एमाले अध्यक्ष केपी ओलीले पाण्डे र शाक्यमध्ये एकको नाममा सहमति जुटाउन प्रयास गरे पनि सम्भव नभएपछि प्रदेश संसदीय दललाई नेता चयन गर्ने जिम्मेवारी दिइएको छ ।

पाण्डेका अनुसार आगामी २५ या २६ गते काठमाडौंमा दलको नेता छान्न चुनाव हुनेछ । राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न सबै सांसद राजधानी जाने भएकाले त्यहीँ नेता चुनिने उनले बताए । शाक्यले भने निर्वाचनभन्दा सर्वसम्मत गराउनमै जोड दिइरहेकी छन् । यसका लागि उनले पार्टी अध्यक्ष ओली, पूर्वप्रधानमन्त्री माधव नेपाल र पूर्वअध्यक्ष झलनाथ खनालसमेतलाई दबाब दिँदै आएकी छन् ।

चुनाव भए आफू बाहिरिन सक्ने भय शाक्यमा देखिन्छ भने पाण्डे आफू नै चुनिनेमा ढुक्क छन् । यद्यपि शाक्य निर्वाचनमै गए पनि आफू पछि नहट्ने बताउँछिन् ।

यस प्रदेशमा एमालेको एकल बहुमत भएकाले सभामुख निर्वाचनलगत्तै मुख्यमन्त्री चयन हुने सम्भावना छ । एमाले सभामुखको निर्वाचनअघि नै दलको नेता चयन गर्ने पक्षमा छ । यहाँ कुल १ सय १० सांसदमध्ये एमालेका मात्रै ५८ जना छन् । बिहीबारको संसद् बैठकले सभामुख छान्न माघ २७ गतेको मिति तय गरिसकेको छ ।

मुख्यमन्त्रीका प्रतिस्पर्धी पाण्डे र शाक्य आफू वरिष्ठ रहेको भन्दै सांसद आकर्षित गर्ने प्रयासमा छन् । यी दुवै यसअघि पूर्वप्रधानमन्त्री नेपाल पक्षीय हुन् ।

पाण्डे मुख्यमन्त्री बन्न नेपाल पक्ष छाडेर संस्थापन पक्षतिर लागेका छन् । उनको यो कदमलाई शाक्यले अराजकता भनी टिप्पणी गरिन् । ‘दलको नेताका लागि अराजकता सिर्जना भएको छ,’ उनले भनिन्, ‘यो राम्रो होइन । यसले नराम्रो चलखेल सुरु हुने देखेको छु ।’ आफूले प्रदेश संयोजक भएर यस क्षेत्रमा दिनरात काम गरेको र निर्वाचनमा समेत राम्रो परिणाम आएको भन्दै उनले नेताहरूलाई यसको मूल्यांकन गर्न आग्रह गरिन् ।

पाण्डेले माओवादीसँग पार्टी एकीकरण हुनै लागेकाले अब एमालेभित्र कुनै गुट नरहेको दाबी गरे । ‘दलको नेतामा प्रतिस्पर्धा गर्नुपर्छ भन्दा यति असहिष्णु हुनेले कसरी प्रदेशको मुख्यमन्त्री चलाउन सक्छ ?’ उनले प्रश्न गरे, ‘शाक्य स्थायी समितिबाट टीका लगाउन चाहनुहुन्थ्यो । म सुरुदेखि चुनाव हुनुपर्छ भन्दै आएको छु । अब स्थायी समितिको निर्देशनअनुसारै हुन्छ । टीका लगाउने काम हुन्न ।’

दुवैले एकअर्काभन्दा पार्टीभित्र आफू नै वरिष्ठ रहेको दाबी गरेका छन् । पाण्डेले पार्टीमा ०४८ सालदेखि निरन्तर चारपटक चुनाव जित्ने नेता केपी ओली, झलनाथ खनाल र आफू मात्रै रहेको भन्दै शाक्यभन्दा अघिबाट काम गरेको दाबी गरे । पाण्डे स्थानीय विकासमन्त्री र पार्टीका प्रमुख सचेतकसमेत भइसकेका छन् । उनी संसद्मा निरन्तर कार्यव्यवस्था समितिको सदस्य थिए ।

शाक्य संविधानसभा, प्रतिनिधिसभा र राष्ट्रिय सभामा एक–एक पटक सांसद बनेकी छन् । महिला बालबालिका तथा समाज कल्याण र उद्योगमन्त्रीसमेत भइसकेकी उनी ०२८ सालदेखि राजनीतिमा आएकी हुन् । सातवटा प्रदेशमध्ये एउटामा महिला मुख्यमन्त्री हुनुपर्ने भन्दै उनले आफ्नो पक्षमा सर्वसम्मतिका लागि प्रयास गरिरहेकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित