४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जोन बचाऊ-बचाऊ भनेर चिच्याउँथे, कसैले सुन्दैनथे

२० माघ २०७४, शनिबार ०२:२८

माघ २०, काठमाडौं । सात दिनसम्म ललितपुरको फूलचोकी जंगलमा हराएर रूखको चेपमा अड्किएको अवस्थामा उद्धार गरिएका १७ वर्षीय जोन तामाङको बीएन्डबी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।

उनको हात-खुट्टाका औंला तथा छाला नीलो भएको छ। दुवै खुट्टा सुन्निएको छ। घुँडामा सामान्य समस्या देखिएको छ। आफैँ उठबस गर्न सक्दैनन्। सात दिनसम्म घना जंगलमा अलपत्र पर्दा शरीरमा चिसो पसेका कारण यस्तो समस्या देखिएको हो। आजकोअन्नपूर्ण पोस्टमा खबर छ ।

‘धन्न मेरो छोराको भाग्य बलियो रै’छ। यो माघको ठण्डीमा फूलचोकी जंगलमा सात दिनसम्म अलपत्र पर्दा पनि उद्धार गर्न सकियो’, आमा रिमाले भनिन्। चिकित्सकको सल्लाहमा आईसीयूमा राखिए पनि जोनको खतरामुक्त छन्। विशेष कामबाहेकका मानिसलाई उनीसँग भेटघाट गर्न दिइएको छैन। कोही मान्छे भेट्न जाँदा उनी झस्किने गरेको रिमाले बताइन्। राति पनि पटक-पटक झस्किने गरेका छन्।

शान्त वातावरणमा राखेर उपचार गर्दा पहिलेको अवस्थामा आउन सजिलो हुने चिकित्सकले बताएका छन्। आमासँग सामान्य कुराकानी गर्छ तर जंगलमा हराएको विषयमा आमा तथा परिवारका अन्य सदस्यले समेत धेरै कुरा गरेका छैनन्। उद्धार गरेको भोलिपल्ट रिमाले सामान्य कुरा गर्दा जोनले आफू लडेको ठाउँबाट टाढा-टाढाका मानिसलाई देख्ने गरेको बताएका थिए। ‘उसले बचाऊ बचाऊ भनेर चिच्याएको रहेछ तर परपर हिँडडुल गरिरहेका मानिसले सुनेनछन्’, रिमाले भनिन्।

थसिखेलस्थिा अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत उनी स्कुलका अन्य कक्षाका साथी र प्राचार्य दुर्गाबहादुर ओलीसँगै हाइकिङ गएका थिए। फूलचोकी हाइकिङ गएर फर्कने क्रममा उनी हराएको ओलीले प्रहरीलाई बयान दिएका छन्।

ओलीको बयानलाई आधार मानेर अहिले नै केही भन्न नसकिने परिवारका सदस्यको भनाइ छ। ‘बाटो बिराएर एक्लै हिँड्दा लडेको पनि हुन सक्छ। कसैले धकेलिदिएको पनि हुन सक्छ। वास्तविकता जोन निको भएपछि थाहा होला’, परिवारका सदस्यको शंका छ। जोन हराएको दिनदेखि नै उनी अध्ययनरत स्कुल बन्द छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता