६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी फैलियो टिके डाका मारिएको खबर

२१ माघ २०७४, आईतवार ०१:३३

माघ २१, काठमाडौँ ।  दोहोरो फायरमा उनलाई गोली कहाँ लाग्यो ठेगान थिएन । घाइते भएका उनी अचेत थिए । शरीरबाट रगत बगिरहेको थियो । उपचारका लागि अस्पताल त लगियो, तर शरीरबाट रगत धेरै बगेको थियो । त्यसो हुँदा प्रहरीलाई उनी मारिन पुगे भन्ने लाग्यो ।

घटनास्थलमा खटिएको प्रहरी टोलीले तुरुन्तै उनी मारिएको खबर माथि गर्‍यो । घटनास्थलबाटै मारिएको खबर आएपछि माथिका प्रहरीलाई पनि लाग्यो, उनी मारिए । त्यसपछि खबर फैलियो । तर, उनी घटनास्थलमा मरेका थिएनन, अचेत मात्रै भएका थिए । अस्पताल पुगेपछि उनको मुटुको चाल परीक्षण भयो । मुटु चलेको पाइएपछि स्वास्थ्यकर्मी उनको उपचारमा लगे । बल्ल पो प्रहरीले चाल पाए, उनी जिउँदै छन् भन्ने । 

महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले थापामगर प्रहरीको गोलीबाट घाइते भएको बताए । उनले भने, ‘जेलबाट भागेपछि प्रहरीले उनको पिछा गरिरहेको थियो । त्यही क्रममा उनी चितवनमा भेटिए । उनी मोटरसाइकलमा भागिरहेका रहेछन् । पिछा गर्ने क्रममा उनले प्रहरीलाई गोली हाने । जवाफमा प्रहरीले पनि गोली हान्यो । यसक्रममा गोली उनको हात र तिघ्रामा लागेको छ । थप उपचारका लागि उनलाई काठमाडौं ल्याइयो ।’ उनलाई महाशाखाले ७ असार ०७२ मा चोरी मुद्दामा पक्राउ गरेको थियो । 

‘टिके डाँका’को अपराध यात्रा र जेलब्रेक

चोरीमा कुख्याती कमाएका टीकाबहादुर थापामगर ‘टिके’ डिल्लीबजारस्थित सदरखोरमा सजाय भुक्तान गर्दै थिए । पटक–पटक पक्राउ परेर धरौटीमा छुट्दै आएका उनलाई यसपटकको कैद सजाय भने भारी परिरहेको थियो । त्यसो हुँदा कसरी हुन्छ जेलबाट उम्कने योजनामा थिए उनी । यसका लागि उनले भाग्ने योजना बनाइरहेका थिए ।

चौबीसै घन्टा सुरक्षाको कडा चौघेरामा रहेको कारागारबाट भाग्नु चानचुने कुरा थिएन । कारागारको ‘लुप होल’ पहिल्याउँदै जाँदा उनले कारागार घेरा हालिएको काँडे तार देखे । जसलाई पेन्चिसले सजिलै काट्न सकिन्थ्यो । अब उनी काँडेतार काट्ने र त्यहीँबाट फरार हुने योजनामा लागे । यसका लागि उनले भेट्न आउने आफन्तलाई प्रयोग गरे । आफन्त प्रयोग गरी तार काट्ने सानो करौँती उनी जेलभित्र लैजान सफल बने । सुरक्षाकर्मीको आँखा छल्दै कारागार घेरा हालिएको तार काट्न थाले । शरीर छिर्नेजति तार काटेपछि उपयुक्त समयको प्रतीक्षामा बसे । 

कारागारभित्र प्रत्येक दिन कैदीबन्दीको गणना हुने गर्छ । ४ माघमा पनि कैदीबन्दी गणना भयो । उनी भने लुकेर बसे । तर, गणकले यसको सुइँको नै पाएनन् । किनकि गणकको गन्तीमा कैदी साबिक बमोजिमकै थियो । उनी अब यही मौकाको फाइदा उठाउनेतर्फ लागे ।

रातको समय । सबै कैदीबन्दी मस्त निद्रामा थिए । ड्युटीमा खटिएका सुरक्षाकर्मी पनि त्यस रात निद्रामै परे । ‘टिके डाँका’ मौकाको फाइदा उठाउँदै सरक्क उठे । काटिएको काँडेतार नजिक पुगे । दायाँबायाँ हेरे । खतरा नदेखेपछि काँडेतार खोलेर बाहिर निस्किए । अनि फरार बने । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने