२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली र दाहाललाई भण्डारीको लन्च, राष्ट्रपतिमा दोहोरिने इच्छा

२०७४, २२ माघ सोमबार ०१:३७

माघ २२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी एकताको ‘घनीभूत’ छलफलमा रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ‘लञ्च मिटिङ’ गरेकी छन्। 

यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। शनिबार दिउँसो उनले दुवै अध्यक्षलाई शीतलनिवासमा बेलाई झन्डै पाँच घण्टा लामो भेट गरेकी हुन्। दुई अध्यक्षसँग राष्ट्रपतिको भेटबारे राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले पुष्टि गरे पनि कुराकानीको एजेन्डाका विषयमा भने अनविज्ञता व्यक्त गरे। 

‘उहाँहरु (ओली–दाहाल)सँग राष्ट्रपतिज्यूको शनिबार शीतलनिवासमै भेटघाट भएको हो,’ अधिकारीले भने, ‘अनौपचारिक भेटघाट भएकाले त्यहाँ हाम्रो सहभागिता रहने कुरा भएन, कुराकानी के भए त्यो पनि जानकारी हुने कुरा भएन।’

तर, माओवादी केन्द्रका अध्यक्ष दाहालनिकट स्रोतका अनुसार, राष्ट्रपतिले दुई अध्यक्षलाई आमन्त्रण गरी गरेको लन्च छलफलमा उनले दुई कम्युनिष्ट पार्टीको एकता प्रक्रियादेखि नयाँ राष्ट्रपति चयनसम्मका विषयमा जिज्ञासा राखेकी थिइन्।

अनौपचारिक कुराकानीमा अत्यन्त खुलेरै तीन नेताबीच कुराकानी भएको शीतलनिवास स्रोतले पनि बतायो।

उक्त छलफलमा राष्ट्रपति भण्डारीले राष्ट्रपतिमा पुनः दोहोरिने इच्छा प्रकट गरेकी थिइन्। ‘आम जनमत एमाले–माओवादीबीच एकताकै पक्षमा छ, तपाईँहरुले पार्टी एकताका गर्नुहोस्,’ राष्ट्रपति भण्डारीको भनाइ उद्धृत गर्दै शीतलनिवास स्रोतले भन्यो, ‘नयाँ राष्ट्रपति/उपराष्ट्रपति चुनावका सन्दर्भमा पनि दुई पार्टीभित्रैबाट आउने भएकाले एक कार्यकाल हामीलाई नै अवसर दिनुहोस्।’

आफूहरू (भण्डारी र नन्दबहादुर पुन) ले लामो समय कार्यकाल सम्हाल्न नपाएको तर्क राख्दै भण्डारीले नयाँ राष्ट्रपति÷उपराष्ट्रपति चयन गर्दा राष्ट्रलाई पर्न आउने व्ययभार, आफूहरूको अनुभव, पार्टीदेखि राष्ट्रको परिवर्तनका पक्षमा गरेको योगदानलगायत सम्मानका लागि भए पनि दोहोर्‍याउन आग्रह गरेकी थिइन् ।

एमाले अध्यक्ष ओली आफ्नो पक्षमा सकारात्मक नै रहेको ठानेकी भण्डारीले दुवै नेतालाई सँगै राखेर आफूहरूको निरन्तरताको प्रतिबद्धता चाहेकी स्रोत बताउँछ । 

राष्ट्रपति भण्डारीले पुनः राष्ट्रपतिमा दोहोरिने इच्छा यसअघि माओवादी अध्यक्ष दाहालसँग राखिसकेकी थिइन् । भण्डारीले दाहाल परिवारलाई २८ पुसमा शीतलनिवासमै बेलाएर डिनर दिएकी थिइन् ।

स्रोतका अनुसार, उक्त संवादमा भण्डारीले दुवै पार्टी अध्यक्षको पदीय भागबन्डा कार्यकारी भूमिकामै रहनेगरी टुंगो लगाएरै भए पनि एकता गर्न सुझाएकी थिइन् ।

उनले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री र दाहाललाई पार्टी अध्यक्ष चलाउन दिएर भए पनि एकता गर्न सुझाएको माओवादी अध्यक्ष दाहालले आफ्नो पार्टीनिकट विद्यार्थी संगठनका पदाधिकारीसँग आइतबार आफ्नै निवासमा खुलाएका थिए ।

‘राष्ट्रपति, ओलीजी र म हिजो (शनिबार) मात्रै पनि बस्यौं, राष्ट्रपति स्वयंले पनि पीएम र सीएम दुई अध्यक्षमा बाँडफाँट गरेर टुंगो लगाएरै भए पनि एकता गर्नुहोस् भनेर सुझाव राख्नुभयो’, बैठकमा सहभागी एक विद्यार्थी नेताले भने । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ