६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली र दाहाललाई भण्डारीको लन्च, राष्ट्रपतिमा दोहोरिने इच्छा

२२ माघ २०७४, सोमबार ०१:३७

माघ २२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी एकताको ‘घनीभूत’ छलफलमा रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ‘लञ्च मिटिङ’ गरेकी छन्। 

यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। शनिबार दिउँसो उनले दुवै अध्यक्षलाई शीतलनिवासमा बेलाई झन्डै पाँच घण्टा लामो भेट गरेकी हुन्। दुई अध्यक्षसँग राष्ट्रपतिको भेटबारे राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले पुष्टि गरे पनि कुराकानीको एजेन्डाका विषयमा भने अनविज्ञता व्यक्त गरे। 

‘उहाँहरु (ओली–दाहाल)सँग राष्ट्रपतिज्यूको शनिबार शीतलनिवासमै भेटघाट भएको हो,’ अधिकारीले भने, ‘अनौपचारिक भेटघाट भएकाले त्यहाँ हाम्रो सहभागिता रहने कुरा भएन, कुराकानी के भए त्यो पनि जानकारी हुने कुरा भएन।’

तर, माओवादी केन्द्रका अध्यक्ष दाहालनिकट स्रोतका अनुसार, राष्ट्रपतिले दुई अध्यक्षलाई आमन्त्रण गरी गरेको लन्च छलफलमा उनले दुई कम्युनिष्ट पार्टीको एकता प्रक्रियादेखि नयाँ राष्ट्रपति चयनसम्मका विषयमा जिज्ञासा राखेकी थिइन्।

अनौपचारिक कुराकानीमा अत्यन्त खुलेरै तीन नेताबीच कुराकानी भएको शीतलनिवास स्रोतले पनि बतायो।

उक्त छलफलमा राष्ट्रपति भण्डारीले राष्ट्रपतिमा पुनः दोहोरिने इच्छा प्रकट गरेकी थिइन्। ‘आम जनमत एमाले–माओवादीबीच एकताकै पक्षमा छ, तपाईँहरुले पार्टी एकताका गर्नुहोस्,’ राष्ट्रपति भण्डारीको भनाइ उद्धृत गर्दै शीतलनिवास स्रोतले भन्यो, ‘नयाँ राष्ट्रपति/उपराष्ट्रपति चुनावका सन्दर्भमा पनि दुई पार्टीभित्रैबाट आउने भएकाले एक कार्यकाल हामीलाई नै अवसर दिनुहोस्।’

आफूहरू (भण्डारी र नन्दबहादुर पुन) ले लामो समय कार्यकाल सम्हाल्न नपाएको तर्क राख्दै भण्डारीले नयाँ राष्ट्रपति÷उपराष्ट्रपति चयन गर्दा राष्ट्रलाई पर्न आउने व्ययभार, आफूहरूको अनुभव, पार्टीदेखि राष्ट्रको परिवर्तनका पक्षमा गरेको योगदानलगायत सम्मानका लागि भए पनि दोहोर्‍याउन आग्रह गरेकी थिइन् ।

एमाले अध्यक्ष ओली आफ्नो पक्षमा सकारात्मक नै रहेको ठानेकी भण्डारीले दुवै नेतालाई सँगै राखेर आफूहरूको निरन्तरताको प्रतिबद्धता चाहेकी स्रोत बताउँछ । 

राष्ट्रपति भण्डारीले पुनः राष्ट्रपतिमा दोहोरिने इच्छा यसअघि माओवादी अध्यक्ष दाहालसँग राखिसकेकी थिइन् । भण्डारीले दाहाल परिवारलाई २८ पुसमा शीतलनिवासमै बेलाएर डिनर दिएकी थिइन् ।

स्रोतका अनुसार, उक्त संवादमा भण्डारीले दुवै पार्टी अध्यक्षको पदीय भागबन्डा कार्यकारी भूमिकामै रहनेगरी टुंगो लगाएरै भए पनि एकता गर्न सुझाएकी थिइन् ।

उनले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री र दाहाललाई पार्टी अध्यक्ष चलाउन दिएर भए पनि एकता गर्न सुझाएको माओवादी अध्यक्ष दाहालले आफ्नो पार्टीनिकट विद्यार्थी संगठनका पदाधिकारीसँग आइतबार आफ्नै निवासमा खुलाएका थिए ।

‘राष्ट्रपति, ओलीजी र म हिजो (शनिबार) मात्रै पनि बस्यौं, राष्ट्रपति स्वयंले पनि पीएम र सीएम दुई अध्यक्षमा बाँडफाँट गरेर टुंगो लगाएरै भए पनि एकता गर्नुहोस् भनेर सुझाव राख्नुभयो’, बैठकमा सहभागी एक विद्यार्थी नेताले भने । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने