६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले–माओवादी एकता अड्कियो, दुवै दल लागे यस्तो रणनीतिमा

२३ माघ २०७४, मंगलवार ०१:३३

माघ २३, काठमाडौं । एमाले-माओवादी एकता एकीकृत पार्टीको मूल नेतृत्वमा पुगेर अड्किएको छ। 

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एक-अर्कोलाई गलाउने ‘रणनीति’ मै केन्द्रित हुन थालेपछि एकता प्रक्रियामा विलम्ब हुन थालेको हो। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

नेतृत्वका सन्दर्भमा सहमति खोजी गर्न दुई अध्यक्षबीच पटक-पटक छलफल भए पनि निष्कर्ष निस्कन नसक्दा एकता हुने-नहुने संशय देखा पर्न थालेको छ।

एकीकृत पार्टीको नेतृत्व माओवादीलाई नदिने एमालेको अडान र अध्यक्ष पद नलिई एकतामै नजाने माओवादीको ढिपीका कारण एकता प्रक्रिया अड्किएको हो।

नेतृत्वको विवाद मिलाउन दुई अध्यक्षबीच विभिन्न विकल्पमा छलफल भने चलिरहेको वाम नेताले बताएका छन्। एकीकृत पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक एमाले र एक माओवादीले लिने गरी भागबन्डा गर्नुपर्ने माओवादीको अडानमा एमाले सहमत छैन।

नेतृत्वको छलफलका सन्दर्भमा सुरुमा माओवादी अध्यक्ष दाहाललाई एकीकृत पार्टीको सहअध्यक्षसम्म दिएर पार्टी अध्यक्ष र प्रधानमन्त्री एमालेले आफंै राख्न चाहेको थियो। तर, पछिल्ला छलफलमा एमाले लचिलो बनेर दुई अध्यक्ष प्रणालीसम्मको छलफलमा आएको स्रोतले बताएको छ। एमालेको यो प्रस्तावमा पनि माओवादी मानेको छैन।

एकीकृत पार्टी अध्यक्ष र प्रधानमन्त्रीमै दुई अध्यक्षको व्यवस्थापन मात्रै अहिलेको सन्दर्भमा सम्मानजनक पार्टी एकताको एउटा मात्रै विकल्प भएको मत राखिरहेको माओवादी केन्द्रका सचिवालय सदस्य नारायण दाहालले बताए। ‘एकता रोकिएको यही भन्ने छैन, एमालेको तर्फबाट सलल बगेको छैन, एमालेले अलि-अलि रोक्न खोजेको देखिन्छ’, माओवादी अध्यक्ष दाहालका भाइसमेत रहेका उनले अन्नपूर्णसँग भने, ‘विकल्प केही छैन, एकीकृत पार्टी अध्यक्ष हाम्रै अध्यक्ष प्रचण्ड हुने हो, प्रधानमन्त्री केपी ओली नै हुने गरी मात्र एकता हुन्छ, अन्य विकल्प नै छैन। अरूबाट हुँदैन, त्यो नमिल्दासम्म एकता हँुदैन।’

एमाले स्रोतले भने नेतृत्वको सन्दर्भमा आलोपालो नेतृत्व वा दुई अध्यक्षबीचको प्रणालीमा गएर भए पनि पार्टी एकता गर्नुपर्ने बताउन थालेको छ। एमालेका एक पदाधिकारीले भने, ‘छलफल जारी नै छ, आलोपालो नेतृत्व गरेर जाने वा दुई अध्यक्ष प्रणाली बनाएर जाने कि भन्नेमा छलफल छ।’

एमालेको दुई अध्यक्ष प्रणालीको पछिल्लो प्रस्ताव भनेको ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष र दाहाल पनि पार्टी अध्यक्ष हुने गरी दुई अध्यक्ष प्रणाली बनाउने भन्ने भएको नेता बताउँछन्।

तर, माओवादीले भने दुई अध्यक्ष प्रणालीको पछिल्लो एमालेको प्रस्तावलाई पनि स्विकारेको छैन। ‘पार्टी एकता भनेको दुई अध्यक्ष प्रणाली राखेर फेरि आ-आफ्नो पार्टी चलाउनेजस्तो कुरा हो, त्यो हामीलाई मान्य हुँदैन, अरू केही हुँदैन, एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री ओली हुने कुरा मात्र माओवादीको एकता गर्ने लाइन हो, नत्र एकताको सम्भावना कम हुन्छ’, दाहालले भने।

दुई फरक विचार बोकेका पार्टी एक हुने विषय जटिल नै भएकाले पनि प्रक्रिया लम्बिएको एमाले नेताहरूको भनाइ छ। ‘पदीय बाँडफाँटका विषयमा दुवै अध्यक्षलाई जिम्मा दिएकाले पनि विभिन्न विकल्पको विषयमा छलफल भएको छ’, एमालेका ती पदाधिकारीले भने, ‘दुवै अध्यक्ष बन्नेसम्मका विकल्पमा कुरा भएको छ।’

एमालेका अर्का नेता तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले एकताका लागि दुवै पार्टी लचिलो बन्न आवश्यक रहेको औंल्याए। उनले भने, ‘प्रदेश प्रमुख तथा राष्ट्रियसभा निर्वाचनमा दुवै पार्टीले सिट बाँडफाँटमा उदारता देखाएझैं अब एकतामा पनि त्यस्तै खालको लचिलो व्यवहार प्रस्तुत गर्नुपर्छ। एकताका लागि दुवै पार्टीबीच आत्मविश्वास बढाउने काम भइरहेकाले पदका कारण मात्रै एकता रोकिएको होइन।’

राष्ट्रियसभा निर्वाचन तथा सरकार गठनका विषयमा दुवै पार्टी अहिले केन्द्रित भएकाले पनि एकताले चाहेजस्तो गति नलिएको उनको तर्क छ। पारस्परिक हित र सम्मानका आधारमा एकता चाहेकाले पनि त्यो मिलाउन समय लागेको उनको धारणा छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने