६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दरबारमार्ग बलात्कार प्रकरण: यसरी बनेको थियो बलात्कारको योजना

२३ माघ २०७४, मंगलवार ०१:४२

माघ २३, काठमाडौं । दरबारमार्गस्थित होटेल ल्यान्डमार्कमा युवतीमाथि सामूहिक बलात्कार सुनियोजित ढंगले भएको खुलेको छ। 

प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार युवतीकै ‘ब्वाइफ्रेन्ड’ शैलेस कार्की र हेटौँडाका दीपक श्रेष्ठ हुन्। उनीहरूले लाजिम्पाटस्थित एक रेस्टुरेन्टमा युवती बलात्कारको योजना बनाएका थिए। उनीहरूसँग विकास गौतम र रवि पौडेल पनि सँगै थिए। 

यो खबर टेकराज थामीले आजको नयाँ पत्रिकामा लेखेका छन्। ‘घटना सुनियोजित ढंगले भएको देखिन्छ। युवतीको बयान र भेटिएका तथ्य विश्लेषण गर्दा मुख्य योजनाकार उनकै ब्वाइफ्रेन्ड भएजस्तो देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘उनलाई दिपक श्रेष्ठले साथ दिएको देखिन्छ। घटनाका अरोपी सबै फरार रहेकाले अनुसन्धानपछि मात्र खुल्नेछ।’

भारतको चेन्नाईमा ‘अशोक लेल्यान्ड अटो मोबाइल’ ले ‘एक्सपो’ आयोजना गर्दै छ। त्यसमा सहभागी हुन घटनाका चारै आरोपी जाँदै थिए। हेटौँडाबाट दिपक र विकास काठमाडौं आएका थिए। उनीहरूले दरबारमार्र्गस्थित होटल ल्यान्डमार्कका पाँचवटा कोठा बुक गरेका थिए। 

तीनजनालाई होटलमै बस्न भनेर शैलेश र दिपक मदिरा पिउन लाजिम्पाटको रेस्टुरेन्ट पुगेका थिए। त्यहीँ युवती बलात्कारको योजना बनेको प्रहरीको भनाइ छ।

‘चेन्नाईमा अटो एक्सपो हुँदै रहेछ। त्यसैमा भाग लिन सबै जम्मा भएका रहेछन्। राति बस्न होटलमा कोठा बुक गरेपछि रेस्टुरेन्ट छिरेर मदिरा खाए। रमाइलो गर्ने प्रसंग निस्किएपछि युवती बोलाइयो र होटलमा लगियो। त्यसपछि चारैजनाले पालैपालो बलात्कार गरे,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले भने। बलात्कृत युवतीले भोलिपल्ट प्रहरीमा जाहेरी दिएपछि ब्वाइफ्रेन्ड भनिएका शैलेश भने चेन्नाई जान सकेनन्। 

तीनजना भने एक्सपोमा सहभागी हुन चेन्नाई उडेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले पनि चेन्नाईमा हुने अटो एक्सपोमा भाग लिन जम्मा हुने क्रममा बलात्कारको घटना भएको बताए। घटनामा संलग्न कोही पनि पक्राउ नपरेकाले विस्तृत रूपमा भन्न कठिन रहेको उनको भनाइ छ।

बलात्कार घटना मिलापत्रका लागि ३० लाख रुपैयाँको डिल भएको थियो। पैसा लेनदेनमा पीडित र पीडक दुवै पक्ष राजी भए। प्रहरीले आफ्नो हिस्सा खोज्यो। हिस्सा माग्दै अगाडि आए सइ चन्द्र भण्डारी। 

दुवै पक्षबीच तीस लाखमध्ये तीन लाख सइ भण्डारीको बैंक खातामा दाखिला गर्ने सहमति भयो र जम्मा गरियो। बाँकी २७ लाख भने पीडित पक्षलाई बुझाइयो। सइ भण्डारी अहिले निलम्बनमा छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने