६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमीकै सहयोगमा काठमाडौँकै अर्को होटलमा फेरी युवती बलात्कृत

२३ माघ २०७४, मंगलवार ०३:५१

माघ २३, काठमाडौं । ल्यान्डमार्क होटलमा प्रेमीकै सहयोगमा भएको सामूहिक बलात्कार घटनाको प्रहरीले अनुसन्धान गरिरहेकै बेला राजधानीको अर्को होटलमा बलात्कारको घटना भएको छ ।

त्यो घटना पनि प्रेमीकै सहयोगमा भएको प्रहरीले जनाएको छ । समाचारमा जनाएको छ, एक साताअघि सुन्धाराको एसियन होटलमा भक्तपुर बस्ने एक युवतीको बलात्कार भएको हो ।

प्रेमीले एक हप्तासम्म होटलमा राखेर आफूमाथि बलात्कार गरेको उजुरी युवतीले दिएकी छिन् । सोही आधारमा प्रहरीले अशोक गुप्ता नामक युवकलाई पक्राउ गरेको छ ।

स्रोतका अनुसार युवतीको यौन शोषण गरेपछि गुप्ता भागेका थिए । बिहे गर्ने भनेर होटलमा राखेकोमा पछि बिहे गर्न नसक्ने भन्दै युवक भागेका थिए ।

त्यसपछि युवतीले प्रहरीमा उजुरी दिएर युवकलाई पक्राउ गराएकी हुन् । सुरुमा युवकले पैसा दिएर घटना मिलाउन खोजेका थिए । पछि युवतीले जाहेरी दिएकी हुन् ।

जाहेरी दिएपछि प्रहरीले तत्कालै दर्ता गरी गुप्तालाई पक्राउ गरेको छ । आज प्रकाशित दृष्टि साप्ताहिकमा यो खबर छ । यसअघि दरबारमार्गको ल्याण्डमार्क होटलमा भएको भनिएको सामुहिक बलात्कार घटनाको अनुसन्धानका लागि प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सन्देश बिसी र आवेश लामा रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले शनिवार बिसी र लामालाई हेटौंडाबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ । तर, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रामदत्त जोशीले उनीहरुलाई काठमाडौंबाटै नियन्त्रणमा लिएको दाबी गरेका छन् ।

‘उनीहरुमाथि अनुसन्धान भइरहेको छ’ एसपी जोशीले भने, ‘सार्वजनिक अपराधमा म्याद लिएर थप अनुसन्धान गरिरहेका छौं ।’

प्रहरी स्रोतका अनुसार बिसी र लामा होटल ल्याण्डमार्कका कर्मचारी हुन् । दरबारमार्ग प्रहरीले सामूहिक बलात्कार प्रकरण लेनदेनमा मिलाएको सार्वजनिक भएसँगै उनीहरु काठमाडौंबाट सिन्धुली हुँदै हेटौंडा पुगेका थिए ।

यसैबीच बलात्कृत भनिएकी युवती लाई प्रहरीले माईती नेपालमा राखेर मनोपरामर्श दिइरहेको छ । उता बलात्कृत युवतीको केटा साथी भनिएका शैलेश कार्की र बलात्कारमा संलग्न अन्य युवाहरु विकास गौतम, रवि पौडेल र दिपक श्रेष्ठ फरार छन् ।

माघ ७ गते राती होटल ल्याण्डमार्कमा सामूहिक बलात्कार भएको बताइएको छ । बलात्कार जस्तो जघन्य अपराधको घटना कागज गरेर मिलाउने कार्यमा संलग्न दरबारमार्गका ईन्सपेक्टर लक्ष्मण सिंह ठकुरीलाई महानगरीय प्रहरी परिसरले निलम्बन गर्न प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने