२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाह गर्ने वाचा तोडेपछि बलात्कार मुद्दा

२०७४, २४ माघ बुधबार ०२:११

माघ २४, काठमाडौँ । विवाह गर्ने वाचा तोडेपछि रौतहट विश्रामपुरका २९ वर्षीय अशोक गुप्ता बलात्कार तथा शरीर बन्धकको मुद्दामा प्रहरी हिरासतमा पुगेका छन् । 

गुप्ताले २२ वर्षीय युवतीसँग विवाह गर्ने वाचा तोडेका थिए । लगत्तै युवतीले गुप्ताविरुद्ध प्रहरी कार्यालयमा बलात्कार तथा शरीर बन्धकको जाहेरी दिएकी थिइन् ।

आजको नयाँ पत्रिकामा खबर छ-जाहेरीपछि गुप्तालाई प्रहरीले पक्राउ गरेको र उनी अहिले विशालबजारस्थित प्रहरी वृत्तको जनसेवाको हिरासतमा छन्। प्रहरीका अनुसार उनीविरूद्ध सात दिनको म्याद थपेर आवश्यक कारबाही हुँदैछ ।

जनसेवाका डिएसपी मोहनकुमार थापाले विवाह गर्न नमानेपछि गुप्ताविरुद्ध युवतीले बलात्कार तथा शरीर बन्धकको जाहेरी दिएको बताए ।

प्रहरीका अनुसार उनीहरु तीन वर्षदेखि प्रेममा थिए। दुवै सानोठिमीस्थित जगदम्बा डिस्ट्रिब्युटर्समा काम गर्थे । सोही स्थानमा काम गर्दा दुईबीच चिनजान भएको र पछि प्रेममा परेको प्रहरीको दावी छ ।

दुईबीच विवाह गर्ने सहमति थियो। तर, जात नमिल्ने भएका कारण विवाह हुन सकेको थिएन। युवती पहाडी मूलकी हुन् । विवाह गर्न युवतीको परिवारबाट दबाब अएपछि गुप्ताले युवतीलाई सुन्धारास्थित एसियन होटलमा कोठा बुक गरी राखेका थिए ।

१९ देखि २३ पुससम्म होटलमा दुवै सँगै बसेका थिए। एकाएक गुप्ता बेपत्ता भएपछि युवती उजुरी गर्न जनसेवा पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित