६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाह गर्ने वाचा तोडेपछि बलात्कार मुद्दा

२४ माघ २०७४, बुधबार ०२:११

माघ २४, काठमाडौँ । विवाह गर्ने वाचा तोडेपछि रौतहट विश्रामपुरका २९ वर्षीय अशोक गुप्ता बलात्कार तथा शरीर बन्धकको मुद्दामा प्रहरी हिरासतमा पुगेका छन् । 

गुप्ताले २२ वर्षीय युवतीसँग विवाह गर्ने वाचा तोडेका थिए । लगत्तै युवतीले गुप्ताविरुद्ध प्रहरी कार्यालयमा बलात्कार तथा शरीर बन्धकको जाहेरी दिएकी थिइन् ।

आजको नयाँ पत्रिकामा खबर छ-जाहेरीपछि गुप्तालाई प्रहरीले पक्राउ गरेको र उनी अहिले विशालबजारस्थित प्रहरी वृत्तको जनसेवाको हिरासतमा छन्। प्रहरीका अनुसार उनीविरूद्ध सात दिनको म्याद थपेर आवश्यक कारबाही हुँदैछ ।

जनसेवाका डिएसपी मोहनकुमार थापाले विवाह गर्न नमानेपछि गुप्ताविरुद्ध युवतीले बलात्कार तथा शरीर बन्धकको जाहेरी दिएको बताए ।

प्रहरीका अनुसार उनीहरु तीन वर्षदेखि प्रेममा थिए। दुवै सानोठिमीस्थित जगदम्बा डिस्ट्रिब्युटर्समा काम गर्थे । सोही स्थानमा काम गर्दा दुईबीच चिनजान भएको र पछि प्रेममा परेको प्रहरीको दावी छ ।

दुईबीच विवाह गर्ने सहमति थियो। तर, जात नमिल्ने भएका कारण विवाह हुन सकेको थिएन। युवती पहाडी मूलकी हुन् । विवाह गर्न युवतीको परिवारबाट दबाब अएपछि गुप्ताले युवतीलाई सुन्धारास्थित एसियन होटलमा कोठा बुक गरी राखेका थिए ।

१९ देखि २३ पुससम्म होटलमा दुवै सँगै बसेका थिए। एकाएक गुप्ता बेपत्ता भएपछि युवती उजुरी गर्न जनसेवा पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने