६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेनामा भर्ना प्रक्रिया ५ हजार परीक्षार्थी १८ मात्रै उत्तीर्ण

२५ माघ २०७४, बिहीबार ०२:३६

माघ २५, काठमाडौं । नेपाली सेनाले रिक्त रहेको अधिकृत क्याडेट भर्नाका लागि यस वर्ष दुईपटक भर्ना आह्वान गर्दा पनि माग गरेको संख्या पूर्ति गर्न सकेन।

मुलुकभर शैक्षिक बेरोजगारको संख्या बढ्दै गएको भन्दै विभिन्न क्षेत्रबाट राज्य सञ्चालकमाथि प्रश्नचिह्न खडा गर्ने गरिएको छ। नेपाली सेनाले यस वर्ष भदौ २७ र पुस ९ गते १ सय ५० जना अधिकृत क्याडेटका लागि भर्ना आह्वान गरे पनि जम्मा ९ जना मात्रै सहायक सेनानीमा छानिएका छन्।

नेपाली सेनाको कार्यरथी विभागको भर्ना छनोट निर्देशनालयले दुईपटक रिक्त दरबन्दी पूर्तिका लागि भर्ना आह्वान गरेको थियो। दुवैपटक भर्नाका लागि ५ हजारभन्दा बढी परीक्षार्थी परीक्षामा सामेल भए पनि लिखित परीक्षामा जम्मा १८ जनाले मात्रै उत्तीर्ण गरेको सेनाको रेकर्डमा देखिन्छ। अन्य सुरक्षा निकायमा बेला–बेलामा हुने भर्ना छनोट आह्वान गर्दा सेनामा भन्दा कम सहभागीले दर्खास्त दिने गरेको पाइन्छ। 

अन्य सुरक्षा निकायले आवश्यक संख्या परीक्षामा सहभागीबाटै लिने गरेको पाइन्छ तर सेनामा भने मागेको संख्याको एक चौथाइ पनि उत्तीर्ण नभएपछि नेपाली सेनाले चिन्ता व्यक्त गर्न थालेको छ।

समावेशी सिद्धान्तलाई अंगीकार गरेको सेनाले यसपटक महिला १३, आदिवासी जनजाति २२, मधेसी १९, दलित १०, पीछडिएको क्षेत्र ३ र खुला ८३ का लागि भर्ना आह्वान गरेको थियो। 

सेनाले यसपटक एक जना महिलालाई पनि अधिकृत क्याडेट बनाउन सकेन भने आदिवासी जनजाति १ र मधेसी १ जनालाई मात्रै अधिकृत क्याडेट बनाउन सफल भएको छ।पटक–पटक भर्ना आह्वान गर्दा पनि चाहेको संख्यामा अधिकृत क्याडेट ल्याउन नसकेपछि सेनाले यसको कारण खोज्न शुरू गरेको छ।

अघि पनि अधिकृत क्याडेटका लागि आह्वान हुने भर्ना छनोटमा चाहिए जति संख्या नपुगे पनि अहिलेको जस्तो डरलाग्दो अवस्था यसअघि कहिल्यै नआएको उच्च सैनिक अधिकारीहरू बताउँछन्। नेपाली सेनाका पूर्वसहायक रथी डा. उमेशचन्द्र भट्टराई भन्नुहुन्छ– ‘यो राम्रो संकेत होइन, यसमा सबै पक्ष गम्भीर हुनुपर्ने अवस्था आएको छ। 

यसले नेपालको शिक्षा पद्धतिका बारेमा समेत १ पटक सोच्नुपर्ने अवस्था सिर्जना गरेको छ।’ पूर्वसहायक रथी भट्टराई भन्नुहुन्छ– ‘पहिला पहिला नेपाली सेनाले मात्रै यस्तो परीक्षा लिने गरेको थियो तर अहिले परीक्षामा लोकसेवा आयोगसमेत सहभागी भएका कारण परीक्षा कठिन भएको हो कि त्यसतर्फ पनि ध्यान दिनु जरुरी छ।’

सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारी अहिलेको अवस्था आगामी दिनमा पनि कायम रहेमा सेनाले चाहेको बेला अधिकृत भर्ना गर्न कठिनाइ हुने विश्लेषण गर्नुहुन्छ। 

उहाँ थप्नुहुन्छ– ‘परीक्षामा सहभागीको संख्या उल्लेख्य रहँदारहँदै पनि पास हुने अधिकृत क्याडेटको संख्या ज्यादै न्यून रहेकाले त्यसको कारण खोज्ने बेला आएको छ।’

सेनामा अधिकृत क्याडेड खोजी गर्ने कार्यरथी विभागको भर्ना छनोट निर्देशनालयले वर्षभरि भर्ना आह्वान गरी रहने तर संख्या अपुग हुने अवस्था सिर्जना हुने हो भने अबका केही वर्षमा नेपाली सेनाभित्र असन्तुलन आउन सक्ने पूर्वसहायक रथी भट्टराई बताउनुहुन्छ। 

सेनामा विभिन्न पदमा रहेर काम गर्ने समयावधि हुने, उमेर हदका कारण अवकास पाउने भएपछि विभिन्न पद रिक्त हुने र रिक्त भएको पूर्ति गर्न सधैं धौ धौ पर्ने अवस्था सिर्जना हुने हो भने नेपाली सेनाको विश्वमा रहेको छविमा समेत आँच आउन सक्ने एक उच्च सैनिक अधिकारी बताउँछन्।

भर्ना हुन चाहनेको संख्या उल्लेख्य भए पनि परीक्षामा भने पास हुनेको संख्या नै कम हुनु भनेको नेपालको शिक्षा प्रणाली नै कमजोर र विद्यालयहरूले पढाउने पाठ्यक्रम सेनाले सञ्चालन गर्ने परीक्षामा मेल खाने खालको नभएको भन्दै सेनाले चिन्ता व्यक्त गर्न थालेको छ। -नेपाल समाचारपत्र दैनिकबाट  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने