८ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रमा विवाद सुरू- सरकारको नेतृत्व कसले गर्दैछ ?

२८ माघ २०७४, आईतवार ०२:०२

माघ २८, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको गृहकार्य अगाडि बढाएसँगै माओवादी केन्द्रभित्र पनि कसले सरकारको नेतृत्व गरेर जाने भन्ने विषयमा बहस सुरु भएको छ। यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ।

माओवादी केन्द्रभित्र उपप्रधानमन्त्री भइसकेका कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, पूर्व अर्थमन्त्री भइसकेका बर्षमान पुन, गृहमन्त्री भइसकेका जनार्दन शर्माले सरकारको नेतृत्व गरेर जाने चाहनाअनुसार लबिङ गरिरहेको माओवादी केन्द्रका एक नेताले बताए।

पार्टीभित्र सरकारको नेतृत्व गर्ने विषयमा विवाद शुरु भएको छ। यदि सरकारमा जाने अवस्था आएमा पार्टी भित्रको आन्तरिक तयारी गरेर सरकारको नेतृत्व गर्ने व्यक्तिको टुंगो लगाउने गृहकार्यमा माओवादी केन्द्र जुटेको छ।

पार्टीभित्र शीर्ष तहमा रहेका नारायणकाजी श्रेष्ठले निर्वाचनमा पराजित भएपछि अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै वरियता क्रममा रामबहादुर थापा बादल रहेका छन्।

प्रधानमन्त्री बन्नका लागि प्रतिनिधिसभा सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था रहे पनि राष्ट्रियसभाको सदस्य पनि मन्त्री बन्न पाउनेछन्।

प्रदेश ३ बाटा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थापाले नै माओवादी केन्द्रबाट सरकारको नेतृत्व गर्ने विषयमा मोटामोटी शीर्ष तहमा सहमति जुटेको माओवादी एक नेताले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लामिछानेसहितलाई धरौटीमा छोडनुको कारण पेश गर्न उच्च अदालतको आदेश युके,अमेरिका र अस्ट्रेलिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने एक महिलासहित तीनजना पक्राउ प्रहरीबाट युवकमाथि निर्घात कुटपिट : कुटिनुअघिको पष्ठभूमि के थियो ? विपिन जोशी सुरक्षित रहेको जनाउने तीन आधार महाकुम्भमा आँखाकै कारण भाइरल बनेकी मोनालिसालाई फिल्मकाे अफर डोनाल्ड ट्रम्पका नयाँ १० आदेश : अवैध आप्रवासी प्रवेशमा प्रतिबन्धदेखि मेक्सिकोको सीमामा आपतकाल घोषणासम्म रित्तो गाग्रीसहित सिंहदरबार पुगेका हर्क साम्पाङको गाग्री प्रहरीले खोस्यो आज तोलामा ११ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ? माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरे दोस्रो कार्यकालको लागि शपथ ग्रहण आज चारवटा संसदीय समितिको बैठक बस्दै एमालेको सचिवालय बैठक आज बस्दै यस्तो रहने छ आजको मौसम ! सवारी दुर्घटनामा परी मधेश प्रदेशका स्वास्थ्य मन्त्री सिंह घाइते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पाण्डे रविविरुद्ध चुनाव लडेर रविकै समर्थक रित्तो गाग्री बोकेर पानी माग्दै हर्क साम्पाङ काठमाडौंमा एकीकृत समाजवादी ३२ लाख रुपैयाँ घाटामा,के के छन् मुख्य आम्दानीको स्रोत? धरौटीमा छुटेका रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै उच्चमा रिट निवेदन दायर संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस विपीनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता