2026-09-15 12:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

चमेलिया जलविद्युत् सञ्चालनमा: स्थानीयले पाएनन् बिजुली

माघ २८, दार्चुला । प्रदेश ७ को सबैभन्दा ठूलो ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना शनिबारदेखि सञ्चालनमा आएको छ । 

दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित चमेलियाको विद्युत्गृह परिसरको ताम्रपत्र अनावरण तथा मुख्य स्विच थिचेर प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजनाको उद्घाटन गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रधानमन्त्री देउवाले चमेलिया प्रदेश ७ को विकास र औद्योगिकीकरणका लागि कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे । ‘यो प्रदेशसँग २० हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने क्षमता रहेको छ,’ उनले भने, ‘विद्युत् बेचेर मात्रै पनि अन्य प्रदेशभन्दा धनी बन्न सक्ने सम्भावना छ ।’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमानसिंह घिसिङले चमेलिया जलविद्युत् आयोजनाले साँझको पिक आवरमा पनि कम्तीमा तीन घन्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने भएकाले लोडसेडिङ हटाउन टेवा पुग्ने बताए ।

प्रभावित क्षेत्रका बासिन्दा बिजुलीबाट बञ्चित

३० मेगावाटको चमेलिया शनिबारदेखि सञ्चालनमा आए पनि प्रभावित क्षेत्रका बासिन्दाले भने त्यसको उपयोग गर्न पाएका छैनन् । आयोजना स्थल दार्चुला र बैतडीका लागि निर्माण गरिएको सब–स्टेसनबाट प्रसारण लाइन बिस्तार हुन नसक्दा स्थानीय बासिन्दाले चमेलियाको बिजुली बाल्न नपाएका हुन ।

सात करोड रुपैयाँमा दार्चुलाको महाकाली नगरपालिका–७ लाथिगाडमा सब–स्टेशन निर्माण भइरहेको छ । यो सब–स्टेसनबाट वरिपरिका वस्तीमा विद्युतिकरण हुनसकेमात्रै दार्चुला तथा बैतडीका बासिन्दाले चमेलियाको बिजुली उपयोग गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ