६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार गठनअघि नै एमाले-माओबादी एकताको खाका तयार गरिने

२९ माघ २०७४, सोमबार ०१:५६

माघ २९, काठमाडौं । एमालेले सरकार गठनलगत्तै माओवादी केन्द्रसँग पार्टी एकता टुंगिने जनाएको छ । 

स्थायी समितिको आइतबार बसेको बैठकमा पार्टी अध्यक्ष केपी ओलीले पार्टी एकताका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग निकै सकारात्मक छलफल भइरहेको र केही दिनभित्रै त्यसले आकार लिने बताएका थिए। 

दाहाल र ओलीबीच सोमबार छलफल हुने तयारी छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

‘फागुनभित्र पार्टी एकता टुंगिन्छ’, स्थायी समितिको बैठकपछि अन्नपूर्णसँग सचिव प्रदीप ज्ञवालीले भने, ‘नेताहरूको अधिकतम व्यवस्थापन कसरी गर्ने भन्नेमा गृहकार्य भइरहेको छ। सरकार गठन अघि एकताको राजनीतिक खाका बन्छ।’

फागुन दोस्रो साताभित्रै सरकारको नेतृत्व लिने तयारीमा रहेको एमाले त्यसअगावै माओवादीसँग एकताको खाकामा सहमति खोज्ने तयारीमा छ। पार्टीसचिव ज्ञवाली पनि माओवादी अध्यक्ष दाहालसँग सकारात्मक तवरले छलफल अघि बढेकाले राजनीतिक खाकामा सहमति जुट्ने विश्वास व्यक्त गर्छन्।

माओवादीसँग पार्टी अध्यक्षमा कुरा नमिलेका कारण एकता प्रक्रियामा ढिलाइ भएको त होइन भन्ने प्रश्नमा ज्ञवाली भन्छन्, ‘त्यस्तो होइन। दुई अध्यक्षबीच कुराकानी निकै नजिक पुगेको छ। 

नेताहरूको व्यवस्थापनका कारण ढिलाइ भएको होइन।’ दुई अध्यक्षबीचको कुराकानीले ठोस आकार लिएपछि एकता संयोजन समितिको बैठक बसेर गृहकार्य अघि बढाइने ज्ञवालीले जनाए।

स्थायी समिति बैठकमा मुख्यमन्त्री छनोट गर्दा नेतृत्व हाबी भएर गुटबन्दी गरेको भन्दै आलोचना भएको थियो। बैठकको बीचमा वरिष्ठ नेता माधव नेपाल बाहिरिनुअघि पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले समावेशी तथा योगदानलाई पाखा लगाएको आरोप लगाएकी थिइन्।

३ नम्बर प्रदेशको संसदीय दलमा आफूलाई गुटको सिकार बनाएर चुनाव हराएको भन्दै शाक्य असन्तुष्ट छन्। वरिष्ठ नेता नेपालनिकट शाक्य पार्टी अध्यक्ष केपी ओली गुटका डोरमणि पौडेलसँग संसदीय दलको चुनावमा पराजित भएकी थिइन्। मुख्यमन्त्रीमा सबै ओली पक्षधर भएपछि नेपाल पक्षधर नेताहरू रुष्ट छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने